शीर्ष नेताकै वडामा माओवादी कमजोर, कसको वडामा कसले जिते ?
आषाढ़ २० गते, २०७४ मगलवार 4th July, 2017 Tue०८:३१:३१ मा प्रकाशित
काठमाडाैं, २० असार । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको वडामा नै माअोवादी केन्द्र पराजित भएको छ । त्यसोत थोरै शीर्ष नेताहरूको वडामा माअोवादी केन्द्र विजयी भएको छ । माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै वडामा माअोवादी पराजित भएको छ । प्रचण्डको वडा चितवनको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले विजयी भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ- माअोवादीका अर्का नेता नारायणकाजी श्रेष्ठको गाउँपालिकामा पनि माअोवादी पराजित भएको छ । श्रेष्ठको जिल्ला गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ ।
प्रचण्डको वडामा एमाले
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदाता रहेको चितवनको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख–उपप्रमुखमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । विवादका कारण मतगणना भने स्थगित छ, विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।
नारायणकाजीको गाउँपालिकामा कांग्रेस
माओवादी नेता नारायणकाजी श्रेष्ठको जिल्ला गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ । श्रेष्ठ मतदाता रहेको वडा नम्बर –८ मा भने माओवादी केन्द्रका झटक दवाडी सात सय ८४ मत पाएर अध्यक्षमा निर्वाचित भए । गोरखाका ११ मध्ये नौमा कांग्रेस र दुईमा माओवादी विजयी ।
बादलको वडामा माओवादी तेस्रो
भरतपुर महानगर–१० बाट मतदान गरेका रामबहादुर थापाको वडामा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चियो ।
चितवन जिल्लाका सातमध्ये चारमा एमाले, एक-एकमा माओवादी र कांग्रेस विजयी । भरतपुर महानगरमा मतगणना स्थगित ।
अमिक शेरचनलाई वडामा सफलता
माओवादी केन्द्रका नेता अमिक शेरचनले भरतपुर महनगरपालिका–२६ बाट मतदान गरेका थिए । सो वडामा एमालेको सहयोगमा माओवादी केन्द्र वियजी भएको छ ।
टोपबहादुर रायमाझी र पम्फा भुसालको वडामा माओवादी नै
माओवादी नेताद्वय टोपबहादुर रायमाझी र पम्फा भुसालले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ बाट मतदान गरेका थिए । सो वडामा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । सन्धीखर्क नगरपालिकाको प्रमुखमा कांग्रेससँगको तालमेलमा माओवादी केन्द्र नै विजयी भएको छ ।
जनार्दन शर्माको जिल्लाबाट माओवादीको क्लिन स्विप
गृहमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुमका सबै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ । उनले मतदान गरेको मुसीकोट नगरपालिका–५ मा वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
रोल्पामा माओवादी केन्द्रका नेताहरूको वर्चस्व
रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रले जिल्लामा वर्चस्व कायम राखेका छन् । रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा, नन्दबहादुर पुनले मत हालेको स्थानीय तहका वडामा समेत सो पार्टीका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
वर्षमान पुन र ओनसरी घर्तीको घर रहेको रोल्पा नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । यस्तै उनीहरूको घर रहेको वडा नम्बर ८ मा पनि माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । महराको घर भएको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको घर रहेको रोल्पास्थित दुईखोला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । यस्तै उनको घर भएको वडा नम्बर २ मा पनि माओवादी केन्द्र विजयी भएको छ ।
अग्नि सापकोटाको वडामा माओवादी केन्द्र
सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । यस्तै उनको घर रहेको वडा नम्बर ४ मा पनि वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानल नै विजयी भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: