आषाढ़ १३ गते, २०७४ मगलवार 27th June, 2017 Tue०६:१०:३७ मा प्रकाशित
काठमाडौं, १३ असार। बहराइनका राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरूसहितका पदाधिकारीले घरबिदामा नेपाल गएका घरेलु कामदारलाई फर्कने इजाजत दिन नेपाल सरकारसँग अनुरोध गरेका छन् । बहराइनको राजधानी मन्मास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै उनीहरूले बिनाकारण कामदार रोकिएकोमा असन्तुष्टिसमेत जनाएका छन् ।
आजको कान्तिपुरमा खबर छ– कामदार रोकिनुको कारणबारे राजदरबारलगायत निकायबाट दूतावासमा दिनहुँ औपचारिक र अनौपचारिक सोधपुछ भइरहेको छ । गत चैत २० गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी देशमा दुई देशबीच श्रम सम्झौता नभएसम्म घरेलु कामदार नपठाउन निर्देशन दिएपछि श्रम मन्त्रालयले श्रम स्वीकृतिमा रोक लगाएको छ ।
मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले घरबिदामा फर्केकालाई पुनस् काममा जान अनुमति दिएको छैन ।
‘राजदरबारका सदस्य, प्रतिष्ठित शेखहरू, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरूका घरमा काम गर्दै आएका कामदार नेपालमा रोकिएका छन्,’ बहराइनका लागि कार्यवाहक राजदूत खगराज पाण्डेले कान्तिपुरसँग भने, ‘कतिपय त दूतावासमै आएर हामीसँग जवाफ माग्छन् । रोकिएका कामदार तुरुन्त आउने प्रबन्ध मिलाइदिन अनुरोध गरिरहेका छन् ।’
बहराइनमा रहेका नेपालीको ठूलो हिस्सा राजपरिवार र उनीहरूका सदस्य, महत्त्वपूर्ण सरकारी अधिकारीका घरमा काम गर्छन् । ‘बहराइनमा झन्डै २५ हजार नेपाली रहेकामा करिब १० हजार घरेलु कामदार महत्त्वपूर्ण परिवारका घरमा काम गर्छन्,’ उनले भने, ‘तीमध्ये १५ प्रतिशत महिला छन् ।’ पाण्डेका अनुसार ड्राइभर, क्लिनर, सुरक्षा गार्ड, माली, भान्सेका रूपमा धेरै नेपाली कार्यरत छन् । बिदामा जानुअघि दूतावासले ती कामदारको करारपत्र हेरी पुनस् आउन भन्दै विभागलाई सिफारिस गरेर पठाएको थियो । दूतावासको सिफारिसले काम नगर्ने भन्दै विभागले पन्छाइदिएपछि कामदारले आफ्ना स्पोन्सरलाई खबर गरेर बसेका छन् । ‘मलाई ३ सय डलर तलब दिन्छ । बस्न र खान चिन्ता छैन,’ राजपरिवारको घरमा कार्यरत एक कामदारले कान्तिपुरसँग भने, ‘अहिले बिदा सकेर जान खोज्दा पाइँदैन भन्छन् ।’
बहराइनका अधिकारीले यस विषयलाई गम्भीर रूपमा लिएको बुझेपछि नेपाली दूतावासले यथाशक्य आवश्यक निर्णय लिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । परराष्ट्रले श्रम मन्त्रालयलाई यो विषय टुंग्याउन अनुरोध गरेको छ । ‘बहराइनसँग २००८ मै श्रम सम्झौता भइसकेको हो । घरेलु कामदारको विषय समेट्न श्रम सम्झौतालाई परिमार्जन गर्न दुई वर्षअघि नै दुवै देशका अधिकारी संलग्न टेक्निकल कमिटी बसेर अन्तिम रूप दिने काम भइरहेको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘दुई देशबीच अर्को महत्त्वपूर्ण राजनीतिक परामर्श संयन्त्रसम्बन्धी सम्झौता पनि हस्ताक्षर हुने क्रममा छ । हचुवा निर्णयले श्रम कूटनीतिमा ठूलो अपरिपक्वता देखियो । यसले दुई देशबीचको सम्बन्धमै असर पर्न सक्छ ।’
कार्यवाहक राजदूत पाण्डे दूतावासले जिम्मेवारी लिइसकेपछि श्रमस्वीकृति प्रदान गर्नुपर्ने बताउँछन् । ‘हामीले सबै विषय हेरेर कामदार सुरक्षित हुने भएपछि मात्रै सिफारिस गर्छौं । दूतावासले जिम्मेवारी लिइसकेपछि श्रमस्वीकृति रोक्नुपर्छ जस्तो लाग्दैन,’ उनले भने । श्रम मन्त्रालयले घरेलु कामदारको पुनस् श्रमस्वीकृति रोक्ने कार्य संसदको निर्णय भएको बताउँदै आएको छ । मन्त्रालयले बहराइनको अवस्थाबारे छलफल भइरहेको जनाएको छ । ‘घरेलु कामदार रोक्ने निर्णय श्रमले गरेको होइन । संसदीय समितिको निर्णयलाई हामीले कार्यान्वयन मात्रै गरेका हौं,’ श्रम प्रवक्ता गोविन्दमणि भुर्तेलले भने, ‘अहिले बिदामा फर्केका कामदार जान नपाएको प्रति धेरैको गुनासो पनि छ । यसलाई तत्काल टुंग्याउन हामीले श्रम सम्झौता मस्यौदाको प्रक्रिया अगाडि बढाएका छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: