पछिल्लो समय पार्टीभित्र कसरी जनतामा जाने भन्दापनि कसरी पार्टीमा आफूलाई स्थापित गराएर फाईदा लुट्ने भन्नेमा नै नेताहरु बढी केन्द्रित हुन पुगेको देखिन्छ । अर्कोतर्फ नेतृत्वको चाकरी गर्ने र आफ्नालाई प्राथमिकतामा राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेतृत्वको नजिक भएपछि संगठन निर्माण गर्नुनपर्छ भन्ने मानसिकता उपल्लो स्तरका नेतामा रहेको पाइँदैन । यस्ता प्रवृत्तिलाई जरैदेखि उखेलेर नफ्याकेसम्म पार्टी सुध्रनेवाला छैन ।शान्तिप्रकृयामा आउदै गर्दा नेतृत्वले गल्ती गरेकै हो । २०६३ मंसीरमा सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा “दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो” भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गरे । संसदीय व्यवस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदीय व्यवस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणबादको बाटोमा लागेको पुष्टि हुन्थ्यो । त्यसै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधानसभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान–सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई माओवादीकै सरकार रहेको बेलामा विघटन गराईयो । त्यतिमात्र होइन पार्टीभित्र रहेका क्रान्तिकारी धारलाई पाखा लगाएर आत्मसमर्पणवादी समुहलाई बलियो बनाउने काम नेतृत्वले गर्यो । यसले पनि जनतामा माओवादीप्रतिको मोह क्रमशः घट्दै गएको थियो । पछिल्लो समय माओवादीहरु व्यक्तिवादी, पदवादी, गुटवादी, पदलोलुप भए । जनयुद्धमा जस्तो जनतासँग नजिकिन सकेनन् । अझ केन्द्रमा बसेर गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गर्ने प्रवृति पार्टीमा झांगिदै गयो । संगठन सुदृढ गर्न सयौं पटक बैठक बसे पनि सुधार हुन सकेन । केन्द्रदेखि जिल्लासम्म सबै संगठन अहिलेपनि भद्रगोल अवस्थामा छन् । अर्कोतर्फ संगठन निर्माणको लागि खट्ने कार्यकर्ता गाउँमा छैनन् । साँच्चै भन्ने हो भने स्थानीय निर्वाचनमा कतिपय स्थानमा माओवादीले योग्य उम्मेदवारनै पाउन सकेन । सबै कार्यकर्ता सहरमुखी बने, जनयुद्धमा जिउज्यान फ्यालेर पार्टीको लागि खटेका कार्यकर्ताको व्यवस्थापन शान्तिप्रकृयामा आएपश्चात् नेतृत्वले गर्न सकेन । पूँजीपति वर्गले पार्टीमा प्रसस्त ठाउँ पाए । त्यसैकारण युद्धमा साथ दिएकाहरु विस्थापित हुन पुगे । आफ्नै कार्यकर्ता र जनयोद्धाहरुको समेत विश्वास गुमाउँदै गएको स्थितिमा जनताको मन जित्नसक्ने कुरै थिएन । माओवादी जनताबाट एक्लिनुमा सबैभन्दा ठूलो कमजोरी नेतृत्वकै रहेको छ । पार्टीलाई ठूलो बनाउने नाममा ४००० केन्द्रीय सदस्य बनाउनु र दर्जनौं व्यक्ति केन्द्रीय सदस्य रहेको जिल्लामै एउटा वडा समेत माओवादीले नजित्नुले पनि नेताहरु पार्टीको लागि होईन आफ्ना लागि गर्छन् भन्ने प्रस्ट हुन्छ । पछिल्लो समय पार्टीभित्र कसरी जनतामा जाने भन्दापनि कसरी पार्टीमा आफूलाई स्थापित गराएर फाईदा लुट्ने भन्नेमा नै नेताहरु बढी केन्द्रित हुन पुगेको देखिन्छ । अर्कोतर्फ नेतृत्वको चाकरी गर्ने र आफ्नालाई प्राथमिकतामा राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेतृत्वको नजिक भएपछि संगठन निर्माण गर्नुनपर्छ भन्ने मानसिकता उपल्लो स्तरका नेतामा रहेको पाइँदैन । यस्ता प्रवृत्तिलाई जरैदेखि उखेलेर नफ्याकेसम्म पार्टी सुध्रनेवाला छैन । अन्त्यमा, हेडक्वाटरमा निर्वाचन समीक्षा गर्दै गर्दा कतिपय व्यक्तिले नेतृत्वलाई गलत रिपोर्टिङ गरेको समाचार बाहिरियो । ८५ स्थानमा माओवादी दोश्रो स्थानमा रहेको रिपोर्ट आयो । त्यसमध्ये करिव २५ स्थानमा चुनाव चिन्हको कारण निर्वाचन हारेको मनगणन्ते रिपोर्टीङ गरेको कुरा समेत बाहिरीन आयो । वास्तवमा माओवादीले बाह्य रुपमा कुनैपनि कारणले चुनाव हारेको थिएन । पार्टी नै आन्तरिक रुपमा कमजोर हुँदा निर्वाचन हारेको स्वीकार सबैले गर्नैपर्छ । र, आगामी निर्वाचनको लागि संगठन निर्माणमा जुट्नुपर्छ । आजको पराजयले भोलिको विजयको लागि शिक्षा दिएको छ । नयाँ ढंगबाट पार्टी निर्माण गरेर अघि बढ्ने हो भने आगामी दिनमा पक्कैपनि केहि ठाउँको नतिजा बदलिएर माओवादी तर्फ आउने निश्चित छ । अहिले माओवादी आन्दोलन कमजोर हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने सोच राखेर पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो । अहिले युद्ध गरेर ल्याईएको उपलब्धि लगभग संस्थागत भैसकेको अवस्था छ । माओवादीहरुले घुमाउरो पाराले आफ्नो हार स्वीकार गरिसकेका छन् र भन्दैछन् अंकगणितिय रुपमा निर्वाचनमा पराजित भएपनि हामीले एजेण्डामा जितेका छौं । हो, माओवादीको एजेण्डामा देश र जनताले जितेका छन् । तर, स्वयम् माओवादी पार्टी भने आज किन कमजोर बन्यो त्यो अवको समीक्षाको विषय बन्नुपर्छ र शक्तिशाली माओवादी पार्टी गठन गर्नुपर्छ । त्यसो नगरी प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउँदैनन् । जनयुद्धमा बगेको शहिदको रगतको उच्च सम्मान गर्दै तत्कालिन समयमा आम नेपालीलाई देखाएको सपनाहरु पूरा गर्न अव प्रचण्डले सबै सबै विकल्पहरु खुला राखी पूर्व माओवादी नेताहरुलाई मिलाएर शक्तिशाली माओवादी पार्टी निर्माण गर्नुको विकल्प छैन ।
प्रतिकृया लेख्नुहोस्: