राजपा नेताहरूको स्पष्टोक्ति : हैकम जोगाउन निर्वाचनमा
आषाढ़ ९ गते, २०७४ शुक्रवार 23rd June, 2017 Fri०७:२१:३५ मा प्रकाशित
काठमाडौं, ९ असार। स्थानीय तहमा तराई-मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले बताए ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– केन्द्रमा प्रमुख ३ दलको वर्चस्व कायम रहेका बेला स्थानीय तहमा आफूहरू निर्वाचनमा सहभागी नहुँदा स्थानीय तह पनि गुम्ने खतरा देखेपछि स्वतन्त्र रूपमा आफूले उम्मेदवारी दर्ता गराएको नेता गुप्ताले स्पष्ट पारे । ‘केन्द्रमा मधेस विरोधी दलहरूको हातमा सरकार र बलियो प्रतिपक्ष छ\', नेता गुप्ताले भने, ‘यस्तो अवस्थामा निर्वाचनमा सहभागी नभए स्थानीय निकाय पनि मधेस विरोधी शक्तिको हात पर्ने खतरा थियो । यस्तो अवस्थाबाट जोगाउन हामी बाध्य भई निर्वाचनमा सहभागी भयौं । सही गलत के भयो, त्यो भविष्यले नै निक्र्योल गर्ला ।\'
गुप्तासँगै उपमेयरमा राजपा नेता वासुदेवप्रसाद कसौधनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तु नगर क्षेत्रका १२ वटै वडामा राजपा नेताले बहुजन शक्ति पार्टीका तर्फबाट निर्वाचमा भाग लिइरहेका छन् । वडाध्यक्षहरू स्वतन्त्र रूपमा चुनाव लड्दा फरक फरक चुनाव चिह्न दिइने भएका प्रचारमा गाह्रो पर्न जाने देखेर बहुजन शक्ति पार्टीको जग चुनाव चिह्नबाट आफूहरू उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिका—१ का वडाध्यक्ष पदका उम्मेदवार सुदीप पौडेलले बताए ।
जिल्लाको अर्को महत्वपूर्ण नगरपालिका महाराजगन्ज नगरपालिकामा राजपाका जिल्ला नेता गंगेश तिवारीले पनि स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिएका छन् । कार्यकर्ताको इच्छाबमोजिम निर्वाचनमा भाग लिएको नेता तिवारीले बताए । ‘लोकतन्त्रमा निर्वाचनबाट भागेर कदापि तराई मधेसका मुद्दालाई सम्बोधन गर्न सकिँदैन\', नेता तिवारीले भने, ‘स्थानीय तह सरकारमा सहभागी हुँदै केन्द्र सरकारलाई संविधान संशोधनमार्फत मधेसका मुद्दा सम्बोधन गर्नका लागि शान्तिपूर्ण आन्दोलनमा आफूहरू रहन्छौं ।\'
यशोधरा गाउँपालिका अध्यक्ष पदमा राजपा नेता रामदेव कलवार र उपाध्यक्ष पदमा अर्का नेता मोलहुप्रसाद गुप्ता स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरी प्रचार प्रसारमा जुटिरहेका छन् । राजपाको प्रभाव क्षेत्र मानिने कपिलवस्तु नगरपालिका, महाराजगन्ज नगरपालिकालगायतका स्थानीय तहमा राजपा नेताहरू स्वतन्त्र उम्मेदवार बनेपछि अन्य दललाई पनि निर्वाचन अभियानमा अघि बढ्न सहज भएको छ । राजपाका नेताहरूको उम्मेदवारीले जिल्लामा आन्दोलन पनि मत्थर भएको छ ।
राजपाका केन्द्रीय नेता तथा पूर्वकानुनमन्त्री बृजेशकुमार गुप्ता भने आफू संविधान संशोधनका लागि आन्दोलनमै रहेको बताउँछन् । पार्टीका केही साथीहरू निर्वाचनमा जानैपर्ने हठ गरेपछि आफूले ती साथीलाई निर्वाचन लड्नबाट रोक्न नसकेको नेता गुप्ताले बताए । सरकारले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा र प्रदेश नं ५ को निर्वाचन दोस्रो चरणमा गरेर राजपाभित्र फुट पार्ने रणनीति लिएको नेता गुप्ताले आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: