Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

अातंककारीको सम्भावित अागमन रोक्न गृहमन्त्रीको यस्तो योजना

\"\"काठमाडौं, १५ असार । गृहमन्त्री जनार्दन शर्माले आतंककारीको सम्भावित आगमन रोक्न त्रिभुवन विमानस्थलसहित सबै अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको अमेरिकी सफ्टवेयर तत्काल लागू गर्ने आफ्नो मार्गचित्रमा उल्लेख गरेका छन् । गृहमन्त्री शर्माले मंगलबार गृह प्रशासन सुधार मार्गचित्र ०७४ सार्वजनिक गर्दै अध्यागमनमा भएको विद्यमान इमी सफ्टवेरलाई प्रतिस्थापन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसहित नौवटै अध्यागमन नाकामा बोर्डर कन्ट्रोल सिस्टमसहितको सफ्टवेयर प्रणाली लागू गर्ने उल्लेख छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– ‘अमेरिकी सफ्टवेयर लागू गर्ने भनिए पनि अध्यागमनका संवेदनशील डाटा (तथ्यांक) कसरी सुरक्षित गर्ने भन्ने विषय विवादित नै छ, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘सफ्टवेयर लागू गर्नुअघि अमेरिकासँग के-कस्तो सूचना आदानप्रदान हुने हो, त्यसमा दुवै पक्ष स्पष्ट हुनुपर्छ । सफ्टवेयर लागू भएपछि विवादित नबनोस् भन्ने हाम्रो चाहना हो ।\' आतंककारीको आगमन रोक्न ‘पाइसेज\' सफ्टवेयर लागू गर्ने अन्तिम तयारी भए पनि अध्यागमनमा सुरक्षासँग जोडिएका संवेदनशील तथ्यांक कसरी सुरक्षित गर्ने भन्ने विषयमा अध्यागमन र गृह मन्त्रालयले केही भनेका छैनन् । अघिल्लो सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि पनि ‘पाइसेज\' लागू हुने विषय गोप्य राख्यो । अमेरिकाले पहिलो चरणमा विमानस्थल अध्यागमनमा उक्त सफ्टवेयर लागू गर्न चाहेको र विस्तारै अन्य नाकामा समेत राख्दै जाने गृह स्रोतले बताएको छ । अमेरिकाले ‘पाइसेज\' सफल सफ्टवेयर भनेर दाबी गरे पनि कतिपय मुलुकले प्रभावकारी नभएको भन्दै हटाइसकेका छन् । सफ्टवेयर राखेपछि अमेरिकाले सबै डाटामा पहुँच खोजे पनि गृह मन्त्रालयले शंकास्पद व्यक्तिको मात्र सूचना आदानप्रदान गर्न सकिने जवाफ दिएको स्रोतले जनाएको छ । अध्यागमनमा ‘पाइसेज\' सफ्टवेयर राखेपछि अमेरिकासँग सूचना आदानप्रदान र सहकार्य हुनेछ । अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न ‘पाइसेज\' प्रणाली लागू गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy