Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पार्टी कार्यालय जाँदैनन् माअोवादी नेता

\"\"काठमाडौं, २० असार । माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएकाबाहेक अन्य नेता आक्कलझुक्कल मात्र कार्यालय पुग्छन् ।\'शीर्ष नेताहरू पार्टी कार्यालय त्यत्ति आउनुहुन्न\', केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएका एक नेताले भने, \'आइहाले पनि बैठक वा केही कार्यक्रम पर्नै पर्छ।\' अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नेताहरू पार्टी कार्यालयभन्दा अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'को लाजिम्पाटस्थित निवासमा बाक्लै पुग्ने गरेका छन् । अध्यक्ष प्रचण्डले पनि कतिपय महत्वपूर्ण बैठक, कार्यक्रम निवासबाटै सञ्चालन गदै आएका छन् । प्रधानमन्त्री भएको नौ महिनाको अवधिमा पार्टी कार्यालयमा प्रचण्डको उपस्थिति न्यून देखिएको छ । उनी प्रधानमन्त्री पदबाट हटेपछि पनि नपुगेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। नेता नारायणकाजी श्रेष्ठ पनि कमै मात्र कार्यालय पुग्ने नेतामा पर्छन् । श्रेष्ठ पार्टी केन्द्रीय कार्यालयको बैठक र आफूले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय विभागको बैठकका लागि मात्र कार्यालय पुग्ने गरेका छन् । अर्का नेता कृष्णबहादुर महरा तीन वर्षअघिसम्म नियमित कार्यालय जाने गर्दथे । अहिले उनी पनि जान छाडेका छन् । महरा मन्त्री बनेयता औपचारिक कार्यक्रमबाहेक अन्य बेला केन्द्रीय कार्यालय पुगेका छैनन् । देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायत नेता पनि कमै मात्र कार्यालय जाने नेतामा पर्छन् । नेताहरुको न्यून उपस्थितिले पनि स्थानीय तह निर्वाचनमा आशा गरेअनुरुप परिणाम नआएको गुनासो कार्यकर्ताको छ । केपी शर्मा ओली नेतृत्वको सरकारदेखि राज्य सञ्चालनमा महत्वपूर्ण हिस्सा लिँदै आएको माओवादीका नेताले आमजनताको दैनिक कार्य र मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको केन्द्रीय सचिवालयस्तरकै एक नेता स्वीकार गर्छन्। केही नेता भने नियमित कार्यालय पुग्छन् । त्यस्ता नेतामा संगठन विभाग प्रमुख रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल र सचिवालय सदस्य विश्वभक्त दुलाललगायत छन् । सार्वजनिक कार्यक्रममा नदेखिने र प्रचारमा पनि आउन नरुचाउने स्वभावका कारण संगठन विभाग प्रमुख थापाले पार्टी कार्यालयमै समय दिँदै आएका हुन् । \'बादल (थापा)जी नियमितजसो कार्यालय आउनुहुन्छ\', केन्द्रीय कार्यालयमा कार्यरत एक नेताले भने, \'उहाँको जागिरेजस्तै रुटिन छ, काठमाडौंमा हुनुभएको बेला नियमित बिहान १०-११ बजे आउनुहुन्छ, ४-५ बजेसम्म पनि बस्नुहुन्छ।\' बस्नलाई कोठै छैन माआवादी पार्टीहरूबीच गत वर्ष पार्टी एकता भए पनि केन्द्रीय कार्यालयमा शीर्ष नेताहरु बस्ने कोठासमेत व्यवस्थापन हुन सकेको छैन । कुन कोठामा कुन नेता बस्ने भन्ने अहिलेसम्म टुंगो नलागेको पाइएको छ । अध्यक्ष प्रचण्ड, प्रवक्ता पम्फा भुसाल र केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्लाद बुढाथोकीलाई मात्र कोठाको व्यवस्था गरिएको छ । नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, कृष्णबहादुर महरा, वर्षमान पुनलगायत नेताको \'नेमप्लेट\' बनाइए पनि कोठा टुंगो नलागेका कारण थन्काएरै राखिएका छन्। पार्टी एकताअघि श्रेष्ठ, महरा, पुनलगायत नेताका \'नेमप्लेट\'सहितका कोठा थिए । त्यसपछि भने उनीहरूको कोठाका नेमप्लेट पनि हटाइएको थियो । थापाले पार्टी छोडेर गएका नेता डा. बाबुराम भट्टराईले प्रयोग गरेको कोठा प्रयोग गर्न थालेका छन् । बस्ने कोठाको ठेगान नलागेका कारण पनि कार्यालय कमै मात्र पुगेको नेताहरु बताउँछन् । \'नियमित जाने, बस्ने र भेटघाट गर्नका लागि कोठै छैन\', एक शीर्ष नेताले भने, \'त्योभन्दा बाहिरै वा आफ्नै निवासमा भेटघाट गर्ने काम गरिरहेका छौं।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy