Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोल ‘रेड कर्नर’मा

\"\"काठमाडौं, १६ असार । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस जारी गरेको छ । भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो । उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए । अपहरण गराएर फिरौती लिएपछि घटना लुकाउन उनले प्रेमिकाकै हत्या गरी बोरामा राखेर फालेका थिए । अाजको नयाँ पत्रिकामा खबर छ– घटनाको भोलिपल्टै भारत भागेका उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले इन्टरपोलसमक्ष ‘रेड कर्नर’ नोटिसका लागि गत साता आग्रह गरेको थियो । सोही आग्रहअनुसार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो । अब जुनसुकै देशमा लुकेको भए पनि उनी पक्राउ पर्नेछन् । प्रहरी स्रोतका अनुसार उनी भारतबाट अर्काे देश गइसकेका छन् । ‘रेड कर्नर’ नोटिस जारी भएपछि सम्बन्धित देशको प्रहरीले उनलाई पक्राउ गरी नेपालमा ‘निष्कासन’ गर्नेछ । यसरी भएको थियो अपहरण र हत्या मख्खनगल्लीस्थित न्यू डालिज सारी र सारी संसार नामक पसल चलाउने अग्रवालकै पसलमा काम गर्थिन् राधिका । उनी सुन्दर थिइन् । उनको सुन्दरताबाट ६२ वर्षीय अग्रवाल पनि प्रभावित थिए । त्यो कुरा लामिछानेलाई थाहा थियो । अग्रवालको त्यही कमजोरीको फाइदा उठाउँदै प्रेमिकालाई प्रयोग गरी अपहरण गर्ने योजना उनले बताएका थिए । योजनाअनुसार गत ५ फागुन दिउँसो करिब १ बजे राधिकाले अग्रवाललाई फोन गर्दै भेट्न बोलाइन् । त्यो दिन उनले पसलबाट बिदा लिएकी थिइन् । अग्रवाल सुन्धारास्थित सनराइज गेस्ट हाउसको ४०४ नम्बर कोठामा पुगे । राधिकाले उनलाई बियर पिउने प्रस्ताव गरिन् । उनले बियर पिउने इच्छा देखाएनन् । त्यही बीचमा तीनजना युवा कोठामा प्रवेश गरेर अग्रवालको मुख थुने । हातखुट्टा बाँधे । ‘हामी सिआईबीबाट आएका प्रहरी हौं, गेस्ट हाउसमा आएर यस्तो गतिविधि गर्ने’ भन्दै धम्काए । हुन्डीको समेत कारोबार गर्ने सूचना पाएको भन्दै जेल हाल्ने धम्की दिए । जेल जानबाट जोगाउने भन्दै उनीहरूले पैसाको डिल सुरु गरे । आफ्नो बेइज्जत हुने डरले अग्रवाल तत्काल पैसा दिन तयार भए । तर, उनले ७० हजार रुपैयाँ मात्र बोकेर गएका थिए । उक्त समूहले आफ्नै एक ‘महिला प्रहरी’ लाई थप पैसा लिन पसलमा पठाउने बताए । उनै राधिका पसलमा गइन् । त्यहाँ पुगेर अग्रवाललाई फोन गरिन् ‘सर के के ल्याउनु भन्नु भएको हो ?’ पसलमा रहेका व्यक्तिलाई सामान्य आर्थिक कारोबारको भान दिन उनले त्यसरी फोन गरेकी थिइन् । पसलको काउन्टरमा रहेका व्यक्तिलाई अग्रवालले दुई लाख नगद र आठ लाखको चेक दिन निर्देशन दिए । सोहीअनुसार राधिका चेक बोेकेर आइन् । तर, आफ्नै नाममा चेक लिँदा पछि फसिने भएकाले पसल नजिकै बस्ने ओमप्रकाश देवलाई त्यसका लागि फकाइन् । उनले आफ्ना साथी छोटु यादवलाई लिएर आए । उनीहरू दुवै न्युरोडमै रहेको एस डेभलपमेन्ट बैंकको शाखामा गए । देव भारतीय नागरिक भएकाले उनको परिचय पत्र बैंकले नमानेपछि यादवको परिचयपत्रको प्रतिलिपि लिएर उनीहरूले आठ लाखको चेक साटे । युवती पैसा लिन बैंकमै पुगेकी थिइन् । पैसा लिएपछि गेस्ट हाउसमा रहेका युवकहरूले अग्रवालको मुखमा पट्टी लगाई हातखुट्टा बाँधेर बाहिरबाट चुक्कुल लगाई भागेका थिए । अग्रवालका छोरा आफ्नो बाबु बेपत्ता भएको भन्दै प्रहरीमा उजु्री लिएर गए । अनुसन्धान सुरु गरेको केही बेरमै अग्रवाल सनराइज गेस्ट हाउसमा भेटिएको भन्दै प्रहरीले खबर पाएको थियो । होटलको कोठाभित्र कसैले लगातार ढकढक गरेपछि होटलमा बसेका व्यक्तिले होटलका कर्मचारीलाई खबर ढोका खोलेका थिए । घरभित्रै प्रेमिकाको हत्या हत्यापछि किशोर गिरी र सरोज घोरासैने दुई÷दुई लाख रुपैया“ लिएर ट्याक्सी चढी भक्तपुर गए । प्रकाश र राधिका अर्काे ट्याक्सी चढेर बागेश्वरीस्थित प्रकाशको घरमा पुगे । उक्त घर खाली थियो । बेलुका चारैजना सोही घरमा जम्मा भएका थिए । पैसा हात पारे पनि प्रकाशमा पक्राउ पर्ने त्रास कायमै थियो । अग्रवालकै पसलमा काम गर्ने भएकाले सुुरुमा राधिकामाथि नै प्रहरीले अनुसन्धान हुने र त्यसपछि आफू पनि फस्ने डर उनमा थियो । त्यही डरले उनले पैसाका लागि प्रेमिकाकै हत्या गरे आफूहरू जोगिने आंकलन गरे । प्रेमिकालाई हत्या गरे प्रहरीले घटनामा आफ्नो संलग्नता थाहा नपाउने उनको योजना थियो । सोहीअनुसार राधिकाको हातखुट्टा बाँधी मुखमा पट्टी लगाएपछि सलले घा“टी कसेर हत्या गरेका थिए । शवलाई बोरामा प्याक गरी घरबाट करिब तीन सय मिटर टाढा रहेको मुहानपोखरीमा उनलाई गाडिएको थियो । महिना दिनपछि खुलेको थियो रहस्य अपहरणमा संलग्न भएकाले राधिका फरार भएको प्रहरी अनुमान थियो । तर, अपहरणको १५ दिनपछि युवतीको शव भेटिएपछि अनुसन्धानले नयाँ मोड लियो । हत्यापछि पक्राउ पर्ने डरले प्रकाश र किशोर भारतमा गएका थिए भने सरोज भने काठमाडौंमै बस्दै आएका थिए । किशोर भारतबाट भर्खदा भर्खदै ९ चैतमा विमानस्थलबाट पक्राउ परेका हुन् । सरोज मुख्य अभियुक्त प्रकाशकै मामाका छोरा हुन् । उनी प्रकाशकै परिवारसँग बस्दै आएका थिए । तिवारीलाई नेपाल ल्याउन डिफ्युजन नोटिस जापान पठाउने भन्दै दर्जनौं व्यक्तिलाई ठगी गरेका गोविन्द तिवारीलाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । तिवारी जापानमा पक्राउ परिसकेका छन् । उनलाई नेपाल ल्याउन डिफ्युजन नोटिस जारी गरेको हो । उनले फेसबुकमार्फत चिनजान गरी ठगी गरेका हुन् । आफ्नो परिचय क्रिस त्रिपाठी भएको भन्दै चिनजान गरी जापानमा रोजगारीका लागि पठाइदिने भन्दै उनले ठगी गरेका थिए । जापानस्थित नेपाली दूतावासको पहलमा उनी पक्राउ परेका हुन् । नेपालमा निष्कासन गर्न उनीविरुद्धको प्रमाण चाहिने भएकाले नेपाल प्रहरीले इन्टरपोललाई आग्रह गरी डिफ्युजन नोटिस जारी गरेको हो । अदालतले पक्राउ पुर्जी जारी नगरेको अवस्थामा डिफ्युजन नोटिस जारी गरेको हो । तिवारीविरुद्ध २३ जना पीडितले महानगरीय अपराध महाशाखामा उजुरी दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy