Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जग्गाको विषयमा झडप हुँदा नौ महिने शिशुको मृत्यु

\"\"बारा। जग्गाको विषय लिएर एकै परिवारमा भएको दुई पक्षीय झडपमा परी नौ महिने शिशुको शुक्रबार राति मृत्यु भएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले तीन पुरुष र चार महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । अाजको कान्तिपुरमा खबर छ– सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी (ईन्द्र मुखिया बिनकी नातिनी) किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना आरोपमा पक्राउ पर्नेहरु मृतककी हजुरआमा र हजुरबुवा पर्छन् । किरणको कसरी मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धानको लागि सातै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । उता विपक्षीको बाँसको भाटा प्रहारबाट शिशुको मृत्यु भएको पीडित पक्षले बतायो । चलितर मुखियाको जेठी र कान्छी श्रीमती पट्टीको छोराहरुबीच जग्गाको विवाद हुँदा दुई पक्षीय झडप भएको थियो । झडपको क्रममा दीपा मुखिया पक्षले इन्द्र मुखियाको परिवारमाथि आक्रमण गर्दा घटना भएको प्रहरी स्रोतले जनायो । तीन सन्तानकी आमा सुदामा झडपको त्रासले आफ्नी नौ महिने छोरी किरणलाई काखमा लिएर घरमा लुकीछिपी बसिरहँदा झडपको क्रममा बाँसको भठा लिएर घरमा प्रवेश गरेका पाँच/छ जनाको समुहले सुदामालाई कुटपिट गरेको थियो । त्यसैक्रममा विपक्षीले सुदामालाई भाटाले कुट्दा शिशुलाई समेत टाउकोमा चोट लाग्न पुगी शिशुको मृत्यु भएको स्रोतले बतायो । मृतक सुदामाकी कान्छी सन्तान थिइन् । विपक्षीको आक्रमणबाट शिशुकी ३० वर्षीया आमा सुदामा, हजुरबुवा इन्द्र मुखिया, काका लालुलगायत घाइते छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनायो । उनकी बाबु रोजगारीको सिलसिलामा विदेश छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending