Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

९८ वर्षसम्मका उम्मेदवार, ८० वर्ष काटेकै ५१ जना ! (विवरणसहित)

\"\"काठमाडौं, ११ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । अाजको नयाँ पत्रिकामा खबर छ– ९० काटेका तीन उम्मेदवार बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी, सुनसरीको कोसी गाउँपालिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् । ६ जना स्वतन्त्र ८० कटेका ५१ जना ज्येष्ठ नागरिकमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसमा पनि कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिने देवकुमार भारती र रुपन्देहीको लुम्बिनी नगरपालिकामा वडाअध्यक्षमा उम्मेदवारी दिने कोदई यादव ८९ वर्षका छन् । ४५ जनाले कांग्रेस, एमाले, माओवादी, राप्रपा, समाजवादी फोरम र नयाँ शक्तिलगायत दलबाट उम्मेदवारी दिएका छन् । ८० काटेका ५१ जना उम्मेदवारमध्ये सबैभन्दा बढी राप्रपाका छन् । राप्रपाबाट उम्मेदवारी दिनेमा २० जना छन् । यस्ता छन् वृद्ध उम्मेदवार -९८ वर्ष ः विष्णुबहादुर रावल (कांग्रेस), वडाअध्यक्ष (दुर्गाथली गाउँपालिका), बझाङ -९५ वर्ष ः टेकबहादुर तामाङ (एमाले), सदस्य (चम्पादेवी गाउँपालिका), ओखलढुंगा -९३ वर्ष ः सफिद मियाँ (एमाले), सदस्य (कोसी गाउँपालिका), सुनसरी -८९ वर्ष ः कोदई यादव (स्वतन्त्र), वडाअध्यक्ष (लुम्बिनी सांस्कृतिक नगरपालिका), रुपन्देही -८९ वर्ष ः देवकुमार भारती (स्वतन्त्र), मेयर (शिवराज नगरपालिका), कपिलवस्तु -८९ वर्ष ः ललिराम थारू (राप्रपा), सदस्य (बैजनाथ गाउँपालिका), बाँके -८८ वर्ष ः ननकउ खाँ पठान (परिवार दल), सदस्य (जानकी गाउँपालिका), बाँके -८७ वर्ष ः टेकबहादुर मगर (राप्रपा), सदस्य (खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका), धनकुटा -८७ वर्ष ः दिलबहादुर राई (स्वतन्त्र), वडाअध्यक्ष (जन्तेढुंगा गाउँपालिका), खोटाङ -८७ वर्ष ः दिलबहादुर राई (स्वतन्त्र), वडाअध्यक्ष (जन्तेढुंगा गाउँपालिका), खोटाङ -८७ वर्ष ः हीरामणि शर्मा पोखरेल (स्वतन्त्र), वडाअध्यक्ष (इटहरी उपमहानगर), सुनसरी -८६ वर्ष ः जशोधरा चमारनी (लोकतान्त्रिक फोरम), दलित सदस्य (गुलरिया नगरपालिका), बर्दिया -८५ वर्ष ः टेढे खाँ (राप्रपा), सदस्य (नरैनापुर गाउँपालिका), बाँके -८५ वर्ष ः प्राग चमार (राप्रपा), सदस्य (महाराजगन्ज नगरपालिका), कपिलवस्तु -८४ वर्ष ः डम्बरबहादुर राई (राप्रपा), अध्यक्ष, फाकफोकथुम गाउँपालिक, इलाम -८२ वर्ष ः खड्गबहादुर कार्की (राप्रपा), वडाअध्यक्ष (गौरादह नगरपालिका), झापा -८० वर्ष ः पदमबहादुर यङया (राप्रपा), वडाअध्यक्ष (याङवरक गाउँपालिका), पाँचथर -८० वर्ष ः पदमबहादुर राई (राप्रपा), सदस्य (भद्रपुर नगरपालिका), झापा -८० वर्ष ः नारायणप्रसाद खरेल (स्वतन्त्र), सदस्य (भद्रपुर नगरपालिका), झापा -८४ वर्ष ः चन्द्रवीर लिम्बू (नयाँ शक्ति), सदस्य (मेन्छयायेम गाउँपालिका), तेह्रथुम -८० वर्ष ः वासुदेव भण्डारी (कांग्रेस), सदस्य (धनकुटा नगरपालिका), धनकुटा -८१ वर्ष ः पदमप्रसाद दाहाल (संघीय समाजवादी), सदस्य (पथरी शनिश्चरे नगरपालिका), मोरङ -८३ वर्ष ः खेमराज पोखरेल (कांग्रेस), वडाअध्यक्ष (इनरुवा नगरपालिका) सुनसरी -८० वर्ष ः मलिम साफी मियाँ (माओवादी केन्द्र), सदस्य (गढी गाउँपालिका) सुनसरी -८० वर्ष ः चौकबहादुर राई (कांग्रेस), वडाअध्यक्ष (साकेला गाउँपालिका), खोटाङ -८० वर्ष ः खड्गबहादुर खत्री (राप्रपा), वडाअध्यक्ष (खोटेहाङ गाउँपालिका), खोटाङ -८१ वर्ष ः बाबुराम कार्की (कांग्रेस), वडाअध्यक्ष (चौदण्डीगढी नगरपालिका), उदयपुर -८१ वर्ष ः रेवन्तबहादुर विष्ट (राप्रपा), मेयर (तानसेन नगरपालिका), पाल्पा -८२ वर्ष ः ताराप्रसाद पन्थी (राप्रपा), वडाअध्यक्ष (मालारानी गाउँपालिका), अर्घाखाँची -८३ वर्ष ः रामप्रसाद पन्थी (कांग्रेस), सदस्य (मालारानी गाउँपालिका), अर्घाखाँची -८० वर्ष ः काशी चमार (बहुजन शक्ति पार्टी), वडाअध्यक्ष (रामग्राम नगरपालिका), नवलपरासी -८३ वर्ष ः गुर्रे अहिर (समाजवादी फोरम), वडाअध्यक्ष (कोटहीमाई गाउँपालिका), रुपन्देही -८१ वर्ष ः पार्वती चमाइन (देशभक्त समाज), दलित सदस्य (मर्चवारी गाउँपालिका), रुपन्देही -८२ वर्ष ः तुलसीराम शर्मा (राप्रपा), सदस्य (देवदह नगरपालिका), रुपन्देही -८२ वर्ष ः कोइली चमार (राप्रपा), दलित महिला सदस्य (मायादेवी गाउँपालिका), रुपन्देही- -८१ वर्ष ः मानुल्लाह मुसलमान (कांग्रेस), वडाअध्यक्ष (यशोधरा गाउँपालिका), कपिलवस्तु- -८२ वर्ष ः टेकनारायण शर्मा (राजमो), सदस्य (वाणगंगा नगरपालिका), कपिलवस्तु- -८० वर्ष ः काली दमेनी (राप्रपा), दलित महिला सदस्य (गढवा गाउँपालिका), दाङ- -८१ वर्ष ः वीरसिंह सुनार (राष्ट्रिय जनमुक्ति पार्टी), सदस्य (घोराही उपमहानगर), दाङ -८० वर्ष ः कानी चमार (माओवादी केन्द्र), दलित महिला सदस्य (जानकी गाउँपालिका), बाँके -८० वर्ष ः जंगबहादुर थारु (राप्रपा), सदस्य (नेपालगन्ज उपमहानगर), बाँके -८१ वर्ष ः भगौती थारु (राप्रपा), मेयर (कोहलपुर नगरपालिका), बाँके -८४ वर्ष ः गौहर खाँ (राप्रपा), वडाअध्यक्ष (खजुरा गाउँपालिका), बाँके -८१ वर्ष ः दीपकबहादुर भण्डारी (पूर्वराष्ट्रसेवक), सदस्य (गुलरिया नगरपालिका), बर्दिया -८२ वर्ष ः हंसी सार्की (एमाले), दलित महिला सदस्य (हिमाली गाउँपालिका), बाजुरा -८३ वर्ष ः देवीराम उपाध्याय (राप्रपा), सदस्य (लम्की चुहा नगरपालिका), कैलाली -८२ वर्ष ः तेजबहादुर विष्ट (राप्रपा), सदस्य (जानकी गाउँपालिका), कैलाली -८३ वर्ष ः रघुनाथ रानाथारु (राप्रपा), सदस्य (धनगढी उपमहानगर), कैलाली -८३ वर्ष ः कर्णबहादुर बम (माओवादी केन्द्र), सदस्य (दुहुँ गाउँपालिका), दार्चुला -८० वर्ष ः गोलीदेवी काम (माओवादी केन्द्र), महिला सदस्य (पञ्चेश्वर गाउँपालिका), बैतडी -८१ वर्ष ः देवसिंह धामी (स्वतन्त्र), अध्यक्ष (सिगास गाउँपालिका), बैतडी -८३ वर्ष ः इन्द्रे बोहरा (राप्रपा), वडाअध्यक्ष (डिलासैनी गाउँपालिका), बैतडी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy