Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

राजपालाई पार्टीभित्रै दबाब

\"\"काठमाडौं, ५ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेतृत्वले दोस्रो चरणको चुनाव बिथोल्ने नीति लिए पनि स्थानीय कार्यकर्ताले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । रूपन्देहीका तीन स्थानीय तहका सबै पदमा उनीहरूले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् । अाजको कान्तिपुरमा खबर छ– रूपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहीमाई गाउँपालिकामा क्रमश: अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिए । अघिल्लो चुनाव संरचनामा रूपन्देही निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने यी गाउँपालिका राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छन् । शुक्ल यसै क्षेत्रबाट निर्वाचित सांसद हुन् । १ सय ११ पदमा राजपा नेताको उम्मेदवारी परेको छ । राजपाले आफ्ना कार्यकर्ताबाट दिइएको उम्मेदवारीबारे आएका खबर पुष्टि गरेको छ । राजपा स्रोतका अनुसार माग सम्बोधन नहुन्जेल चुनावमा नजाने पार्टी नीतिप्रति असन्तुष्टि जनाउँदै शुक्लले यसअघिका पार्टी बैठकहरूमा पटक–पटक चुनावमा प्रतिनिधि जिताउनुपर्ने तर्क गर्दै आएका थिए । उनीलगायत केही उच्च नेताहरूको प्रयास असफल भएपछि अन्तत: स्वतन्त्र हैसियतमा भए पनि मनोनयन दिलाउने रणनीतिमा पुगेका हुन् । राजपाका एक नेताले भने, ‘दिनभरि हाम्रा नेताहरूको व्यापक गिरफ्तारी र धरपकड भयो, यसविरुद्ध संघर्षमा जानुपर्नेमा किन उहाँले कार्यकर्ताहरूलाई चुनाव मनोनयनमा पठाउनुभयो, बैठक बसेर समीक्षाको विषय बनाउँछौं ।’ ती नेताले शुक्लले आगामी संसद् चुनावका लागि आफ्नो आधारक्षेत्र सुरक्षित गर्न यस्तो गरेको आरोप पनि लगाए । यता, पार्टीले चुनाव बिथोल्ने धम्की दिइरहेकै बेला राजपा केन्द्रीय कोषाध्यक्ष अनिता यादव र सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गरेका छन् । आइतबार एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीले यादव, महासेठ लगायतलाई पार्टी प्रवेश गराए । यादवले पार्टीमा अतिवादी प्रवृत्ति सुरु भएको भन्दै शनिबारै राजपा नेतृत्वसमक्ष राजीनामा दिएकी थिइन् । ‘पछिल्लो कालखण्डमा मधेसी जनताले वास्तविक रूपमा खोजेको न्याय, समानता र समृद्धिको एजेन्डाबाट पार्टी विचलित भएको,’ राजीनामा पत्रमा उनले लेखेकी छन्, ‘र, राजनीतिका नाममा पूर्ण रूपले अतिवाद पलाएको प्रति मेरो घोर आपत्ति र असन्तुष्टि छ ।’ यादव तत्कालीन तमलोपा कोषाध्यक्ष श्रीकृष्ण यादवकी श्रीमती हुन् । यादवको दुर्घटनामा मृत्यु भएपछि अनिताले दोस्रो संविधानसभा निर्वाचनमा धनुषा ५ बाट चुनाव लडेर तेस्रो स्थान ल्याएकी थिइन् । एमालेले यसअघि राजपाकै केन्द्रीय सहमहामन्त्री समिम मियाँ अन्सारीलाई पार्टी प्रवेश गराएको थियो । पर्सा माओवादी नेता बसरुद्दिन अन्सारी पनि केहीअघि मात्र एमाले प्रवेश गरेका थिए । शनिबार परासीमा आयोजित कार्यक्रममा राजपा नेताहरूले चुनावमा भाग लिन सरकारले वातावरण नबनाएको भन्दै संविधान संशोधन गर्न चुनावअघि सम्भव नभए पनि कम्तीमा लिखित प्रतिबद्धता दिन सकिने विकल्प पनि उपयोग नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । राजपाले वक्तव्य निकाल्दै आइतबार दिनभर तराईका विभिन्न जिल्लामा कार्यकर्ता गिरफ्तारी भएकोमा आक्रोश व्यक्त गरेको छ । नेता महेन्द्र यादवलगायत नेताहरू मानव अधिकार आयोग कार्यालय गई शनिबार परासीमा भएको घटनाबारे उजुरी गरेका थिए । उनीहरूले सुरक्षा बल प्रयोग गर्नै नपर्ने शान्तिपूर्ण सभामा बल प्रयोग गरिएको भन्दै घटनाबारे अनुसन्धानका लागि आग्रह गरेका छन् । तर स्थानीयले भने कार्यक्रम चल्दाचल्दै नजिकैको यातायात व्यवसायी कार्यालयमा राखिएको एमाले प्रचार सामग्री नष्ट गर्न राजपा कार्यकर्ता गएको र व्यवसायीमाथि हातपात हुन थालेपछि मात्रै प्रहरी बल प्रयोग गर्न बाध्य भएको बताएका छन् । आइतबार महेन्द्र यादवले जारी गरेको वक्तव्यमा दिनभर ४ सय ५५ आन्दोलनकारी गिरफ्तार भएको उल्लेख गर्दै राज्यले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending