Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय बाँधले सप्तरीमा डुबान

\"\"काठमाडौं, १९ असार । भारतले सीमावर्ती भूभागमा जबर्जस्ती बाँध बाँधेर नदीको मुहान थुनेका कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। शनिबार बिहान सप्तरीको खाँडोलगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबायो। सो क्षेत्रमा थप बाढीको त्रास कायमै छ। अाजको नागरिक दैनिकमा खबर छ– दक्षिणी भेगका सकरपुरा, तिलाठी, बेल्ही, रम्पुरामल्हनियाँसहितका गाउँमा अझै पनि करिब ४ सयभन्दा बढी घर बाढीको प्रभावमा छन्। पानीको निकास नभएपछि सर्वसाधारण थप पीडित बनेका छन्। मनसुन सुरु भएपछिको पहिलो बाढीमै यस्तो अवस्था आएका कारण नदी किनारका बासिन्दामा बाढीको त्रास बढेको तिलाठीका पूर्व गाविस अध्यक्ष दिनेश्वर मिश्रले बताए। भारतीयले झन्डै दुई दशकदेखि आफ्नो भागमा बाँध निर्माण गरी नदी छेकेका कारण सप्तरीका रम्पुरा मल्हनिया, सकरपुरा, कोइलाडी, लौनियाँ, तिलाठी, हनुमान नगरलगायतका गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेको मिश्र बताउँछन्। झन्डै चार दशकदेखि खाँडो नदीले तिलाठीसहितका दक्षिणी भेगलाई यसरी नै प्रभाव पार्दै आएको मिश्रले बताए। स्थानीय निकाय विघटन हुनुअघि लगातार तीन कार्यकालसम्म तिलाठीको अध्यक्ष पदमा निर्वाचित मिश्र भन्छन्, \'वर्षा याममा बाढीको त्रास सहेर बस्नु हाम्रो नियति नै बन्न पुगेको छ तर राज्य बेखबरजस्तै छ।\' कुनौली बोर्डरस्थित कोसीको पश्चिमी तटबन्धदेखि सप्तरीको तिलाठीस्थित खाँडो नदीसम्मको झन्डै तीन किलोमिटर भूभागमा भारतले सन् १९७४ देखि नै बाँध बनाउन सुरु गरेको स्थानीयको भनाइ छ। भारतीयले निर्माण गरेको बाँधकै कारण उत्तर–दक्षिण भएर नेपालबाट भारततर्फ बग्ने खाँडो, महुली र जिता नदीले प्राकृतिक बहाव परिवर्तन गरी पूर्वपश्चिम हुँदै नेपालतर्फ बग्न सुरु गरेको स्थानीय अञ्जनीकुमार दासले सुनाए। गत वर्ष तिलाठी कुनौली सिमानामै रहेको बाँध खाँडो नदीले कटान गरेपछि तिलाठीवासीको विरोधका कारण भारतीय पक्षले बनाउन सकेन। तीन किलोमिटर लामो तटबन्धको बीचमा ५० मिटरजति कटानका कारण नेपाली भूभागको डुबान समस्या कम भइनहालेको स्थानीय देवनारायण यादवले बताए। \'हाम्रो प्रतिवादका कारण गत वर्षको कटानपश्चात् भारतीयले उक्त बाँध पुनर्निर्माण गर्न सकेनन्\', यादवले भने, \'एकातिर ५० मिटर जति बाँध कटान भएको छ भने अर्कातिर वर्षौंदेखिको अवरोधका कारण खाँडो नदीको प्राकृतिक मुहान नै पुरिएको अवस्था छ, यसै कारण हाम्रो भूभाग बर्सेनि डुबानमा पर्ने गरेको छ।\' डुबान तथा गैरकानुनी बाँध निर्माणको विषयलाई लिएर गत वर्ष मात्रै भारतीय तथा नेपालका बासिन्दाबीच दसगजा क्षेत्रमा भिडन्तसमेत भएको थियो। भिडन्तपछि पनि दुवैतिरका प्रशासनले समस्या समाधानतर्फ खासै चासो नदेखाएकाले समस्या जस्ताको तस्तै रहेको यादवको भनाइ छ। भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँधले सन् १९७५ देखि नै नेपालतर्फका भूभाग प्रत्येक वर्ष वर्षायाममा डुबानमा पर्ने गरेको छ। पहिलापहिला नेपालतर्फ बाढीको जोखिम बढ्न थालेपछि यस क्षेत्रका अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक अधिकृतको सक्रियतामा नेपाली रातारात भारत पसेर बाँध काट्ने गरेको यहाँका बुढापाका बताउँछन्। यस प्रकरणमा कयांैपटक दुवैतर्फका स्थानीयबीच झगडा पर्ने गरेको उनीहरू बताउँछन्। तर पछि भारतीय पक्षले बाँधको सुरक्षाका लागि बिहार प्रहरीको सशस्त्र गस्ती तथा हाल एसएसबीको कडा गस्ती खटाएकाले नेपाली भूभाग डुबानमा पर्नुको विकल्प नरहेको स्थानीय बताउँछन्। पछिल्लो समयमा भारतीयले बाँध बलियो बनाउँदै लगेको छ। बाँधमाथि कालोपत्रे सडक र दुवै छेउमा वृक्षरोपण गरी उनीहरूले बाँधलाई झन् बलियो बनाएका छन्। कतिपय नेपाली जानकारले उक्त बाँध भारतीयले दसगजामै निर्माण गरेको भन्दै यसप्रति सरकारलाई अविलम्ब कदम चाल्नुपर्ने समेत बताउँछन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending