Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोकेको प्रस्टीकरण कहिलेसम्म दिनुपर्ने ?

\"\"काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गरेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता-कार्यकर्ताको व्यवहार देखाउन नहुने बताए । शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो। ‘पार्टीभित्र दुईथरी नेता-कार्यकर्ता छौं, एउटा ‘जनयुद्ध’ थरी, अर्का जनआन्दोलन थरी। म दोस्रो थरी परें’, श्रेष्ठको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘जनयुद्ध लडेर आउनेलाई सम्मान छ तर म अर्का थरीले कहिलेसम्म आफू नथरी भएको भनी प्रस्टीकरण दिइरहनुपर्ने हो ?’ बदलिएको राजनीतिक परिवेशअनुसार पार्टी निर्माणका लागि व्यापक मात्रामा नयाँ पुस्तालाई पार्टीमा भित्र्याउनुपर्ने र परिचालन गर्नुपर्नेमा श्रेष्ठको जोड थियो। ‘हाम्रो पार्टीमा सधैं ‘जनयुद्ध’मा सहभागी भएको भनेर थर्काउने गरिन्छ। माक्र्स, एंगेल्सले बन्दुक बोकेका थिए ? उनीहरू क्रान्तिकारी होइनन् ? बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ? ’ श्रेष्ठको प्रश्न थियो। उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्धप्रशंसा गर्ने प्रवृत्ति रहेको भन्दै नेतृत्वको अचाक्ली प्रशंसासँग आफू असहमत रहेको पनि बताए । ‘अहिले अध्यक्षको प्रशंसा अचाक्ली छ। नेतृत्वलाई नै लाज लाग्ने तहको प्रशंसा ठीक होइन’, श्रेष्ठले भने, ‘अध्यक्ष सही, अरू बेठीक भन्ने तहमा बहस हुन्छ, यो ठीक होइन, कमजोरी अध्यक्षकै तहबाट भएको छ। नत्र त्यत्रो पार्टी अहिले किन यत्रो हुन आइपुग्यो ?’ उनले अध्यक्ष प्रचण्डको आफूले अहिल्यै विकल्प खोज्नुपर्ने, आजै पद छाड्नुपर्ने आफ्नो भनाइ नभएको भन्दै प्रचण्डकै नेतृत्वमा पार्टी पुनर्गठनको प्रक्रिया सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । ‘नेपाली क्रान्तिलाई, परिवर्तनलाई यहाँसम्म ल्याउने मुख्य नेता अध्यक्ष नै हुनुहुन्छ। उहाँको विश्वमै ख्याति छ। हामीमा एकता पनि असाधारण खालकै छ’, श्रेष्ठले लिडरसिपको विषयमा चर्चा गर्दै भने, ‘अध्यक्षको पनि रूपान्तरणको आवश्यकता छ, पार्टी पुनर्गठनको आवश्यकता छ, त्यो अभियानको नेतृत्व अध्यक्षले नै गर्नुपर्छ।’ श्रेष्ठले पार्टी निर्वाचनमा पराजित हुनुमा संगठनमा मौलाउँदो बुर्जुवाकरण मुख्य समस्या भएको पनि बताउनुभयो। ‘पार्टी क्रान्तिकारी भइरहने तर संगठन बुर्जुवाकरण भएर जाँदा निर्वाचनमा पराजित हुनुपरेको छ’, श्रेष्ठले भने, ‘अब पार्टीलाई रूपान्तरण र शुद्धीकरण गरेर जानुको विकल्प छैन।’ नारायणकाजी-अमिक घोचपेच शुक्रबारको बैठकमा नेता अमिक शेरचन र नारायणकाजीबीच घोचपेच चलेको छ। बैठकमा श्रेष्ठभन्दा अगाडि बोलेका नेता शेरचनले एकै व्यक्तिलाई सरकारमा घुमाई-फिराई मन्त्री बनाउने विषय किन उठिरहन्छ भनी प्रश्न गरेका थिए । शेरचनको प्रश्नमा श्रेष्ठले सरकार सदन र सडकमा प्रभावकारी भूमिका खेल्नुपर्ने नेतालाई सरकारमा पठाउनुपर्ने प्रस्टीकरण दिएका थिए। ‘एउटै मान्छे पटक-पटक, घुमाई-फिराई किन मन्त्री हुन्छ ? कुरा सिधा छ घुस खान मन्त्री हुन्छन्। म केही समय स्वास्थ्यमन्त्री भएँ। त्यहाँ के भ्रष्टाचार होला भनेको त त्यो त सबैभन्दा ठूलो भ्रष्टाचारको केन्द्र रहेछ।’ शेरचनले दोहोर्‍याएर मन्त्री नबनाउन पार्टी नेतृत्वलाई आग्रह पनि गरे । बैठकमा नेता श्रेष्ठले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार विघटन गर्ने बेला आफूले विमति जनाए पनि त्यसबेला आफू गलत रहेको सावित भएको धारणा बैठकमा व्यक्त गरेका थिए। ‘ओलीजीको नेतृत्वको सरकार विघटन गर्ने बेला मैले असहमति जनाएको थिएँ, गलत हुन्छ भनेको थिएँ’, श्रेष्ठले भने, ‘तर साथीहरूले मेरो बुझाइलाई गलत सावित गरिदिनुभयो।’ शुक्रबारको बैठकमा नेता कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मणि थापा, टंक राईलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेता पोखरेलले भने माओवादीले वाम गठबन्धन जोगाउन नसक्नु र त्ससबेलाको सरकारले गरेका कामको पार्टीले स्वामित्व लिन नसक्नुले पनि पार्टीलाई हानि पुर्‍याएको तर्क गरेका थिए । बैठकमा नेताहरूले उठाएका जिज्ञासाको शनिबार अध्यक्ष प्रचण्डले जवाफ दिने र नयाँ कार्ययोजनासहित बैठक सकिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy