Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

१२ वर्षदेखि ओडारमा

\"\"काठमाडौं, १५ असार । हुम्लाको सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ माइती भएकी ७० वर्षीया गोला शाही कुष्ठरोग लागेकै कारण १२ वर्षदेखि ओडारमा बस्न बाध्य छिन् । बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी शाही श्रीमानको मृत्युपछि माइतीको सहाराको आस गरेर हुम्लामा आएकी थिइन् । तर रोग लागेका कारण माइतीले सहयोगको साटो घृणा ग¥यो । ‘परिवारका अन्य सदस्यलाई रोग सर्ने भन्दै माइतीले गाउँलेको सहारामा घरबाट निकालिदिए,’ भक्कानिँदै आँखाभरि आँसु पारी उनले दुखेसो पोखिन् । पहिला माइतीमा हुँदा आफूलाई यस्तो रोग नभए पनि श्रीमानबाट कुष्ठरोग सरेको उनले बताइन् । अाजको राजधानी दैनिकमा खबर छ– श्रीमानको मृत्युपछि बेसहारा भएर माइती घरमा आए पनि माइतीको सहयोगभन्दा पनि पीडा सहनुपरेको ७० वर्षीया गोला शाहीको दुखेसो छ । २०४८ सालदेखि कृष्ठरोगले च्यापेपछि उपचारका लागि सबै ठाउँमा चहारेकी शाही सन्चो नभएपछि अहिले खंगालगाउँको लामा खोल्सीको जंगलमा रहेको ओडारमै बस्दै आएकी छन् । ‘अहिले मेरा हातका औंला छैनन्,’ हात देखाउँदै उनले भनिन्, ‘औंला गुमाउँदा अप्ठ्यारो महसुस भए पनि अहिले बानी परिसकेको छ ।’ कसैले वास्ता नगरेको र आफूलाई घृणा गरेकोमा उनको गुनासो छ । ‘कसैले वास्ता गर्दैनन्, घरछेउमा जानेबित्तिकै कोढिनी आई भन्दै जिस्काउँछन् र हप्काउँदै लखेट्छन्,’ उनले आँसु झार्दै भनिन्, ‘केही खानेकुरा दिँदा पनि टाढाबाटै फाल्ने गर्दा साह्रै दुःख लाग्छ ।’ माइतीको घर लगाउँदा आफूले निकै काम गरे पनि अहिले आफू बेसहारा हुँदा वास्ता नगरेकोमा उनको चित्त दुखेको छ । ओडारमा बसेकी शाहीलाई न खानेकुरा छ न त सुत्ने कपडा छ । गाउँगाउँमा गएर माग्न नसके भोकै बस्नुपर्छ । खोलानजिक ओडारमा एक्लै बस्नुपर्दा शाहीलाई डर लाग्छ । आफू सानै हुँदा फुपूलाई बिराम लागेको र उपचारका लागि बुबाले सहर लगे तापनि सन्चो नभएपछि अरूलाई सर्ने डरले ओडारमा बसाएकोे शाहीका भदा ज्ञानेन्द्र शाहीले बताए । समुदायका अन्य मानिसले पनि आफ्नो घरपरिवारलाई नराम्रो दृष्टिले हेर्ने र एक्ल्याउन थालेपछि बाध्य भएर फुपूलाई ओडारमा राखेको उनको भनाइ छ । ओडारमा राखे पनि खान अपुग भएको खण्डमा आफूले पटकपटक ओडारमै पु¥याउने गरेको शाहीकी भाउजू जुलाफीले दाबी गरिन् । सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आएको छ । तर यी वृद्धाले १२ वर्षदेखि घरबाट विस्थापित हुनुपरेको छ भने उपचार अभावमा पीडा सहनुपरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy