आषाढ़ १४ गते, २०७४ बुधवार 28th June, 2017 Wed०६:१०:०१ मा प्रकाशित
काठमाडौं, १४ असार । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ । सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ ।
आजको कान्तिपुरमा खबर छ– निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको सबै तयारी भइसकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदानमा सरिक हुन सबै मतदातालाई आग्रह गरेका छन् । यादवले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको बताए । कहींकतै जनताको मताधिकार कुण्ठित बनाउने प्रयास भए सुरक्षाकर्मीले समयमै त्यस्ता प्रयासलाई विफल पार्ने उनले बताए ।
‘ढुक्क भएर मतदान प्रक्रियामा सहभागी भई आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न आम मतदातालाई आयोगको आग्रह छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई थाहा छ, वर्षायाम सुरु भइसकेको छ । मतदाताहरू वर्ष दिन पुग्ने बाली लगाउने तयारीमा हुनुहुन्छ । असार १४ गतेलाई आफ्नो स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गर्ने महान् पर्वका रूपमा मनाउँदै भोलिपल्ट रोपाइँ पर्व मनाउनुहोस् ।’
दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।
नगरपालिकाका प्रमुखरउपप्रमुख, गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष तथा वडामा एक वडाध्यक्ष र चार वडा सदस्यसहित प्रत्येक स्थानीय तहमा एक मतदाताले ७ पदमा मतदान गर्नेछन् । दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रत्येक वडामा ४ सदस्यमध्ये एकजना दलित महिलासहित २ सदस्य महिलाका लागि आरक्षित छ । प्रमुखरउपप्रमुख वा अध्यक्षरउपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने राजनीतिक दलले तीमध्ये एक पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधानले महिला प्रतिस्पर्धीको संख्या उल्लेख्य छ । पहिलो चरणमा निर्वाचित १३ हजार ४ सयमध्ये ४० प्रतिशत महिला छन् । नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष पदमा करिब ९० प्रतिशत महिला निर्वाचित भइसकेका छन् ।
पाँच वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय निर्वाचन वि।सं। २०५४ सालको जेठयता भएको थिएन । ०५९ असारमा निर्वाचित जनप्रतिनिधिहरूको अवधि सकिएयता स्थानीय निकाय कर्मचारीको भरमा थियो । यतिबेला भौगोलिक पुनस्संरचनापछिको अधिकारसम्पन्न स्थानीय तहको निर्वाचन भइरहेको हो । साविकका २ सय १७ नगरपालिका (महानगर/उपमहानगरसहित) र ३ हजार १ सय ५७ गाविसहरू संविधानअनुसार पुन: संरचना गरिएपछि ७ सय ४४ स्थानीय तहमा परिणत भएका छन् ।
मतदाता परिचयपत्र नभए वैकल्पिक व्यवस्था
आयोगले मतदानका लागि बिहान ७ बजेदेखि अपराहन ५ बजेसम्मको समय तोकेको छ । उक्त अवधिमा मतदान केन्द्रमा प्रवेश गरेकाले मात्रै मतदान गर्न पाउने प्रमुख आयुक्त यादवले बताए । मत खसाल्न आयोगले मतदाता परिचयपत्र अनिवार्य गरेको छ । मतदान केन्द्रहरूबाट परिचयपत्र वितरण गरिएको छ । कारणवशस् कुनै मतदाताले परिचयपत्र प्राप्त गर्न नसकेमा निजको मताधिकार सुनिश्चित गरिएको उनले बताए । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयत्र नभएका व्यक्तिले पुरानो मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी पुर्जा वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा समेत मतदान गर्न पाउने आयोगले जनाएको छ । यस्तो सुविधा पहिलो चरणको निर्वाचनमा पनि दिइएको थियो ।
दोस्रो चरणको निर्वाचनमा ४८ संस्थाका ६ हजार ७ सय ३३ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले ३५ जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता परिचालन गरेको जनाएको छ । नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरूलाई धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेलधुरामा अवलोकन भ्रमणको अनुमति दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: