Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

रविन्द्र मिश्रलार्इ सुन्दरीले धोका दिएपछि...

\"\"काठमाडौं, ७ असार । एकाएक एजना सुन्दरी छाइन, विराटनगर महानगरपालिकाको चुनावमा, एमालेसँगै । मेयरको तयारी चल्दाचल्दै उपमेयर रोजिन् । पहिलो अर्र्कैद्वारा उम्मेदवार बनाउन ठिक्क पारिएकी उनी अन्ततः पैसा दिनेलाई छाडेर यताको उम्मेदवार बनेकी रहिछन् । जनअास्था साप्ताहिकमा खबर छ– बीबीसीको जागिर छाडी साझा पार्टीको स्थापना गरेका रवीन्द्र मिश्रले केही महिना अघि मात्र मोरङ डंग्राहामा १७ कठ्ठा जग्गा किनेर करोडभन्दा माथिको रकम बुझाएका थिए, सूची चौधरीलाई । उनी राजनीतिक कार्यकर्ता होइनन् । उमेरमा केही फिल्म खेलेकी र आफ्नो भाषामा बन्ने फिल्मका लागि केही सहयोग पनि गरेकी महिला एकाएक फोरम लोकतान्त्रिकका तर्फबाट एमालेसँग तालमेलमा विराटनगर उपमेयर उम्मेदवार बनेकी छन् । तर उनलाई रवीन्द्र मिश्रलिे मेयरको उम्मेदवार बन्न पहिल्यैदेखि बुक गरेका रहेछन् । जग्गा किनबेचको सम्बन्ध मात्रै थियो । भर्खर पार्टी खोलेको । अलिक आकर्षक देखिने महिलालाई उठाएर भोट तान्ने कलाको प्रयोग त काठमाडौंमा पनि देखिएकै हो । त्यही प्रयोग विराटनगरमा गर्न खोज्दा अन्तत उनको पार्टी उम्मेदवारविहीन बन्न पुगेको छ । सूची विराटनगरबाट पूर्वोत्तर गाउँ डंग्राहका उमालाल जिम्दारकी नातिनी हुन् । विराटनगर कञ्चनबाडीमा पनि जिम्दारकै छोरासँग विवाह गरेकी छन् । साझा पार्टीको प्रस्ताव अस्वीकार गर्नु र फोरम लोकतान्त्रिकबाट उम्मेद्वार हुनुको कथा भने अर्कै छ । विजय गच्छदारको पार्टीबाट सबभन्दा पहिला तयार पारिएकी उम्मेद्वार थिइन्, जस्मिन मण्डल । पटक–पटक धोका पाएकी र यसपटक पनि हार्ने निश्चित भएको भन्दै प्रस्ताव अस्वीकार गरिन् । दोस्रो प्रस्ताव गयो, भतिजी पर्ने प्रमिला गच्छदारलाई । उनले चाहिँ अरु कुरा गरिनन्, भाषण गर्न नआउने भन्दै अस्वीकार गरिन् । त्यसपछि अधिकारकर्मी तथा वकिल नीरा भगत थारुलाई उम्मेद्वार बनाउने कुरा चल्यो । नीराले शर्त राखिन्, उपमेयरमा पराजित भए पनि प्रदेशसभा वा केन्द्रीय संसदमा पठाउनुपर्ने । गच्छदारका लागि यो निर्णय लिन मुस्किल थियो । यसपछि अलिक सजिलो मान्छे खोज्दै जाँदा सूची फेला परेकी हुन् । प्रहरीका पूर्व डिआइजी तथा गच्छदारको पार्टीमा लागेका भक्तिनाथ माझीकी सम्धीकी बहिनी हुन् सूची । सम्धी भक्तिनाथलाई गच्छदारले मन्त्री बनाउन खोजेको कारण उनलाई लगाएको सानो काम (उम्मेद्वार छान्ने) पनि गर्न नसक्दा भोलि मन्त्री बनाउने कुरामै समस्या हुने भयो भन्दै सम्धिनीले बहिनी सूचीलाई फकाएकी थिइन् । विराटनगरमा चर्चा छ, यस्तो बाध्तामा परेपछि सूची साझा पार्टीको माया मारेर उता लागिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending