प्रहरीले उजुरी नलिएपछि विप्लव कार्यकर्ता लगाएर अपहरण
आषाढ़ १२ गते, २०७४ सोमवार 26th June, 2017 Mon०९:२१:१० मा प्रकाशित
काठमाडौं, १२ असार । ठगीसम्बन्धी घटनामा प्रहरीले उजुरी नलिएपछि एक दम्पतीले नेत्रविक्रम चन्द नेतृत्वको केपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता लगाएर अपहरण गरेका छन् । तर, पैसा उठाउन गलत बाटो अपनाउने उनीहरू आफैँ हिरासतमा परेका छन् । कलंकीका मदनकृष्ण महर्जन र अञ्जु देउला महर्जनले पार्टी कार्यकर्ता लगाएर अपहरण गराएका हुन् । विप्लव नेतृत्वको पार्टीका कार्यतासहित शनिबार उनीहरू पक्राउ परेका छन् ।
के भएको थियो ?
अाजको नयाँ पत्रिकामा खबर छ– महर्जन दम्पती आफूहरू ठगिएको भन्दै गत महिना प्रहरी कार्यालय पुगे । सुरुमा कालिमाटी वृत्त गए । वृत्तले उजुरी लिन नमानेपछि उनीहरू टेकुस्थित महानगरीय प्रहरी परिसर पुगे । तर, परिसरका प्रहरीले त्यस्तो लेनदेनसम्बन्धी घटनाको आफूले अनुसन्धान नगर्ने बताए । पसल बिक्री र जडीबुटीको व्यापारको आफूहरूको २० लाखभन्दा धेरै डुबेको भन्दै दुवैले रोइकराई गरे, तर पनि प्रहरीले देवानी प्रकृतिको मुद्दा भएको भन्दै अदालत जान सुझाए ।
उनीहरूले तीन लाख रुपैयाँमा कविता दाहाललाई कालिमाटीको कस्मेटिक पसल बेचे । तर, पैसा आएको थिएन । पैसा माग्ने क्रममा कविता र उनका प्रेमी गोपालबाबु श्रेष्ठले जडीबुटीको व्यवसायमा पैसा लगानी गरे वर्षमा लाखौँ कमाई हुने प्रलोभन दिए । उनीहरूले अरू पैसा महर्जन दम्पतीलाई दिए । आजभन्दा भोलि भन्दै दम्पतीले उनीहरूलाई झुलाइरहे । न त पसलको पैसा पाए न त जडीबुटीको व्यापारका लागि भनेर गरेको लगानी नै फिर्ता आयो । त्यसरी उनीहरूको करिब २० लाख रुपैया“ फसेको थियो ।
गोपालबाबु र कविता नयाँ बसपार्कको तनहुँ, स्याङ्जा, पर्वत होटलमा बस्दै आएका थिए । होटलमा दुईवटा कोठा लिएर उनीहरू रवाफिलो जीवन बा“च्दै आएका थिए । पैसा फिर्ता दिने छनक थिएन । प्रहरीले पनि गुनासो नसुनेपछि उनीहरूको पीडा बढ्दै गयो । चिनजानका राजेश नामक व्यक्तिले नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरूले थर्काए । त्यसपछि उनीहरूले पैसा दिने आश्वासन दिए । सोहीअनुसार राजेशले महर्जन दम्पतीलाई उक्त पार्टीको राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङलाई चिनाए । तामाङले निश्चित पैसा आफूलाई चाहिने र फसेको पैसा उठाइदिने आश्वासन दिए । सोहीअनुसार महर्जन दम्पतीले आफूलाई ठगी गर्ने व्यक्तिहरूलाई देखाउन शनिबार दिउँसो नयाँ बसपार्कको होटलमा लिएर गए । ‘हामी विप्लव माओवादीका मान्छे हौँ, तपाईहरूसँग काम छ, हिँड्नोस्’ भन्दै लिएर गए । उनीहरूले ट्याक्सीमा राखेर गोपालबाबु र कवितालाई शंकरदेव क्याम्पस अगाडि रहेको राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यालयमा राखे । केहीबेर कुरा गरेपछि थप कागजपत्र लिन भन्दै अपहरण गर्नेमध्ये केही व्यक्ति गोपालबाबुलाई लिएर फेरि होटलमा पुगे । उनीहरूले ९३ लाख रुपैया“ लेनदेनको कागज गर्न लागेका थिए ।
प्रहरीको कन्ट्रोलमा विप्लव कार्यकर्ताले होटलबाट एक दम्पतीलाई अपहरण गरेको भन्दै खबर पुगिसकेको थियो । होटलकै सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान सुरु गरिसकेको थियो । एक टोली होटलमै छेउछाउ बस्यो भने अर्काे टोली अपहरणकारीको खोजीमा लाग्यो ।
अपहरण गर्नेहरूले गोपालबाबुलाई लिएर होटलमै गएका थिए । त्यसकारण त्यहाँ बसेको टोलीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिइहाल्यो । त्यसपछि कवितालाई खोज्न प्रहरी बागबजार आयो । प्रहरीले पक्राउ गरेको सूचना कार्यालयमा अर्काे टोलीले पाइसकेको थियो । कवितालाई कार्यालयभित्रै बन्धक बनाएर भाग्न लागेको अवस्थामा अञ्जु भारती र मदनकृष्ण महर्जनलाई पक्राउ गरेको हो । अपहरणका मुख्य नाइके राजमान र राजेश भने भाग्न सफल भएका छन् । अपहरणमा संलग्न नेकपाका नेता दोलखा घर भएका शक्ति विश्वकर्मा, मदनकृष्ण महर्जन, अञ्जु देउला महर्जन र अञ्जु भारतीलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाएको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।
अपहरित पनि थुनामा
अपहृत भनिएका व्यक्तिविरुद्ध पहिले नै प्रहरीमा ठगीको उजुरी परेको थियो । त्यसकारण उनीहरूलाई पनि ठगी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जडीबुटी व्यापारको नाममा उनीहरूले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । कतै न्याय नपाएपछि आफूहरूले उक्त बाटो अपनाउनु परेको उनीहरूले बताएका छन् । तर, पैसा उठाउन गलत बाटो अपनाउँदा उनीहरू झन् पीडामा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: