आषाढ़ ९ गते, २०७४ शुक्रवार 23rd June, 2017 Fri०८:०१:२२ मा प्रकाशित
काठमाडौं, ९ असार। विभिन्न राजनीतिक दलले पहिलो चरणको निर्वाचनबाट पाठ सिक्दै दोस्रो चरणको निर्वाचनमा चुनावी रणनीति बदलेका छन् । अघिल्लो निर्वाचनका कमी कमजोरी सुधार्दै दलहरूले तालमेल, मतदाता शिक्षा अभियान, चुनावी एजेन्डा, प्रचारप्रसार शैलीलगायत बदलेका छन् ।
अाजको राजधानी दैनिकमा खबर छ– पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षामा बढी कमजोरी भएको निष्कर्षका साथ दलहरूले त्यसलाई सुधार्न अभियान नै चलाएको पाइएको छ । यस्तै, चुनावी तालमेलमा पनि दलहरूले अघिल्लो निर्वाचनभन्दा व्यापक परिवर्तन गरेका छन् । अघिल्लो निर्वाचनमा तालमेल गरे पनि फरकफरक चुनाव चिह्नमा उम्मेदवारी दर्ता गरेकामा यसपटक धेरै ठाउँमा तालमेलसँगै एउटै चुनाव चिह्नमा चुनाव लड्ने नीतिसमेत लिएको पाइएको छ ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेललाई अघिल्लो निर्वाचनजस्तै प्राथमिकता दिएको पाइएको छ भने नेकपा एमाले र राप्रपाले भने तालमेल घटाएका छन् । पहिलो चरणको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रबीच तालमेल गर्ने केन्द्रीय रणनीति रहे पनि यसपटक परिवर्तन गरेका छन् । माओवादी केन्द्रले कतिपय ठाउँमा कांग्रेसलाई छाडेर संघीय समाजवादी फोरमलाई अँगालेको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्न नरुचाए पनि यसपटक भने एमालेसँगको तालमेललाई पनि स्थानीयस्तरमा प्राथमिकता दिएको पाइएको छ ।
नेपाली कांग्रेसले पार्टी संगठनलाई व्यवस्थित बनाउने रणनीति लिएको बताएको छ । कांग्रेसले बागी उम्मेदवारले जितमा असर देखा परेपछि बागी उठेमा सदस्यता नै खारेजी गर्ने कारबाहीलाई समेत अघि बढाएको छ । अघिल्लोपटक कांग्रेसले व्यवस्थित रूपमा जिल्ला संयोजक नतोकेकामा यसपटक केन्द्रबाट नै निर्वाचन सकिसकेका ठाउँका केन्द्रीय स्तरको नेतृत्वलाई तोकेर पठाएको छ । ‘हामीले यसपटक सबैमा जित्ने गरी तालमेल तथा समन्वयमा अलि बढी ख्याल गरेका छौं,’ पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले राजधानीसँग भने, ‘यसपटक सबै ठाउँमा नेता कार्यकर्ता खटाउने कामसमेत व्यवस्थित ढंगले अगाडि बढाइएको छ ।’
संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले तालमेललाई अघिल्लो निर्वाचनभन्दा घटाएर चुनाव प्रचारप्रसारलाई व्यवस्थित बनाउने नीति अघि सारेको छ । ‘अघिल्लो निर्वाचनमा अलिक बढी तालमेल थियो, अहिले अलिक कम गरेका छौं,’ एमाले उपाध्यक्ष भीम रावलले राजधानीसँग भने, ‘तालमेल गर्दा मतदाताहरूले खासै रुचाएनन्, अविश्वासजस्तो देखिने गरी तालमेल गर्दा प्रभावकारी नहुने देखिएकाले कम गरेर आफ्ना एजेन्डा र उम्मेदवारलाई जनतासँग पु¥याउनेमा जोड दिएका छौं ।’
नीतिगत र प्रचार कार्यशैली पहिलाभन्दा आफ्नो पार्टीले परिवर्तन नभएको बताउने उपाध्यक्ष रावलले कांग्रेस माओवादी केन्द्रले भने जो भेटिन्छ, त्यहीसँग तालमेल गरेको र अलोकतान्त्रिक तरिकाले चुनावी गतिविधि गरेको आरोपसमेत लगाए ।
संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनका कमी कमजोरीबाट सिक्दै नयाँ ढंगले दोस्रो चरणको निर्वाचनमा होमिइरहेको जनाएको छ । माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षामा कमजोरी देखिएकाले आफ्ना धेरै भोट बदर भएको भन्दै त्यसलाई सच्याउने गरी अभियान चलाएको जनाएको छ । ‘जनताले धेरै बुझेनन्, मतदाता शिक्षामा कमजोरी देखिएकाले यसलाई सच्याउन अलि बढी प्राथमिकता दिइएको छ,’ पार्टी प्रवक्ता पम्फा भुसालले भनिन् । माओवादी केन्द्रले हँसिया हथौडामा हाल्नुपर्ने मत हँसिया तारोमा खसेको भन्दै आफूहरूले बुझाउन नसकेको समेत जनाएको छ ।
अग्नि सापकोटाले नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने, निर्वाचन सकिएको क्षेत्रका केन्द्रीय नेतालाई बाँकी ठाउँमा खटाउने, तालमेल प्रभावकारी बढाउने तथा पहिलो चरणको निर्वाचनमा जस्तो ठुल्ठुला आमसभाभन्दा पनि घरदैलो कार्यक्रम गरेर खसेको मत नबिग्रियोस् भनेर मतदाता शिक्षामा ध्यान दिने गरी कार्यक्रमहरू भइरहेको बताए ।
संसद्को चौथो ठूलो दल राप्रपा नेपालले पहिलो चरणको निर्वाचनभन्दा धेरै रणनीति बदलेको जनाएको छ । ‘पहिलो चरणमा हामी किन पराजित भयौं भनेर गम्भीर रूपमा समीक्षा ग¥यौं,’ राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले भने, ‘गाईको भोट गोरुमा गएको धेरै पाइयो, त्यसैले हाम्रो भोट हाम्रैमा खसोस् भनेर भोटर एजुकेसन सञ्चालन व्यापक रूपमा भएको छ ।’
राप्रपाले अघिल्लो चरणको तालमेल प्रभावकारी नभएको भन्दै केन्द्रीय स्तरबाट कुनै पनि तालमेल नगर्ने नीति लिएको समेत जनाएको छ । अघिल्लो निर्वाचनमा हाइफाई प्रचार गरेकामा यसपटक विशेष ठाउँठाउँमा तर सानातिनालाई ख्याल गर्ने, पहिलो चरणको निर्वाचन सम्पन्न भएका नेतृत्वलाई दोस्रो चरणको निर्वाचनको मोनिटरिङमा खटाएको राप्रपाले जनाएको छ ।
संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, नयाँ शक्तिलगायत दलहरूले पनि घरदैलो अभियानलाई प्राथमिकता दिएको, मतदाता शिक्षामा ध्यान दिएको, चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन जोड दिएको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: