Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

कति समावेशी छन् प्रमुख दलहरूका उम्मेदवार ?

\"\"काठमाडौं, १० असार कांग्रेसबाट प्रमुखमा सात महिला संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले ३३४ स्थानीय तहमध्ये ३२४ मा प्रमुख÷अध्यक्षमा उम्मेदवार उठाएको छ । १० तहमा कांग्रेसले माओवादीसहितका दलसँग तालमेल गरेको छ । ३२४ तहमा कांग्रेसले अधिकांश स्थानमा पुरुषलाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसले सात महिलालाई मात्र प्रमुख वा अध्यक्षको उम्मेदवार बनाएको छ । जसमा पाँच गाउँपालिका अध्यक्ष र दुई नगरपालिका प्रमुखमा छन् । पहिलो चरणको निर्वाचनमा जुम्लाको चन्दनाथ नगरपालिकाको प्रमुखमा कांग्रेसकी कान्तिका सेजुवाल विजयी भएकी थिइन् । अन्य चार गाउँपालिका अध्यक्षमा पनि कांग्रेसबाट महिला विजयी बनेका थिए । अाजको नयाँ पत्रिकामा खबर छ– ठूला ठाउँमा दलित उम्मेदवार कांग्रेसले कैलालीको धनगढी उपमहानगरपालिकामा दलित समुदायका नृप ओडलाई प्रमुखमा उठाएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका उपप्रमुखमा दलित समुदायकी देविका नेपाली घिमिरेलाई उम्मेदवार बनाएको छ । प्रदेश १ बाट तीन महिला प्रमुख झापाको गौरीगन्ज गाउँपालिका प्रमुखमा कांग्रेसले फूलवती राजवंशी, धनकुटाको पाख्रिबास नगरपालिका प्रमुखमा इन्दिरा थापा र भोजपुर पौवादुङ गाउँपालिका प्रमुखमा शिशिरा राईलाई उम्मेदवार बनाएको छ । प्रदेश ५ बाट एकजना पनि प्रमुखमा परेनन् प्रदेश नम्बर ५ मा एकजना पनि महिलालाई प्रमुख वा अध्यक्षमा उम्मेदवार बनाइएको छैन । प्रदेश ५ मा १०९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा चारजना प्रमुखका उम्मेदवार प्रदेश नम्बर ७ मा अछामको रामारोशन गाउँपालिकामा अनुराधा स्वाँरलाई अध्यक्षको उम्मेवार बनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा रीता चौधरी, जानकी गाउँपालिका प्रमुखमा गंगादेवी चौधरी र डडेल्धुराको भागेश्वर गाउँपालिका प्रमुखमा कौशिला भट्टलाई उठाइएको छ । पूर्वमन्त्री कांग्रेसबाट नगरका उम्मेदवार बैतडीको पाटन नगरपालिका प्रमुखमा कांग्रेसका पूर्वमन्त्री केशवबहादुर चन्द निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । ६० वर्षे चन्द ०५४ मा समाजकल्याण राज्यमन्त्री भएका थिए । चन्दसँगको प्रतिस्पर्धीमा एमालेबाट नरेश विक, माओवादीका शंकर भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रणबहादुर विष्ट छन् । उपप्रमुखमा कांग्रेसबाट सरस्वती कोली उम्मेदवार बनेकी छिन् । एमालेबाट आठ तहको प्रमुखमा महिला एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा १ सय १२ जनजाति समुदायका व्यक्तिलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । त्यस्तै, १३ जना मधेसी समुदायका तथा १० जना मुस्लिम समुदायका व्यक्तिलाई स्थानीय तहको प्रमुख पदको उम्मेदवार बनाएको छ । दलितबाट आठजना प्रमुख पदको उम्मेदवार बनेका छन् । प्रदेश नम्बर १ मा जनजातिको बाहुल्य प्रदेश नम्बर १ का १३७ तहमध्ये आधाभन्दा बढी ७४ तहमा जनजातिलाई प्रमुख पदमा उम्मेदवार बनाएको छ । त्यस्तै, पाँचजना मधेसी तथा तीन मुस्लिम समुदायबाट प्रमुख पदमा उम्मेदवार बनेका छन् । प्रमुखमा आठ महिला उम्मेदवार आठ महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । प्रदेश नम्बर ५ का पाँच तहमा महिला प्रमुखको उम्मेदवारी दर्ता गराएका छन् । नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल, रोल्पाको रोल्पा नगरपालिकामा मीना शर्मा प्रमुखको उम्मेदवार बनेकी छन् । त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुखमा विमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिम प्रमुखको उम्मेदवार बनेकी छन् । रुकुमको भुमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकार उम्मेदवार छिन् । त्यस्तै, झापाको कमल गाउँपालिका अध्यक्षमा मेनका काफ्ले र हल्दीबारी गाउँपालिका अध्यक्षमा मञ्जु सिटौला चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर ७ बाट डोटीको सिलगढी नगरपालिकामा मञ्जु मलासी मेयरको उम्मेदवार छिन् । प्रदेश नम्बर ५ मा मधेसी र मुस्लिम हाराहारी प्रदेश नम्बर ५ का १ सय ९ तहमा ३१ जना जनजाति, आठ मधेसी र सात मुस्लिम समुदायका व्यक्तिलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । मधेसी र मुस्लिम समुदायबाट हाराहारीको संख्यामा उम्मेदवार बनाइएको छ । थारू समुदायको उम्मेदवारको संख्या पनि उल्लेख्य छन् । प्रदेश नम्बर ७ मा एमालेले सात जनजाति समुदायबाट प्रमुख पदमा उम्मेदवार बनाएको छ । १० जिल्ला अध्यक्ष प्रमुखको प्रतिस्पर्धामा ३५ जिल्लाका १० तहमा एमालेका जिल्ला अध्यक्ष नै चुनावी प्रतिस्पर्धामा छन् । भोजपुरका अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिका, पाँचथरका अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिकाको प्रमुखमा उम्मेदवार छन् । त्यस्तै, झापाका अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिका, मोरङका अध्यक्ष विनोद ढकाल विराटनगर महानगरपालिका प्रमुख, सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिका प्रमुखको उम्मेदवार छन् । यसैगरी, ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिका प्रमुख, गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ छत्रकोट नगरपालिका प्रमुख, बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिका प्रमुख, प्युठानका अध्यक्ष तुलसीराम शर्मा प्युठान नगरपालिका प्रमुख र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको प्रमुखका रूपमा प्रतिस्पर्धामा छन् । १७ तहको प्रमुखमा महिला उम्मेदवार कांग्रेस, एमालेको तुलनामा झन्डै दोब्बर प्रतिशतमा माओवादी केन्द्रले प्रमुख पदमै महिलालाई उम्मेदवार बनाएको हो । उसले एक उपमहानगरपालिकासहित १७ तहको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । माओवादीले कुल ३३४ स्थानीय तहमध्ये ३०४ स्थानमा मात्रै प्रमुख पदमा उम्मेदवारी दिएको छ । दोस्रो चरणको निर्वाचनमा ३० स्थानीय तहको प्रमुख पद भने तालमेलको नाममा माओवादी केन्द्रले अन्य दललाई छाडेको छ । दलितबाट प्रमुखमा १४ उम्मेदवार दलित समुदायबाट १४ जनालाई प्रमुख पदमा उम्मेदवार बनाइएको छ । मोरङको लेटाङ नगरपालिका प्रमुखमा गोपाल नेपाली, उदयपुरको ताम्ली गाउँपालिका अध्यक्षमा ढुंगराज विक, खोटाङको केपिलासगढी गाउँपालिकामा मनकुमारी रसाइली, ओखलढुंगाको खिम्जीदेम्बा गाउँपालिका अध्यक्षमा सुदीप सुनुवारलाई अध्यक्षको उम्मेदवार छन् । त्यस्तै, गुल्मीको रेसुंगा नगरपालिकामा र्धमबहादुर विक, प्युठानको सरुमारानी गाउँपालिकामा डोरबहादुर दर्लामी, बाँकेको खजुरा गाउँपालिकामा डम्बर विक, बाजुराको बडीमालिका नगरपालिकाको प्रमुखमा मानबहादुर विक, बाजुराकै बुढीनन्दा नगरपालिकाको प्रमुखमा भरतबहादुर विक, स्वामिकार्तिक गाउँपालिका अध्यक्षमा रमेशराज विकलाई माओवादीले उम्मेदवार बनाएको छ । डोटीको दिपायल सिलगढी नपाको मेयरमा प्रेम नेपाली, डोटीकै बडीकेदार गाउँपालिका जंगबहादुर विक, डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्षमा धर्म विक र कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुखमा गोपाल रसाइलीलाई माओवादीले उम्मेदवार बनाएको छ । प्रमुख पदमै १७ जना महिला उम्मेदवार माओवादीले सुनसरीको इटहरी उपमहानगर प्रमुखसहित १७ स्थानीय तहको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ । इटहरी उपमहानगरमा उसले हरिमाया जिमीलाई उम्मेदवार बनाएको छ । सनुसरीकै देवनागन्ज गाउँपालिकामा लक्ष्मीदेवी मेहता, मोरङको सुन्दरहरैचा नगरपालिका प्रमुखमा लक्ष्मी न्यौपानेलाई माओवादीले उम्मेदवार वनाएको छ । त्यस्तै, संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा उमा कार्की विष्ट, तेह्रथुमको मेन्छयायेम गाउँपालिका अध्यक्षमा फुर्वी शेर्पा, खोटाङको रूपाकोट मझुवागढी नपाको प्रमुखका दुर्गाजयन्ती राई र लामीडाँडा गाउँपालिका अध्यक्षमा डा. चेतकुमारी गुरुङलाई अध्यक्षमा उम्मेदवार बनाएको छ । मझुवागढी नपाको प्रमुखमा उम्मेदवारी दिएका दुर्गाजयन्ती राई पूर्वसभासद् पनि हुन् । उनी ०६४ को पहिलो संविधानसभाका सभासद् हुन् । खोटाङकै जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा अरुणा राई, कोपिलास गढी गाउँपालिका अध्यक्षमा मनकुमारी रसाइली र बराहपोखरी गाउँपालिकामा निशाना राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । ओखलढुंगाको सुनकोसी गाउँपालिका अध्यक्षमा चम्पा कार्की, पाल्पाको तानसेन नगरपालिका प्रमुखमा प्रतीक्षा सिँजाली, रिम्दीकोट गाउँपालिका अध्यक्षमा लीला कार्कीले प्रमुख पदमा उम्मेदवारी दिएकी छन् । गुल्मीका इसमा गाउँपालिकामा विमला थापा, दाङको लमही नगरपालिकामा द्रोपदा पौडेल, रुकुमको सिस्ने गाउँपालिका अध्यक्षमा कुमारी बराल गौतम र डडेल्धुरा नगरपालिकाको अध्यक्षमा शोभा भट्टलाई माओवादीले अध्यक्षको उम्मेदवार बनाएको छ । अधिकांश जनजाति उम्मेदवार दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर १ र ५ को पहाडी क्षेत्र र प्रदेश नम्बर ७ का अधिकांश क्षेत्र जनजाति बाहुल्य रहेकाले माओवादीले समुदायविशेषलाई आधार बनाएरै उम्मेदवार बनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy