Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

चुनावी प्रचार उत्कर्षतिर : अधिकांश शीर्ष नेता अन्तिम चुनावी सभामा

\"\"काठमाडौं, ११ असार । स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका नेताहरूले आइतबार (आज) सम्म मात्रै अन्तिम चुनावी प्रचारप्रसार गर्न पाउने भएका कारण अधिकांश शीर्ष नेता अन्तिम चुनावी सभामा सक्रिय देखिएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री शेरबहादुर देउवा एकैदिन दुई जिल्लाका चुनावी दौडाहमा व्यस्त रहे । शुक्रबार कैलाली पुगेका देउवाले शनिबार कञ्चनपुरका छुट्टाछुट्टै तीनवटा आमसभालाई सम्बोधन गरेका छन् । दिउँसो बेलडाँडी, बेलौरी र पुनर्वासको आमसभालाई सम्बोधन गरेका देउवा अपराह्न डडेल्धुराको पर्शुराम नगरपालिकाको सभामा सहभागी भए । त्यसपछि बेलुकी कार्यकर्ता भेटघाटमा व्यस्त बने । आइतबारै उनले डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्नुका साथै अन्य आमसभामा पनि सहभागिता जनाउँदै छन् । पौडेल ५ नम्बर प्रदेशमा सक्रिय ० कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार दाङको राप्ती र लमही नगरपालिका तथा बाँकेको नेपालगन्ज र कोहलपुर नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । आइतबार उनले बुटवल, भैरहवा र नवलपरासीको बर्दघाटको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिए । ० कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. रामशरण महतलगायतका नेताहरू प्रदेश नम्बर १ को विभिन्न चुनावी आमसभामा सक्रिय छन् । त्यस्तै, युवानेता गगन थापा, प्रदीप पौडेललगायत सुदूरपश्चिमका चुनावी सभामा छन् । एमाले नेताहरू एकैदिन दर्जन सभामा एमाले शीर्ष नेताहरूले शनिबार एकैदिन दर्जन चुनावी आमसभालाई सम्बोधन गरेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल प्रदेश नम्बर १ तथा नेता माधवकुमार नेपाल प्रदेश नम्बर ७ को चुनावी आमसभामा व्यस्त बने । ० अध्यक्ष ओलीले विराटगर महानगरपालिकासहित मोरङको उर्लाबारी नगरपालिका, पथरी र बेलबारी नगर तथा इटहरी उपमहानगरपालिकाका छुट्टाछुट्टै आमसभालाई सम्बोधन गरेका छन् । नेपाल पूर्व र सुदूरपश्चिम दुवैतिर सक्रिय ० वरिष्ठ नेता माधवकुमार नेपालले शनिबारै कञ्चनपुरका तीनवटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । भीमदत्त र वेदकोट नगरपालिका तथा बेलडाँडी नगरपालिकाका छुट्टाछुट्टै चुनावी आमसभालाई उनले सम्बोधन गरे । ० नेता नेपाल आइतबार प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका, मोरङको सुन्दरपुरहरैचा नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्न कञ्चनपुरबाट त्यहाँ पुग्ने उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । ० एमाले उपाध्यक्ष वामदेव गौतम बाँकेको खजुरा नगर तथा उपमहासचिव विष्णु पौडेलले बुटवल उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । महासचिव ईश्वर पोखरेलसहित सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय तहका नेताहरू तीनवटै प्रदेशका अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा जिल्ला दौडाहमा छन् । माओवादी केन्द्र दुई दिन सुदूरपश्चिममा बिताएर प्रचण्ड काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारबाट चुनावी सभालाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्केका थिए । पूर्वको उदयपुर हुँदै उनी बिहीबार मध्यपश्चिमको बाँके, बर्दियालगायतका जिल्ला पुगेका थिए । शुक्रबार सुदूरपश्चिमको कैलाली, कञ्चनपुरलगायतका जिल्लाका चुनावी सभामा सहभागी भएर शनिबार बिहान काठमाडौं आइपुगेका छन् । आइतबार प्रचण्ड खोटाङ र भोजपुरका चुनावी सभालाई सम्बोधन गर्न निस्कँदै छन् । आइतबार प्रचण्ड खोटाङमा दुईवटा चुनावी सभा र भोजपुरको एउटा चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् । रामबहादुर थापा पूर्वतिरै माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा नेता रामबहादुर थापा शनिबार दिनभर मोरङका तीनवटा चुनावी सभामा सहभागी भए । पूर्वी मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिकाका चुनावी सभामा सहभागी भए । उनी आइतबार पनि १ नम्बर प्रदेशकै चुनावी सभामा सहभागी हुनेछन् । कृष्णबहादुर महरा रोल्पामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा गृहजिल्ला रोल्पाको चुनावी सभामा सहभागी भइरहेका छन् । उनी शनिबार त्यसतर्फ गएका हुन् । उनी १४ असारमा हुने निर्वाचनमा मत हालेर मात्र काठमाडौं फर्किनेछन् । दाङमा व्यस्त वर्षमान पुन माओवादी केन्द्रका ५ नम्बर प्रदेशका इन्चार्ज हुन् वर्षमान पुन अनन्त । उनी समग्र प्रदेशकै कार्यक्रममा सहभागी भइरहेका छन् । केही दिन गृहजिल्ला रोल्पाका चुनावी कार्यक्रममा रहेका पुन शुक्रबार र शनिबार दिनभर दाङको चुनावी कार्यक्रममा सहभागी भए । उनले शुक्रबार दाङका १० वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । गृहमन्त्री जनार्दन शर्मा पनि दाङमै गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि जिल्लाका कार्यक्रमहरूमा सहभागी छन् । उनी शनिबार दाङतर्फ लागेका छन् । आइतबार उनी दाङका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । उपेन्द्र यादव संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव केही दिनदेखि मोरङमा सक्रियतापूर्वक चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । विराटनगर महानगरपालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेलमा संघीय समाजवादी फोरमले मेयर पाएको छ । विराटनगरमा कांग्रेस एक्लै र एमाले–लोकतान्त्रिक फोरमको गठबन्धन मैदानमा छ । निर्वाचन अवधिभर यादव मोरङमै रहने उनका सहयोगीले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy