Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कामदारको स्वास्थ्य बुझ्न सरकारी टोली मलेसिया जाँदै

\"\"काठमाडौं, ११ असार । मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको हो । प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा.भोलाराम श्रेष्ठले मलेसिया सरकारले नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न आउन भन्दै नेपाल सरकारलाई औपचारिक पत्र पठाएपछि विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ जान लागेको जानकारी दिए । आगामी शुक्रबार जाने सरकारी चिकित्सकसहितको टोलीले एक साता लगाएर मलेसियामा काम गर्ने नेपाली कामदार र सम्बन्धित कम्पनीका मालिकसँग छलफल गर्नेछ । ‘मलेसियामा काम गर्ने धेरै नेपाली युवा राति सुतेर बिहान उठ्ने समयमा मृत अवस्थामा फेला पर्ने गरेका छन्,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘यस्ता घटना बढ्न थालेपछि मलेसियाली सरकारले हामीलाई अध्ययनका लागि बोलाएको हो । हामीले पाएको जानकारीअनुसार बढी कामदार हर्टअट्याकका कारण मृत्यु हुने गरेका छन् ।’ पहिलोपटक अध्ययन हुँदै वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य अवस्थाप्रति सरकार पछिल्लो समय गम्भीर बनेको छ । सरकारको आग्रहमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. केदार बराल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजीव पोखरेललगायतको टोली मलेसिया जान लागेको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बरालले नेपाली कामदारको स्वास्थ्य अवस्थाबारे जानकारी लिने सरकारी टोली पहिलोपटक मलेसिया जान लागेको बताए । पहिलोपटक सरकारले पाँच सदस्यीय टोली नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न फिल्डमै पठाउने निर्णय गरेको जानकारी दिए । ‘एयरपोर्टबाट विभिन्न रोगका कारण सिधै नेपाल फर्कनु परेको यथार्थलाई पनि नेपाली टोलीले केलाउनेछ,’ बरालले भने, ‘के कारण रहेछ, औपचारिक जानकारी लिएर फर्कनेछौँ ।’ हाल मलेसियामा सात लाखको हाराहारीमा नेपाली कामदार रहेको सरकारी तथ्यांक छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending