आषाढ़ ११ गते, २०७४ आइतवार 25th June, 2017 Sun०६:५१:५८ मा प्रकाशित
काठमाडौं, ११ असार । राजनीतिक दलका शीर्ष र केन्द्रिय नेताहरू यतिबेला पूर्वका कुनै न कुनै जिल्लामा आयोजना हुने सभालाई सम्बोधन गरिरहेका भेटिन्छन् । पूर्वी हिमाली जिल्ला ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा हुादै मोरङ र सुनसरी जस्ता तराईका जिल्लामा उनीहरु आफ्ना उम्मेदवारका पक्षमा मतदाता आकर्षित गर्न लागिपरेका छन् ।
अाजको कान्तिपुरमा खबर छ– भोजपुर, धनकुटालगायत कोसी पहाडी जिल्लाको दौडाहामा समेत व्यस्त उनीहरूले पूर्वको एकमात्र महानगर विराटनगरलाई बढी महत्व दिएका छन् । यही कारण आसपास क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भए पनि उनीहरु राति अबेर विराटनगर फर्केर बास बस्ने गरेका छन् । महानगरमा कांग्रेस एक्लैले उम्मद्वारी दिएको छ भने एमाले र लोकतान्त्रिक फोरम अनि माओवादी केन्द्र र संघीय समाजवादी फोरमले तालमेल गरी उम्मेदवारी दिएका छन् ।
एमाले अध्यक्ष केपी ओली शनिबार झापाको पश्चिमी क्षेत्र हुादै पूर्वपश्चिम राजमार्गका आधा दर्जनभन्दा बढी स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै विराटनगर आइपुगे । मोरङको बेलबारीमा आयोजित सभामा उनले दोस्रो चरण निर्वाचनमा पनि आफ्नो पार्टी अग्रस्थानमा आउने दाबी गरे । साताअघि नै राजधानीबाट गृहजिल्ला झापा आएका उनी एकै दिनमा दर्जनभन्दा बढी चुनावी सभामा सहभागी भइरहेका छन् ।
उनले गृहनगर झापाबाट पश्चिम लागेसागै मोरङको उर्लाबारी, पथरी शनिश्चरे, बेलबारी, सुन्दर हरैंचा र सुनसरीको इटहरी नगरका विभिन्न स्थानमा आयोजित सभालाई सम्बोधन गरे । विराटनगर महानगरपालिकाको बुधहाट चोकमा आयोजित सभालाई सम्बोधन गरेपछि मात्र शनिबारको उनको कार्यक्रम सकिएको छ ।
आफ्नो दल र उम्मेदवारका लागि मत माग्न अनि पार्टीको धारणा समुदायलाई सुनाउन यतिबेला चर्चित केन्द्रिय नेताहरु पूर्वी जिल्लाका गाउँ–नगर घुमिरहेका छन् । एमाले अध्यक्ष ओली, लोकतान्त्रिक फोरम अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव चुनावी सभामा सहभागी भइरहेका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसी मोरङको विराटचोकलगायत स्थानमा आयोजित सभामा सहभागी भए । उनले स्थानीय कार्यकर्ता र पार्टीका शुभेच्छुकहरुसित भेट गरी आफ्ना उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे ।
यसैगरी बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, महेश आचार्य, मीनकुमार विश्वकर्मा, शेखर कोइरालालगायत कांग्रेसका नेता पनि चुनावी सभा र घरदैलो अभियानमा सक्रिय छन् ।
कांग्रेस केन्द्रिय सदस्य निधिले स्थानीय तह निर्वाचन महत्वपूर्ण भएकाले पार्टीले पूर्वमा ध्यान केन्द्रित गरेको बताए । ‘समय कम छ त्यसैले केन्द्रिय समितिका साथीहरु बाँडिएर विभिन्न जिल्लामा खटिरहेका छौं’ उनले भने, ‘उम्मेदवारबारे ढिलो निर्णय भएकाले समय अलि कम भएको हो, दोस्रो चरणमा हाम्रो पार्टी अग्रस्थानमा हुने विश्वास छ ।’
माओवादी केन्द्रका महासचिव रामबहादुर थापा सुनसरीका विभिन्न स्थानमा आयोजित सभामा सहभागी भए । उनी विराटनगरको हाटखोलामा आयोजित संघीय समाजवादी फोरम र माओवादी केन्द्रको संयुक्त सभामा सहभागी भए । थापाले विराटनगरमा आयोजित सभामा बोल्दै परिवर्तनकारी शक्तिले मात्रै आर्थिक समृद्धि ल्याउन सक्ने भएकाले आफ्नो पार्टीका उम्मेदवारप्रति मतदाताको आकर्षण रहेको दावी गरे ।
एमाले महासचिव ईश्वर पोखरेल, विराटनगर हुादै भोजपुर पुगेर चुनावी सभामा सहभागी भए । कांग्रेस नेता नारायण खडा उदयपुरलगायत जिल्लामा आयोजित सभा र घरदैलो अभियानमा सहभागी भएर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरिरहेका छन् । यसैगरी कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइराला, कांग्रेस केन्द्रिय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पूर्वका चुनावी सभाहरुमा व्यस्त छन् ।
एमाले महासचिव पोखरेलले आफ्नै पार्टीका कारण स्थानीय निकाय निर्वाचन सम्भव भएको दाबी गर्दै निर्वाचनमा पार्टीहरुको हारजित नभएर बास्तविक लोकतन्त्रको जीत हुने टिप्पणी गरे । दोस्रो चरणमा पनि एमाले अग्रस्थानमा आउने उनको दाबी छ ।
केन्द्रिय नेताहरुको ध्यान खास गरी प्रदेश नम्बर १ को एकमात्र महानगरपालिका विराटनगरमा केन्द्रित भएको छ । महानगरको नेतृत्व आफ्नो पक्षमा पार्ने मुख्य अभियानमा लागेका उनीहरू मोरङ, सुनसरी र झापाका उपमहानगर र पूर्वपश्चिम राजमार्गमा पर्ने नयाा नगरपालिका र गाउापालिकाका चोक–चोकमा आयोजित चुनावी सभामा व्यस्त रहे । कांग्रेस केन्द्रिय नेताले पार्टीपंक्ति एकवद्ध भइ महानगरका मेयर उम्मेदवार भीम पराजुली र उपमेयर उम्मेदवार इन्दु कार्कीलगायत पदाधिकारीलाई बिजयी बनाउन अपिल गरे ।
माओवादी केन्द्रका महासचिव रामवहादुर थापाले पनि शनिवार मोरङ र सुनसरीका चुनावी सभामा दिन बिताए । सातायता मोरङ र सुनसरीलाई केन्द्र बनाउादै आएका संघीय समाजवादी फोरमका अध्यक्ष यादवले शनिवार विराटनगरको हाटखोलामा आयोजित माओवादी केन्द्रसहितको चुनावी सभामा दिन बिताए । उन यसअघि रंगेली, कटहरी, जहदा, धनपालथान, कर्सियालगायत स्थानमा आयोजित सभामा व्यस्त भए ।
विराटनगर महानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल छ । यहाा संघीय फोरमका उमेश यादव मेयर र माओवादी केन्द्रकी नमिता न्यौपानेलाई उपमेयर उम्मेदवार बनाइएको छ ।
सातादेखि सक्रिय फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदार पनि शनिबारै मोरङ र सुनसरीका विभिन्न स्थानका सभामा दिनभर व्यस्त रहे । गच्छदार र एमाले अध्यक्ष ओलीले शनिबार साँझ विराटनगरको बुधहाट चोकमा आयोजित सभालाई सम्बोधन गरे ।
विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमले चुनावी तालमेल गरेका छन् । उनीहरूको तालमेलमा एमालेबाट मेयरमा बिनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीलाई उम्मेदवार बनाएइको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: