७८ प्रतिशत भ्याट र अन्तःशुल्क केन्द्रलाई, अब के फरक पर्छ ?
आषाढ़ १२ गते, २०७४ सोमवार 26th June, 2017 Mon०७:४१:४४ मा प्रकाशित
काठमाडौं, १२ असार। मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्कबाट उठ्ने राजस्वको ७८ प्रतिशत केन्द्रमै रहने भएको छ । यसरी असुल हुने राजस्वको ७ प्रतिशत प्रदेश र १५ प्रतिशत स्थानीय तहले खर्च गर्न पाउने भएका छन् । स्थानीय तहले पहिलोपटक भ्याट र अन्तःशुल्कको हिस्सा पाउन लागेका हुन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– सरकारले खडा गर्ने ‘संघीय विभाज्य कोष’मा जम्मा हुने त्यस्तो राजस्व रकम तीन तहमा विभाजन हुने सरकारले संसद्मा प्रस्तुत गरेको अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयकमा उल्लेख छ । यो रकमबाट केन्द्र सरकारले पाउने रकम संघीय सञ्चित कोषमा जम्मा गर्नेछ । स्थानीय तह र प्रदेशले भने आ–आफ्ना विभाज्य कोषमा रकम जम्मा गरी उपयोग गर्नेछन् । यस्तो रकम मासिक रूपमा सम्बन्धित तहले पाउने विधेयकमा प्रस्ताव गरिएको छ ।
प्राकृतिक स्रोत उपयोगबाट प्राप्त हुने रोयल्टीको भने ८५ प्रतिशत हिस्सा केन्द्र सरकारले पाउने व्यवस्था गरिएको छ । यस्तो रोयल्टीको १० प्रतिशत प्रदेश र ५ प्रतिशत स्थानीय तहले पाउनेछन् । त्यस्तै पर्वतारोहण, विद्युत्, वन र खानी तथा खनिजको उपयोगबापत प्राप्त हुने रोयल्टीको पनि ८५ प्रतिशत केन्द्रले, १० प्रतिशत प्रदेशले र पाँच प्रतिशत स्थानीय तहले पाउनेछन् ।
सरकारले प्रस्तुत गरेको विधेयकले साबिक स्थानीय निकायले पाएका केही अधिकार भने कटाएको छ । स्थानीय स्वायत्त शासन ऐनमार्फत घरजगग्गा रजिस्ट्रेसन दस्तुरको पाँच प्रतिशतदेखि ९० प्रतिशतसम्म स्थानीयले प्राप्त गर्दथे । प्राकृतिक साधन र स्रोतको रोयल्टी तथा खानीबाट उठेको रकमको ५० प्रतिशत स्थानीय तहले पाउँथे । जलविद्युत् उत्पादन तथा बिक्रीबाट प्राप्त हुने रोयल्टीको पनि ५० प्रतिशत स्थानीय निकायले पाउँथे । वन पैदावरको १० प्रतिशत, पवर्तारोहण रोयल्टीको ३० प्रतिशत स्थानीय निकायमा जान्थ्यो । अहिले यी अधिकार खुम्चिएको छ ।
‘सिंहदरबारको अधिकार गाउँमा गयो भनेका छौँ, अधिकार गएको छ, तर वित्तीय अधिकार तल गएको छैन,’ वित्तीय संघीयता विश्लेषक डा. खिमलाल देवकोटा भन्छन्, ‘स्थानीय स्वायत्त शासन ऐनभन्दा पनि संकुचित खालको व्यवहार भएको छ । काम तल गएपछि बजेट पनि जानुपर्छ ।’ अहिलेको कानुनले स्थानीय तह र संघीयताकै अपमान गरेको उनले बताए । ‘स्थानीय तहलाई कमजोर पार्ने गरी सरकारले सिद्धान्तविपरीतको व्यवस्था गरेको छ,’ उनले भने ।
आफूखुसी ऋण लिन प्रतिबन्ध
विधेयकमार्फत सरकारले वैदेशिक ऋण र अनुदान लिने अधिकार केन्द्रमा मात्रै हुने व्यवस्था गरेको छ । ‘स्थानीय तह र प्रदेशले सञ्चालन गर्ने कार्यक्रम वा आयोजनाका लागि ऋण लिनुपरेमा सम्बन्धित प्रदेश वा स्थानीय तहबाट नै भुक्तानी गर्ने सर्तमा नेपाल सरकारले वैदेशिक ऋण लिई दिन सक्नेछ,’ विधेयकमा उल्लेख गरिएको छ ।
स्थानीय र प्रदेश तहले आन्तरिक ऋण भने लिन सक्ने व्यवस्था गरिएको छ । यद्यपि, यसका लागि उनीहरूले केन्द्रको अनुमति भने लिनुपर्नेछ । तल्ला दुई तहले भने आन्तरिक ऋण लिन केन्द्रसँग सहमति माग गर्दा ऋण लिन खोजिएको आयोजना, त्यसको प्रतिफल, ऋण भुक्तानी योजना र ऋण दिने संस्थाको विवरणसहितको प्रस्ताव पठाउनुपर्नेछ ।
केन्द्रले तल्ला तहलाई ऋण दिन सक्ने
प्रदेश वा स्थानीय तहले कार्यक्रम कार्यान्वयनमा बजेट नपुगे केन्द्र सरकारबाट ऋण लिनसक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । केन्द्र सरकारको तर्फबाट अर्थ मन्त्रालयले सम्बन्धित प्रदेश वा स्थानीय तहसँग सोझै सम्झौता गरी ऋण उपलब्ध गराउनेछ । केन्द्रबाट लिएको ऋण स्थानीय तह वा प्रदेशले समयमै भुक्तानी नगरेमा उनीहरूले वार्षिक बजेटमार्फत पाउने अनुदानबाटै असुल गर्न सकिने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
पुसभित्रै बजेटको खाका केन्द्रलाई बुझाउनुपर्ने
प्रदेश र स्थानीय तहले अर्को आर्थिक वर्षको बजेटको प्रारुप तथ्यांकसहित अघिल्लो वर्षको पुसभित्र केन्द्रसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ । यसमा व्ययको अनुमान, आफ्नो स्रोतबाट संकलन हुन सक्ने अनुमानित राजस्व र राजस्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम त्यसमा उल्लेख हुनुपर्नेछ । यस्तै अनुदानबाट प्राप्त हुन सक्ने अनुमानित रकम र बजेट घाटा पूर्ति गर्न आवस्यक पर्ने अनुमानित रकम स्रोत पनि प्रस्तावमा पठाउनु पर्ने छ ।
स्थानीय तह र प्रदेशले आफ्नो प्रशासनिक खर्च आफ्नै स्रोतबाट बहन गर्नुपर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । ‘प्रदेश र स्थानीय तहले आफूले उठाएको राजस्व र यस ऐन बमाजेजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्यवयको अनुमान पेश गर्नुपर्नेछ,’ विधेयकमा उल्लेख छ । स्थानीय तह र प्रदेश दुवैलाई घाटा बजेट प्रस्तुत गर्ने अधिकार भए पनि प्रशासनिक खर्च व्यहोर्न त्यस्तो बजेट ल्याउन नपाइने व्यवस्था पनि गरिएको छ । कुन राजस्व कसले उठाउनेकेन्द्रलाई कर गैह्रकरभन्सार महसुल राहदानी शुल्कअन्तशुल्क भिषा शुल्कमूलयअभिवृद्धि कर पर्यटन दसतुरसंस्थागत आयकर सेवा शुलक दस्तुरव्यक्तिगत आयकर दूरसञ्चार सेवा दस्तुरपारिश्रमिक कर दस्तुर वन पैदावार शुल्कसामाजिक सुरक्षा कर टेलिफोन सेवा शुल्कस्वास्थ सेवा कर संघीय कानुनअनुसार लगाएने अन्य करपूर्वाधार कर कृषि सुधार शुलक प्रदुशण शुल्क शिक्षा सेवा कर सडक मर्मत तथा सुधार संघीय कानुनअनुसार लगाएने अन्य कर
प्रदेशलाई कर गैह्रकरघरजग्गा रजिष्ट्रेसन शुल्क सेवा शुलक दस्तुरसवारी साधन कर पर्यटन शुल्कमनोरञ्जन कर सडक निर्माण तथा सम्भार दस्तुर टिकट दस्तुर जुवा/चिट्ठा, क्यासिनोमा लथगाइने कर
स्थानीय तहलाई अधिकारकर गैह्रकरसम्पत्ति कर सेवा शुल्क दस्तुतरघर बहाल कर पर्यटन शुलकघर जग्गा रजिष्ट्रेसन शुल्क पार्किङ शुलकसवारी साधन कर बहाल बिटौरी शुल्कभूमी कर (मालपोत) जडिबुटी, कवाडी र जीवजन्तु शुल्कमनोरञ्जन कर इन्जिन जडान नभएका टाँगा, रिक्सा, अटो रिक्सालगायत सवारी साधन, केवल कार तथा बोटमा लाग्ने शुल्कविज्ञापन कर व्यवसाय कर होर्डिङ बोर्ड कर
अब के फरक पर्छ ?
मूल्य अभिवृद्धि कर र अन्तःशुल्क यसअघि स्थानीय तहमा जाँदैनथ्यो, अब जुन स्थानीय तहमा उठ्यो त्यहाँ १५ प्रतिशत स्वतः पुग्ने भएको छ ।
प्राकृतिक साधन र स्रोतको रोयल्टी तथा खानीबाट उठेको रकमको ५०% स्थानीय निकायले पाउँदै आएकोमा अब भने ५% मात्रै पाउनेछन् ।
जलविद्युत् उत्पादन तथा बिक्रीबाट प्राप्त हुने रोयल्टीको पनि ५० प्रतिशत स्थानीय निकायले पाउँदै आएकोमा अब ५ प्रतिशत मात्रै पाउनेछन् ।
घरजग्गा रजिस्ट्रेसन दस्तुरको ५ प्रतिशतदेखि ९०% सम्म स्थानीय निकायले पाउँदै आएकोमा त्यो प्रदेशसँग बाँड्नुपर्ने भएको छ ।
वन पैदावर रोयल्टीको १०% स्थानीय निकायलाई जाने गरेकोमा अब ५% मात्रै जाने भएको छ ।
पर्वतारोहणबाट प्राप्त हुने रोयल्टीको ३०% स्थानीय निकायमा जाने गरेकोमा अब ५% मात्रै जानेछ ।
भन्सार राजस्व भने पहिलेजस्तै केन्द्रमै रहनेछ, बाँडफाँड हुनेछैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: