Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

मतगणना सुस्त : यही गतिमा महानगरको परिणाम अाउन २१ दिन लाग्ने

\"\"काठमाडौं, १८ असारतीन दिनमा विराटनगरको चार हजार मत मात्रै गनियो अहिलेकै गतिमा मतगणना जारी रहे विराटनगर महानगरपालिकाको अन्तिम परिणामका लागि कम्तीमा ५ सय ४ घन्टा अर्थात् तीन साता प्रतीक्षा गर्नुपर्ने देखिन्छ । ८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा सात केन्द्र बनाएर मतगणना गरिँदै छ । अाजको नयाँ पत्रिकामा खबर छ– गत बिहीबार साढे ४ बजेबाट सुरु भएको मतगणनामा शनिबार साढे ४ बजेसम्म करिब आठ हजार मत मात्रै गणना भएका छन् । यही रफ्तारमा पूरै मतगणना सकिन २१ दिन कुर्नुपर्नेछ । विराटनगर उपमहानगरमा १९ वडा छन् । एउटा वडाको मत गन्न कम्तीमा पाँच दिन लाग्ने देखिएको छ । मुख्य निर्वाचन कार्यालयले मतगणना छिटो सक्न गणना केन्द्र बढाउने प्रयास गरेको छ । तर, कर्मचारी अभाव भएकाले गणना केन्द्र थपिन सकेका छैनन् । निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लाका सबै तहको मतगणना गर्न ८५ टिममा तीन सय गणक तीन सिफ्टमा खटिएका छन् । क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले मतगणना छिटो गर्न कर्मचारीको संख्या बढाइने बताए । मोरङका आठ नगरपालिका र आठ गाउँपालिकामा पनि मतगणना सुस्त रहेको छ । मतपत्र धरै ठूलो र चिह्न धेरै भएकाले गणनामा समय धेरै लाग्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनामा धेरै समय लागेपछि मतदाता पनि निराश हुन थालेका छन् । उपमहानगरमा उस्तै ताल धरान : धरान उपमहानगरमा मतगणनाको चौथो दिनससम्म तीनवटा वडाको मात्रै नतिजा आएको छ । ५३ हजार ७६९ मत खसेकोमा चार दिनमा करिब सात हजार मत मात्रै गणना भएको छ । यही गतिमा गणना हुँदा अन्तिम नतिजा आउन अझै कम्तीमा २५ दिन लाग्नेछ । प्रमुख निर्वाचन अधिकृत जयप्रसाद महतले गणनाको रफ्तार बढाउन एउटा समूहबाट सुरु गरिएको गणना चारवटा समूहमा पुर्याइएको बताए । बुटवल : बुटवल उपमहानगरको अन्तिम परिणाम आउन पनि कम्तीमा सात–आठ दिन लाग्ने देखिन्छ । १५ असार बिहानबाट सुरु भएको मतगणनामा शनिबार साँझसम्म १४ हजार मत मात्रै गनिएका छन् । औसतमा दैनिक चारदेखि पाँच हजार मतगणना भएको छ । बुटवलमा ४९ हजार ८९५ मत खसेको थियो । निर्वाचन अधिकृत भरतमणि पाण्डेले एक साताभित्रै मतगणना सक्ने गरी काम अगाडि बढाइएको बताए । नेपालगन्ज : नेपालगन्ज उपमहानगरको मतगणना सक्न अझै कम्तीमा चार दिन लाग्ने भएको छ । मतगणनाको तीन दिनसम्म करिब १६ हजार मत मात्र गणना भएको छ । ६२ हजार ३९६ मतदातामध्ये ४८ हजार ६७८ ले यहाँ मतदान गरेका थिए । ‘मतगणना छिटो सक्न अहिले गणकको संख्या र ठाउँ पनि थपिएको छ,’ प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले भने । धनगढी : धनगढी उपमहानगरमा दुई दिनमा नौ हजार मतगणना भएको छ । १५ असारको बिहान सवा ९ बजेदेखि मतगणना सुरु भएको थियो । ५४ हजार तीन सय ६९ मत खसेको धनगढीमा औसतमा दैनिक ३६ सय मत गणना भइरहेको छ । अहिलेकै रफ्तारमा मतगणना हुँदा अझै कम्तीमा १५ दिनपछि मात्रै परिणाम आउने देखिन्छ । दाङ : घोराही र तुल्सीपुर उपमहानगरको परिणाम आउन अझै एक साता लाग्ने भएको छ । दुई स्थानमा समूह थपेर परिणाम सक्दो चाँडो ल्याउने प्रयास गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ५८ हजार ५३९ मत खसेको घोराही उपमहानगरमा तीन दिनमा आधा मत गनिसकिएको छ । तुल्सीपुर उपमहानगरमा भने घोराहीभन्दा मतगणना कार्य ढिलो गतिमा भइरहेको छ । ‘पाँच स्थानमा मात्र गणना गरिरहेकाले तुल्सीपुरमा ढिलाइ भएको हो,’ मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले भने । विराटनगर र धनगढीबाहेकमा एक सातामै परिणाम आउँछ सूर्यप्रसाद शर्मा प्रवक्ता, निर्वाचन आयोग हामीले पहिल्यै जिल्ला मुख्य निर्वाचन अधिकृतलाई धेरै टोली बनाएर छिटो मत गन्न निर्देशन दिइसकेका छौँ । मतगणना गर्ने स्थानको ‘स्पेस’का आधारमा उहाँहरूले त्यो काम गरिरहनुभएकै छ । निर्देशनअनुसार काम हुन सक्यो भने विराटनगर महानगर र धनगढीबाहेकका नगरपालिकामा एक साताभित्रै सबै ठाउँको अन्तिम परिणाम पनि आउनेछ । पहिलो चरणमा परिचालित कर्मचारी खटिएको भए सजिलो हुन्थ्यो, तर अभ्यस्त हुन पनि समय लाग्ने भएकाले पनि केही ढिलो हुनु स्वाभाविक हो । तर, पहिलो चरणको तुलनामा गति छिटो नै छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy