Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रचण्ड–देउवा 'मञ्च सेयरिङ'

\"\"काठमाडौं, १० असार । कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलबारीमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले \'मञ्च सेयरिङ\' गरेका छन् ।धनगढी उपमहानगरपालिकाको डिपो बजारमा दुवै नेताले आ-आफ्नो चुनावी सभालाई सम्बोधन गर्न अलग-अलग समयमा एकै मञ्च प्रयोग गरेका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कार्यकर्ताले बनाएको मञ्चमा बिहान ११ बजेदेखि प्रचण्डले र दिउँसो २ बजेदेखि देउवाले भाषण गरे । \'शुक्रबार बिहान डिपोबजारस्थित खुलामञ्चमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले हँसिया हथौडाअंकित झन्डाले सजाइएको मञ्चबाट चुनावी सभालाई सम्बोधन गरे । त्यसको केही घन्टामै मञ्चको तामझाम हटाइयो र हतारहतार चारतारे झन्डा र रुखअंकित झन्डा सजाइए’, स्थानीय गोपालप्रसाद शर्माले भने, \'बडा रमाइलो लाग्यो, दुई पार्टीका कार्यकर्ताको सरगर्मी देखेर !\' देउवाले २०७० सालको संविधानसभा निर्वाचनमा फूलबारी पनि सामेल रहेको कैलाली क्षेत्र नं. ६ बाट जितेका थिए । आफूले जितेको ठाउँमा उहाँले शुक्रबारै दुईवटा सभालाई सम्बोधन गरे। डिपोबजारको मञ्च निर्माणका लागि बिहीबार दुवै पार्टीका कार्यकर्ताबीच संयुक्त रूपमा मञ्च प्रयोग गर्ने सहमति भएको माओवादीका नेता टीकाराम सापकोटाले बताए । पहिलो चरणको स्थानीय तह निर्वाचनमा तालमेल गरेर दुवै नेताले एकै मञ्चबाट लालसलाम र जयनेपालको सम्बोधनसहित भाषण गरेको कुरा चर्चामै रहेका बेला फूलबारीमा भने तालमेलबिनै \'मञ्च सेयरिङ\' गरिएको हो। ‘मैले दुबै पार्टीबाट भाडा लिएँ, दुबैले त्यही माइक, टेन्ट र मञ्च प्रयोग गरे\', रुक्मिणी टेन्टका सञ्चालक सुरेश साहले भने । सुरुमा सभा गरेको माओवादीले कार्यक्रम सकिएलगत्तै मञ्चवरिपरि टाँगिएका आफ्नो पार्टीका झन्डा झिकेर लगेको थियो। प्रचण्डको कार्यक्रम सकिएपछि कांग्रेसको चुनावीसभामै भेटिनुभएका माओवादी केन्द्रबाट सोही वडाका अध्यक्ष पदका उम्मेदवार टीकाराम सापकोटाले पनि यो कुरा अस्वाभाविक नभएको बताए । \'खुलामञ्च सबैको हो। चुनावी कार्यक्रमका लागि अरु राम्रो खुला ठाउँ छैन । दुबै नेताको कार्यक्रम एकै दिन पर्‍यो। त्यसैले बिहीबारै सहमति गरेर मञ्च प्रयोग गरेका हौं\', सापकोटाले भने । माओवादी कार्यकर्ताले आफ्नो पार्टीका झन्डा र ब्यानर निकालेपछि मञ्चमा पसेका कांग्रेस कार्यकर्ताले हतारहतार आफ्नो पार्टीका झन्डा मञ्चवरिपरि सजाए। अनि सुरु भयो देउवाको कार्यक्रम। कांग्रेसबाट वडा नम्बर १४ कै अध्यक्षका उम्मेद्वार राजकुमार चौधरीले पनि बिहीबार एकअर्काको कार्यक्रममा अवरोध नगर्ने भद्र सहमति भएको बताए । \'दुई पार्टीबीच भएको छलफलमा एक अर्काका कार्यक्रम नबिथोल्ने, असहयोग नगर्ने र कार्यकर्तालाई समेत उत्तेजित नपार्ने सहमति भएको हो\', उनले भने । दुई पार्टीको कार्यक्रम एकै स्थानमा जुधेपछि थप सुरक्षा चुनौती बढेको मान्ने सुरक्षा निकायले पनि \'मञ्च सेयरिङ\' लाई असल राजनीतिक संस्कार भनेको छ। \'यो असल राजनीतिक संस्कारको नमूना हो\', कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending