Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

अब एउटा प्रदेशमा मात्र निर्वाचन बाँकी

\"\"काठमाडौं, १५ असार । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार ७०.५ प्रतिशत मतदान भएको छ । आयोगले यो आँकडा अझ बढ्न सक्ने बताएको छ । आयोगले दिएको जानकारीअनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६६ प्रतिशत मतदान भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ७६ प्रतिशत मत खसेको थियो । त्यतिवेला २८३ स्थानीय तहमा निर्वाचन भएको थियो । बुधबार एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हँुदै छन् । पहिलो चरणका २८३ स्थानीय तहबाट १५ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वाचित भएका थिए । तेस्रो चरणको निर्वाचन १२७ स्थानीय तहमा २ असोजमा हँुदै छ । प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन हुन बाँकी छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ३५ जिल्लाका ३३४ स्थानीय तहका ८३६३ मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको जानकारी दिए । बझाङको एउटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ । स्थगित केन्द्रको मतदान स्थानीय निर्वाचन अधिकृतले स्थानीय दलहरूसँग समन्वय गरी निर्वाचन मिति र समय निर्धारण गर्ने उनले बताए । असन्तुष्टिका कारण स्थानीयले नवलपरासी र सोलुखुम्बुको एक–एक स्थानीय तहका एक–एक वडामा मतदान बहिष्कार गरेका छन् । मतदानमा अवरोध सिर्जना गर्न खोज्नेलाई नियन्त्रणमा लिई निर्वाचन कार्यलाई सफल बनाउनमा सुरक्षाकर्र्मीले देखाएको तदारुकतालाई आयोगले धन्यवाद दिएको छ । बुधबारबाटै मतगणना सुरु मतदान कार्य सम्पन्न भएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने काम भइरहेको छ । आयोगका अनुसार मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले मतगणना गर्ने विषयमा राजनीतिक दलहरूसँग समन्वय गरी मतगणनाको मिति र समय तोकी मतगणना बुधबार रातिबाटै सुरु गर्नेछन् । उत्तेजनामा नआउन आग्रह प्रमुख निर्वाचन आयुक्त यादवले मतदाताले जनादेश मतपेटिकामा जम्मा भइसकेकाले राजनीतिक दलहरूलाई संयमित हुन र उत्तेजित नहुन आग्रह गरेका छन् । ‘निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न र मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आयोग अपिल गर्दछ,’ यादवले भने । छिटो मतगणना गर्नूः आयोग निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई एक साताभित्र मतगणना सक्ने गरी मतगणकको समूह बनाउन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणमा भएको ढिलाइबाट पाठ सिकेर सुरुमै मतगणकहरूको समूह धेरै बनाउन निर्देशन दिइएको हो । ‘मतपत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या धेरै राख्नेदेखि अन्य सुरक्षाका विधि अपनाउन निर्वाचन अधिकृतलाई भनिसकिएको छ,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने । अवलोकनमा जापान र स्विस मात्रै निर्वाचन आयोगका अनुसार जापान र स्विसको पाँचजनाको टोलीले मोरङका स्थानीय तहमा अवलोकन भ्रमण गरेको छ । उक्त टोलीले १६ मतदान केन्द्रमा अवलोकन गरेको आयोगका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । उनका अनुसार मोरङ र कैलालीमा अवलोकन गर्ने भनिए पनि मोरङमा मात्रै अवलोकन गरेका हुन् । आयोगले धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेल्धुरा गरी आठ जिल्लाका स्थानीय तहका मतदान केन्द्रमा मात्रै कूटनीतिक नियोगका सदस्यलाई अवलोकन गर्ने व्यवस्था मिलाएको थियो । भोजपुरका तीन स्थानीय तहमा मतगणना मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठका अनुसार हतुवागढी गाउँपालिका, ट्याम्केमैंयु गाउँपालिका र रामप्रसाद राई गाउँपाालिकामा बुधबार रातिबाट मतगणना सुरु भएको छ । भोजपुर र षडानन्द नगरपालिकाको भने मतपेटिका आइपुगेको छैन । सोलुको सोताङमा सुरु सोलुखुम्बुका सोताङ गाउँपालिकामा बुुधबारै मतगणना सुरु भएको छ । सोलु सदरमुकाम सोलु दूधकुण्ड नगरपालिकाका मतपेटिका आइनपुगेको पूर्वसभासद् आङदावा शेर्पाले जानकारी दिइन् । अन्य स्थानीय तहको मतगणना बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । खोटाङमा समस्या मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यका अनुसार खोटाङको रूपाकोटमझुवागढी नगरपालिका, ऐसुलर्खक गााउँपालिका, केपिलासगढी गाउँपालिका र लामिडाँडा गाउँपालिकामा मात्रै सम्पर्क भएको छ । रूपाकोटमझुवागढीका १८ वटा मतपेटिका आइपुगेको छैन । मुख्य निर्वाचन अधिकृत आचार्यका अनुसार साकेला, जन्तेढुंगा, खोटेहाङ, बराहपोखरी र दिप्रङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा अहिलेसम्म सम्पर्क हुन सकेको छैन । साकेला गाउँपालिकाको बाँझे च्यानडाँडाबाट पैदल चार घन्टा हिँडेर मतपेटिका संकलन गर्नुपर्ने भएकाले समस्या भएको आचार्यले बताए । उनका अनुसार रूपाकोटमझुवागढी नगरपालिकामा बिहीबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु हुनेछ । दिप्रुङ गाउँपालिकामा बुधबार नै मतगणना सुरु भएको छ । सोचेभन्दा सुरक्षा सबलः गृह मन्त्रालय गृह मन्त्रालयले बुधबार सम्पन्न स्थानीय तहको निर्वाचन सुरक्षाको दृष्टिले आँकलन गरेभन्दा शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ । सामान्य झै–झगडाबाहेक कुनै पनि ठूला घटना नभएको मन्त्रालयले जनाएको छ । ‘३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन केही छिटपुटबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy