Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गाडी किन्न नपाउँदा सचिव सरूवा

\"\"काठमाडौं, ९ असार । दोस्रो चरणको निर्वाचनको एक साताअघि सरकारले निर्वाचन आयोगका सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रीपरिषद्ले आयोगका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सचिव मैनालीको सरुवाको प्रस्ताव ल्याएका थिए । स्रोतका अनुसार निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको दबाबमा देउवाले उनको सरुवाको प्रस्ताव गरेका हुन् । अाजको कान्तिपुरमा खबर छ– सचिव मैनालीले प्रमुख आयुक्त र आयुक्तहरुका लागि किन्न लागिएको बिलासी गाडी खरिदको विरोध गर्दा आफ्नो सरुवा गरिएको बताएका छन् । ‘प्रमुख आयुक्त र आयुक्तसहितका लागि करिब १२ करोड रुपैया लागतका ५ वटा गाडी खरिद अहिले आवश्यक छैन भनेर मैले भनेको थिएँ,’ उनले भने, ‘किन्नै परे पनि सार्वजनिक खरिद ऐन बमोजिम किनौं भनेको थिएँ ।’ चुनावको चटारोमा रहेको निर्वाचन आयोगभित्र बिलासी गाडी खरिद र कर्मचारीको कल डिटेल मगाउने विषयमा आयोग पदाधिकारी र सचिवबीच विवाद भएको स्रोतले बताएको छ । गाडी तत्काल आवश्यक नभएको र किन्नै परे पनि सार्वजनिक खरिद ऐन बमोजिम ३५ दिने सूचनासहितका प्रक्रिया पूरा गर्नुपर्ने राय सचिव गोपीनाथ मैनालीले पेस गरेका थिए । आयोगले भने ती गाडी ‘निर्वाचन सामाग्री’भित्र पर्ने भन्दै ७ दिने सूचना निकालेर छोटो प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेको थियो । यस्तै आयोगका सचिव, सहसचिवसहित कर्मचारीको कल डिटेल पठाउन आयोगले प्रहरीलाई लिखित रुपमै पठाएको थियो । निर्वाचनमा खटिएका कर्मचारीमाथि शंका गरिएको, अदालतको आदेश र प्रचलित कानुन बाहिर गई कल डिटेल मागिएको भन्दै सचिव मैनालीलगायत कर्मचारीले त्यसको विरोध गरेका थिए । आयोग कर्मचारी युनियनले समेत उक्त कामको विरोध गरेका थिए । आयोगले भने अनुसार गाडी खरिद प्रक्रिया र सचिव मैनालीको सरुवा दुवै तत्काल नगर्दा राम्रो हुने सुझाव मन्त्रिपरिषद बैठकमा मुख्य सचिव डा.सोमलाल सुवेदीले राखेका थिए । उक्त सुझाव कार्यान्वयन नगरी बैठकले मैनालीलाई सरुवा गरी उनको ठाउमा सहसचिव महेश्वर न्यौपानेलाई आयोगको कार्यबाहक सचिवमा पठाउने निर्णय गरेको हो । गत आइतबारको बैठकमा सचिवले आयोगले किन्न लागेका ५ वटा गाडी निर्वाचन आयोग ऐन, २०७० को दफा ३८ अनुरुप निर्वाचन सामाग्रीको रुपमा राख्न नमिल्ने भन्दै खरिदका लागि अर्थ मन्त्रालयको स्वीकृति आवश्यक पर्ने राय लेखेका थिए । त्यसमा मतपत्र, मसीजस्ता विभिन्न ६७ वटा निर्वाचन सामाग्री छन् । ती सामाग्री किन्नका लागि सार्वजनिक खरिद ऐनको लामो प्रक्रिया पूरा गर्नु नपर्ने निर्णय छ । तर, आयोगले भने गाडीलाई पनि निर्वाचन सामाग्रीमै राखिने विश्वव्यापी मान्यता रहेको भन्दै चाँडै किन्नुपर्ने निर्णय गरेका थिए । आयोगले बैठकका सूचना चुहिएका, सूचनाहरु लिक भएको सम्बन्धमा भने कर्मचारीहरुको कल डिटेल मगाएको थियो । सचिव मैनालीकै सन्दर्भमा पनि शंका गरी आयोगले मोबाइलको कल डिटेल मगाएको स्रोतले जानकारी दियो । कल डिटेल प्रकरण भने भरतपुर महानगरपालिकाको चुनावी प्रक्रियासँग जोडिएको आयोग स्रोतको दावी छ । सचिव मैनालीसहित केही सहसचिवले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणनास्थल कब्जा भएको भन्न नमिल्ने भन्दै पुन मतदान गर्न नहुने सुझाव राखेका थिए । प्रमुख आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह पुन मतदानको पक्षमा उभिएका थिए भने आयुक्त नरेन्द्र दाहालले त्यसको विरोध गरेका थिए । तर, सचिवकै अगुवाईमा हुने केही खरिदमा भने आयुक्तहरुले प्रश्न उठाएका थिए । हालै निर्वाचन प्रयोजनका लागि प्रयोग गर्न खरिद गरिएको रातो मसी खरिद गुणस्तरयुक्त नभएको आरोप उनी माथि थियो । सचिव सरुवाबारे आयुक्त इला शर्माले नियमित प्रक्रिया भएकोले यसलाई सामान्य रुपमा लिइनुपर्ने प्रतिक्रिया दिइन् । ‘कर्मचारी सरुवाले हामीलाई चुनावी काममा कुनै बाधा पर्दैन । चुनाव गराउनका लागि बलियो कर्मचारी टोली खटिरहेको छ’, शर्माले भनिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending