Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

३६ वर्षपछि थबाङमा प्रतिस्पर्धा

\"\"काठमाडौं, ९ असार । देशभर स्थानीय निर्वाचन बहिष्कारमा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ‘आधार इलाका’ थबाङलाई पनि निर्वाचनविरुद्ध होम्न ठूलै प्रयास गर्‍यो । तर, स्थानीयले गाउँको नेता आफैं चुन्न सक्ने गरी दुई दशकपछि आएको अवसर खेर फाल्न चाहेनन् । आजको कान्तिपुरमा खबर छ– निर्वाचनमै जाने अडान कसी त्यसका लागि नेकपाको स्थानीय संगठनलाई दबाब दिए । अन्ततः पार्टीकै स्थानीय नेताहरु स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । बहिष्कारमा मनाउन लामो प्रयास गरेका थबाङी नेता सन्तोष बुढामगर निराश भएर रुकुमतिर लागे । नेकपानिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य अमित घर्ती मगर गाउँपालिका अध्यक्षमा लडै छन् । उनी दिनरात गाउँबासीका साथ चुनाव प्रचारमा खटिइरहेका छन् । निर्वाचन बहिष्कार गर्दा गलत व्यक्ति शक्तिमा आउने सम्भावना भएकाले पार्टी नीतिविपरीत स्वतन्त्र रूपमा उम्मेदवारी दिएको घर्तीले बताए । ‘हामीले छोडिदिंदा भ्रष्ट नेताहरु शक्तिमा आउँछन् । तिनलाई परास्त गर्न चुनावमा होमिएका हौं,’ उनले भने, ‘युद्धकालदेखि नै यहाँका जनताको सुखदुस्खमा सँगै रह्यौं । अहिले अधिकांश जनताले चुनावमा जानैपर्ने मनसाय राखेकाले प्रतिस्पर्धा गर्न तयार भयौं ।’ आफू अहिले पार्टीको कुनै पनि सम्पर्कमा नरहेको र कारबाही गरे भोग्न तयार रहेको घर्तीले बताए । प्रतिष्ठाको प्रतिस्पर्धा साढे तीन दशकयता स्थानीय स्तरका हरेक निर्णयमा एकजुट रहँदै आएका थबाङबासी यसपालि पनि चुनावका लागि एक भएका छन् । २०३८ सालदेखिको ‘कम्युनिस्ट गढ’ को परिचय खुकुलो बनाउँदै थबाङले दलीय रुपमा पनि विविधता अँगालिसकेको छ । ३६ बर्षपछि पहिलोपटक कांग्रेस र एमालेले यहाँ पार्टी कार्यालय स्थापना गरेका छन् । पहिलोपटक थबाङमा ठूलो चारतारे झन्डा फहराएको छ । एमाले पनि संगठन विस्तार गरी चुनावी स्पर्धामा होमिएको छ । माओवादी फुटपछि पहिले मोहन बैद्य र पछि चन्दले ‘कब्जा’ गरेको गाउँ अब उनीहरुको मात्र नियन्त्रणमा रहेन । माओवादी केन्द्र पनि यहाँ चन्दको प्रभुत्व बढ्न नदिन शक्ति परिचालन गरिरहेको छ । नेकपा त्यसलाई प्रतिकार गर्ने योजनामा छ । ‘माओवादीले थबाङलाई प्रतिष्ठाको बिषय बनाएको छ । केन्द्रीय नेताहरु भरतपुरभन्दा बढी महत्व दिएर लागिरहेका छन्,’ घर्तीले भने, ‘कसरी पुरानो पकड भत्काउने र नयाँ कायम गर्ने भन्ने लडाई चलेको छ । उनीहरू भत्काउन चाहन्छन्, हामी बचाउन ।’ विद्रोही छवि बनाएको थबाङले अहिले पनि नेताहरूको दबाब अस्विकार गरी चुनावमा गएर विद्रोह नै गरिरहेको उनको भनाइ छ । यसअघि गाउँ परिषद् बोर्डमा माओवादीबाहेक कुनै पार्टीको सहभागिता थिएन । राष्ट्रिय जनमोर्चालाई मित्रशक्तिका रूपमा केही सहभागिता जनाउन दिइरहेका थिए । अरु पार्टी त परै, पहिले आधार इलाका बनाएको माओवादी केन्द्रलाई समेत त्यहाँ पस्न समस्या थियो । अब स्थानीय तह अधिकारसम्पन्न भएकाले गाउँविकास र बजेटको नेतृत्व आफ्नो हातमा पार्न माओवादी केन्द्र र नेकपाका स्थानीय कार्यकर्ता लागिपरेका छन् । चुनावमा जित्नेले पाँच वर्षसम्म थबाङको नेतृत्व गर्दै स्रोतसाधनमा पहुँच राख्ने भएकाले सबै चुनावी दौडमा छन् । पहिलोपटक बहुदलीय प्रतिस्पर्धा थबाङले अधिकांश निर्वाचन बहिष्कार गर्दै आएको थियो । सहभागी भइहाले पनि बहुदलीय प्रतिस्पर्धा हुँदैनथ्यो । स्थानीयले पञ्चायतकालमा एकलौटी रुपमा कम्युनिस्ट तथा बहुदलीय व्यवस्थापछि संयुक्त जनमोर्चा र माओवादीलाई मतदान गरेका थिए । प्रचण्ड र सन्तोष बुढामगरलाई जिताउन पहिलो संविधानसभा निर्वाचनमा सबैले एकमुष्ट माओवादीलाई भोट हाले । २०७० को दोस्रो संविधानसभा निर्वाचन सबैले बहिष्कार गरे । तर, अब थबाङीले पहिलोपटक बिभिन्न पार्टीलाई मतदान गर्दै छन् । बहुदलिय प्रतिस्पर्धा गर्न पाएकोमा अन्य पार्टीका नेता खुसी छन् । पहिलोपटक प्रवेश गरेका काँग्रेस र एमालेका नेता कार्यकर्तालाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । ठूलो संघर्षपछि मात्रै अन्य पार्टीले प्रवेश पाएको एक बर्षदेखि थबाङमै बसेर एमाले संगठन बिस्तारमा लागेका हितबहादुर रोकाले बताए । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं। १ बाट सभासद् लडेका उनी अहिले थबाङमै गाउँपालिका अध्यक्ष लडै छन् । ‘सुरुमा अवरोध भयो, धम्की आयो तर विचलित भइनँ,’ उनले भने, ‘मैले संघर्ष नगरेको भए काँग्रेस, माओवादीले प्रवेश पाउने अवस्था थिएन ।’ कांग्रेसले स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्दै निर्वाचन गतिबिधि चलाइरहेको छ । लामो समय गाउँबाट विस्थापित भएकी काँग्रेस नेत्री श्रीकुमारी रोका अहिले उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी अभियानको नेतृत्व गर्दै छिन् । ‘पहिले हामीलाई गाउँ पस्न पनि कठिन थियो, अहिले प्रतिस्पर्धा गर्न पाइएको छ,’ उनले भनिन् । दुविधामा नेकपा चुनाव बहिष्कारमै जोड गरिरहेको नेकपाले निकट नेताहरु स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा होमिए पनि कारबाही गरेको छैन । स्थानीय नेतृत्व झन् कडा बहिष्कारमा उत्रने कि आफूनिकटकालाई जिताउन लागिपर्ने भन्ने द्विविधामा देखिन्छ । अरू आउनुभन्दा आफूनिकटकाले जिते पार्टीको अस्तित्व जोगिने उसको भित्री चाहना रहेको बुझिन्छ । नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले मनोनयन दर्ताको भोलिपल्टै प्रेस विज्ञप्ति जारी गरी उम्मेदवारी दिनेहरू आफ्ना कार्यकर्ता नरहेको दाबी गरेका थिए । थबाङ गाउँ इञ्चार्ज हितप्रसाद रोकाले पनि चुनाव लड्नेलाई कार्वाही हुने बताएका छन् तर स्थानीय कार्यकर्ता एकिकृत जनक्रान्तीका टिसर्ट लगाएर चुनाव प्रचारमा हिँडिरहेका छन् । नेकपाका जिल्ला सदस्य तथा थबाङ गाउँ ईञ्चार्ज रोकाले उम्मेदवारी नदिन निकै अनुरोध गर्दा पनि नेताहरुले नमानेको बताए । अब थबाङी जनता पहिलेजस्तै कुनै एक दल वा विचारको नियन्त्रणमा नरहेको उनले स्विकारे । ‘पहिले थबाङ छुट्टै राज्य जस्तो थियो, यो डाँडापारी के हुन्छ, थाहा हुँदैनथ्यो । अहिले सडक सञ्जाल, सूचना प्रविधि र आर्थिक स्तर वृद्धिले मानिसको सोच बदलियो,’ उनले भने, ‘अहिलेको परिवेशमा हामी सबैलाई आफ्नो नियन्त्रणमा राख्न सक्दैनौं ।’ आधारभूत आवश्यकता पूर्ति भइरहेकाले स्थानीय बासिन्दा अब किन आन्दोलन गरिराख्ने भन्ने निष्कर्षमा पुगेको रोकाको बुझाइ छ । ‘जीवन सुखी भएपछि मानिसले क्रान्ति गर्न गाह्रो मान्दो रैछ,’ उनले भने, ‘त्यसैले पार्टी त्यागेर चुनाव लड्न तयार भए ।’ यसरी भत्कियो एकता  स्थानीय शिक्षक दयाप्रसाद रोकाका अनुसार २०२९ सालसम्म थबाङमा काँग्रेसको बाहुल्य थियो । कम्युनिस्ट कम थिए । विद्यालयमा काँग्रेसका छोराछोरी पढ्थे । थबाङमा प्युठानबाट शिक्षक भएर गएकाहरु सबै कम्युनिष्ट थिए । उनीहरुले बिद्यार्थीलाई कम्युनिष्ट शिक्षा दिन थाले । अन्त्यमा सबै नयाँ पुस्ता कम्युनिष्ट विचारधारमा लागे । बुढापाका मात्रै कांग्रेस रहे । २०३८ सालमा कम्युनिस्टसँग द्वन्द्व भएपछि काँग्रेसी बिस्थापित भए । थबाङी एकताको मुख्य आधार भनेकै राजनीतिक बिचार रहेको शिक्षक रोकाले बताए । ‘आजसम्म कम्युनिस्टकै नाममा गाउँ एकजुट थियो । अन्य कुनै बिचारका मान्छे जन्मेनन्,’ उनले भने, ‘युद्ध लडा गाउँ एकजुट भयो, चुनाव बहिस्कार गर्दा एकजुट भयो, भोट हाल्दा पनि सबैले एउटै हाले । अहिले पहिलोपटक धेरै पार्टीलाई भोट हाल्ने अवस्था बनेको छ ।’ समयक्रम र अन्य परिवर्तनले थबाङमा एकल राजनीतिक विचार भत्किने परिस्थिति बनेको माओवादी केन्द्रबाट वडा नं। १ अध्यक्ष उम्मेदवार गिरिश पुनले बताए । ‘सबै पार्टी पसेपछि यहाँको परम्परागत शैली बदलियो, एकल राजनीतिक गाउँबाट बहुदलिय प्रतिस्पर्धामा प्रवेश गर्‍यो,’ उनले भने, ‘माओवादी पार्टी फुटेपछि गाउँको एकता भत्कन थालेको हो । पहिले एउटा अगुवाको आदेशमा चल्ने गाउँ अब अनेकथरी नेताको केन्द्र बन्यो ।’ माओवादी केन्द्रका जिल्ला सदस्य विनप्रसाद पुन भने चुनावमा विभाजन भए पनि खासखास मुद्धामा थबाङ अझै एकजुट रहन सक्ने बताउँछन् । संकटमा नेकपाको आधार गाउँमा चुनाव बहिष्कारको नीति लागू गरेरै छाड्ने योजनासहित लामो समय खटेका सन्तोष बुढा त्यो सम्भव नहुने देखेपछि थबाङबाट फर्केका छन् । थबाङमै फागुन ५ देखि १० सम्म आठौं महाधिबेशन सम्पन्न गरी एकीकृत जनक्रान्तीको एजेण्डा पारित गरेको नेकपाको आधार चार महिनामै भत्किएको छ । पार्टी नीति र जनताको चाहना नमिलेपछि नेकपाका स्थानीय नेता संकटमा परेका छन् । ‘हामी भोट हाल्न जाने की नजाने भन्ने अन्योलमा छौं । एकातिर पार्टीले बहिष्कार गर्न दवाव दिइरहेको छ अर्कोतिर जनताले भोट हाल्ने चाहना गरेका छन्,’ थबाङ९१ जुर्बाङका अगुवा नेता गिसन रोकामगरले भने, ‘चुनावकै कारण गाउँमा फाटो हुन्छ की भन्ने चिन्ता छ । हामीले चुनाव त धेरै बहिष्कार गर्‍यौं तर जनताले दुस्ख पाएकै छन् ।’ निर्वाचन सहज गृह मन्त्रालयबाट निर्वाचन अधिकृत भएर थबाङ पुगेका कमलबहादुर बिष्ट अहिले ढुक्क छन् । निर्वाचनै बिथोलिन सक्ने हल्ला चलिरहेको ठाउँमा बहिष्कार गर्ने पार्टीका नेताहरु नै चुनावमा सहभागी भएपछि उनलाई काम गर्न सजिलो भएको छ । ‘केही समस्या छैन । सबैतिर सहज छ । जनता निर्वाचनका लागि उत्साहित छन्,’ उनले भने, ‘सुनेजस्तो डरलाग्दो स्थिती भएन । सबैले साथ दिइरहेका छन् ।’ निर्वाचन सुरक्षाका लागि थबाङमा सबैतिर नेपाल प्रहरी, सशस्त्र र सेना तैना गरिएको छ । जिल्लाकै सबैभन्दा सानो गाउँपालिका थबाङको जनसंख्या १० हजार ८ सय ८१ छ । यहाँ पुरुष २ हजार ५ सय २८ र महिला ३ हजार १५ गरी ५ हजार ८ सय ५३ मतदाता छन् । पुरानो थबाङ गाउँमा मात्रै २ हजार ३ सय ११ मतदाता छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending