अपहरणमा परेको तेस्रो दिनमै व्यवसायी श्रेष्ठको हत्या, कसले गर्यो अपहरण ?
आषाढ़ १७ गते, २०७४ शनिवार 1st July, 2017 Sat०६:५३:५४ मा प्रकाशित
काठमाडौं, १७ असार। अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । हत्याका अभियुक्तले दिएको सूचनाका आधारमा २१ दिनपछि शुक्रबार मात्र श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे रेन्जको जंगलमा फेला परेको थियो । प्रहरीले अभियुक्त पक्राउ परेको केही दिनअघिसम्म पनि श्रेष्ठको खोजीकार्य जारी रहेको बताउँदै आएको थियो ।
अाजको नयाँ पत्रिकामा खबर छ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो । शुक्रबार हेलिकोप्टरमार्फत श्रेष्ठको शव सल्यानबाट दाङ ल्याइएको थियो ।
१७ वर्षीया छोरीलाई प्रयोग गरी अपहरण
व्यवसायी श्रेष्ठलाई अपहरण गर्न तुल्सीपुर–६ बस्ने ४० वर्षीय टीकाराम घर्तीले आफ्नै १७ वर्षीया छोरी पूजा घर्तीलाई प्रयोग गरेको खुल्न आएको छ । पूजाले नै श्रेष्ठलाई फोन गरी सल्यानसम्म लगेको खुल्न आएको छ । तुल्सीपुरबाट दुवैजना श्रेष्ठकै बा.११च १०७१ नम्बरको कारमा सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलासम्म पुगेका थिए । त्यसपछि अपहरणमा संलग्न व्यक्तिहरूले कार तोडफोड गरी श्रेष्ठलाई पैदल हिँडाएको प्रहरीले जनाएको छ ।
अपहरणपछि श्रेष्ठलाई लगातार तीन दिन हिँडाएर सल्यान पुर्याइएको थियो । ‘लगातार हिँडाएपछि मोटो शरीर र डाइबिटिजका बिरामी श्रेष्ठ ढले, उनलाई खानासमेत दिइएन,’ दाङ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले भने, ‘अपहरणकारीले श्रेष्ठको उपचार गराउन सक्ने अवस्था देखेनन्, बोकेर लैजान पनि नसक्ने र ढिला हुँदा सूचना लिक हुने डरले हत्या गरिएको खुल्न आएको छ ।’ श्रेष्ठको कार पुग्नुअगावै भारतीय नम्बर प्लेटको कारमा रहेका रणबहादुर घर्ती सो स्थानमा पुगेको र अपहरणकारीले भारतीय नागरिकलाई छाडेर घर्तीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । घर्ती फरार रहनुले उनीप्रति आशंका गर्न सक्ने ठाउँ रहेको प्रहरीले बताएको छ ।
कसले गर्यो अपहरण ?
अपहरण र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जंकोट–१ घर भई घोराही–४ बस्ने मनबहादुर पुन, तुल्सीपुर–६ बस्ने रुगत थापामगर, तुल्सीपुर–१२ का अविरल महतरा र घोराही–१४ नयाँ बजारकी जमा पुन छन् । यसैगरी, सल्यान झिम्पे–४ का मानबहादुर भण्डारी, तुल्सीपुर–६ की पूजा घर्तीमगर र उनका बाबु टीकाराम घर्ती भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका र फरार रहेकामध्ये केही जेल बसेको र आपराधिक पृष्ठभूमि भएको प्रहरी प्रमुख सिंहले बताए ।
पैसाकै लागि हत्या
व्यवसायी श्रेष्ठको हत्या पैसाकै लागि भएको निष्कर्ष प्रहरीले निकालेको छ । तुल्सीपुरका प्रतिष्ठित व्यवसायीका रूपमा परिचित श्रेष्ठबाट मोटो रकम असुल्ने उद्देश्यले अपहरण गरिएको हुन सक्ने प्रहरी प्रमुख सिंहले बताए । हत्या गरिएपछि पनि अपहरणकारीले श्रेष्ठको परिवारसँग फोन गरेर तीन करोड रुपैयाँ फिरौती माग गरेका थिए । गत असोजमा तुल्सीपुर बसपार्कबाट श्रेष्ठको ३० लाख रुपैयाँ भारु लुटिएको थियो । श्रेष्ठले ठूलो आर्थिक कारोबार गर्दै आएकाले पैसाकै लागि उनको अपहरण गरिएको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: