Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

१५ अगस्टमा दिल्ली जाने प्रधानमन्त्री देउवाको इच्छा

\"\"काठमाडौं, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाब भारतलाई दिएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो । नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ । ‘नेपालबाट अगस्ट १५को मिति उपयुक्त हुन्छ भन्ने अनौपचारिक प्रस्ताब आएको छ, हामी मितिका बारेमा छलफल गरेर आवश्यक निर्णय गर्छौँ, नेपालसँग थप कुराकानी गरेर भ्रमणको समय टुंग्याउँछौँ’ भारतीय विदेश मन्त्रालय स्रोतले नयाँ पत्रिकासँग भन्यो । भारतमा राष्ट्रपतिको निर्वाचन सकिएपछि भ्रमणको टुंगो लाग्ने बुझिएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणबारे भारतीय पक्षसँग कुराकानी भइरहेको तर टुंगो लागिनसकेको बताए । ‘प्रधानमन्त्री देउवालाई भारत भ्रमणका लागि निम्ता गइसकेको छ, त्यसबारे हामी भारतीय पक्षसँग अनौपचारिकरुपमा सम्बादमा छौँ’ उपाध्यायले भने । गतबर्ष भदौ अन्तिमदेखि असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भएको थियो । गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भारत भ्रमण भएको थियो । आगामी माघसम्म प्रान्तीय र संघीय निर्वाचन सम्पन्न गरेपछि देउवाको कार्यकाल सम्पन्न हुनेछ । देउवा दोस्रो चरणको निर्वाचनलगत्तै भारत जाने मूडमा रहेको निकटस्थहरुको भनाई छ । मोदीको भ्रमणबारे पनि परामर्श भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने तय भएको छैन, तर सम्भावित भ्रमणबारे भारतीय विदेश मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको छ । सार्कको शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउँदा मोदीले जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्ने तयारी थियो, तर सुरक्षाको कारण देखाउँदै अन्तिममा रद्द भएको थियो । ‘पहिला जान बाँकी ठाउँमा भ्रमण गर्न मोदी इच्छुक हुनुहुन्छ, यसपटक अरुण तेस्रो जलविद्युत् आयोजना शुभारम्भ गर्ने र बाँकी धार्मिक क्षेत्रको भ्रमणमा जाने सम्भावना हुन सक्छ,’ भाजपाका विदेश विभाग सदस्य अजित कुमारले भने । सम्भावित भ्रमणबारे विदेश मन्त्रालयले पनि एक चरण सरोकारवालाहरूसँग गत साता परामर्श गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending