Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

एक साताभित्र सरकार विस्तारको तयारी

\"\"काठमाडौं, १९ असार । दोस्रो चरणको निर्वाचनलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको तयारी गरेका छन् । सरकारमा सहभागी दलहरूसँग छलफल गरेर एक सातामा मन्त्रालय भागबन्डा टुंगो लगाउने देउवाको तयारी छ । अाजको नयाँ पत्रिकामा खबर छ– भोट हाल्न गृहजिल्ला डडेल्धुरा पुगेर फर्केलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सरकार विस्तारबारे छलफल गरेका छन् । उनीहरूबीच सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल प्रचण्डको सचिवालयले जनाएको छ । २३ जेठमा देउवा प्रधानमन्त्रीमा चुनिएका थिए । तर, अहिलेसम्म देउवाले कांग्रेसका तीन, माओवादीका तीन र फोरम लोकतान्त्रिकबाट एक नेतालाई मात्र मन्त्री बनाएका छन् । अझै २३ वटा मन्त्रालय मन्त्रीविहीन छन् । शुक्रबारको प्रधानमन्त्री र प्रचण्डबीच थप गृहकार्य गरेर छिटै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको थियो । छलफलमा सरकार सञ्चालन एवं दुई पार्र्टीबीचको गठबन्धन सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको थियो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि चारपटक लाजिम्पाटमा चारपटक भेट भए पनि देउवा बालुवाटार सरेपछि प्रचण्ड पहिलोपटक बालुवाटारमा भेटका लागि पुगेका हुन् । यो हप्ताभित्रै सरकार विस्तार : उपप्रधानमन्त्री सरकारका उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अब केही दिनमैं सरकार विस्ता हुने जानकारी दिए । ‘सरकार विस्तार छिटो गर्नुपर्छ भन्नेमा हामी छौं । तत्काल दोस्रो चरणको निर्वाचनको मतपरिणामको माहोल छ । यही माहोलकाबीच मन्त्रालय बाँडफाँडमा कुरा हुन्छ’ श्रेष्ठले नयाँ पत्रिकासित भने, ‘त्यसपछि बढीमा एक हप्ताभित्रै सरकार विस्तार हुन्छ ।’ माओवादी नेता वर्षमान पुनले पनि यो हप्ताभित्रै सरकार विस्तार हुने जानकारी दिए । अर्थ गृह, जस्ता ठूला मन्त्रालयमा कुरा मिलिसकेको भन्दै अब मन्त्रालयमा कसले लिने भन्नेमा समस्या नहुने बताए । ‘कांग्रेस र माओवादीले परराष्ट्र, गृह र अर्थ जिम्मेवारी सम्हालिसकेका छन् । बाँकी मन्त्रालय कसले लिने भन्नेमा अब समस्या छैन’ पुनले नयाँ पत्रिकासित भने, ‘अब यो हप्ताभित्रै सरकार विस्तार गर्ने तयारी छ ।’ मन्त्रालय बाँडफाँडको लागि बनेको कार्यदलका सदस्यसमेत रहेका पुनले आइतबारसम्ममा मन्त्रालयको भागबण्डा पनि मिल्ने बताए । आइतबारसम्म मन्त्रालय भागबण्डाका विषयमा कांग्रेस र माओवादीबीच सहमति हुने उनले बताए । ‘अब दुई दिन कांग्रेससँग छलफल गर्छौ’ उनले भने, ‘हामीबीच मन्त्रालय बाँडफाँडमा समस्या छैन । अब बाँकी मन्त्रालय पनि मिलाउँछौं ।’ उर्जा, स्वास्थ्य माओवादीले लिने र संचार भौतिक पूर्वाधार, कानुनसहितका मन्त्रालय नेतृत्वकर्ता दलसँगै रहने उनले बताए । सरकार गठन लगत्तै प्रदेश १, ५ र ७ मा निर्वाचन सरकार निर्वाचनको तयारीमा लागेको थियो । यी हुन् अहिलेसम्मका मन्त्री सरकारमा माओवादीबाट उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, गृह जनार्दन शर्मा र सहरी विकास मन्त्री प्रभु साह भएका छन् । कांग्रेसबाट उपप्रधान एवं शिक्षा गोपालमान श्रेष्ठ, अर्थ ज्ञानेन्द्रबहादुर कार्की र श्रम मन्त्री फरमुल्लाह मन्सुर छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री छन् । माओवादीका शाहलाई पहिले विना विभागीय मन्त्रीकै रुपमा सपथ गराइए केही दिन अघि सहरी विकासको जिम्मेवारी दिइएको थियो । सरकार विस्तारमा कांग्रेसभित्रै बिबाद चौथोपटक प्रधानमन्त्री बन्दै गर्दा देउवाले पार्टीबाट अर्को पक्षका नेतालाई मन्त्रीका रुपमा सपथ खुवाउने तयारी गरे पनि सकेनन् । नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्रीको नाम नै नपठाएपछि देउवाले आफ्नो पक्षका तीन नेतालाई मात्र मन्त्री बनाएका थिए । देउवाले मन्त्रालय नतोकी नाममात्र पठाउन भनेपछि पौडेल पक्ष असन्तुष्ट बनेको थियो । पौडेल पक्षले आफूहरुले पाउने मन्त्रालय र संख्यासमेत स्पष्ट गरेपछि मात्र नाम पठाउने अडान लिएपछि देउवाले आफ्नो पक्षका मात्र मन्त्री बनाएका हुन् । दाबेदार धेरै, अप्ठ्यारोमा देउवा कांग्रेसमा संस्थापन देउवा, पौडेल र कृष्णप्रसाद सिटौला पक्षमा समेत मन्त्रीका लागि धेरै नेता दाबेदार देखिएका छन् । अब कांग्रेसले ७ वा ८ मन्त्रालय पाउनेछ । तर, दाबेदार झन्डै डेढ दर्जन देखिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy