Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

कांग्रेस केन्द्रीय समिति बैठकमा गुनासैगुनासा

\"\"काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् । अख्तियार प्रमुख र प्रधानन्यायाधीशमाथिको महाअभियोग, आइजिपी प्रकरण र राजदूत सिफारिस प्रकरणमा पार्टीले उचित निर्णय नलिँदा, राम्ररी उम्मेदवार छनोट नहुँदा र अन्तर्घात हुँदा कांग्रेसले हार्नुपरेको सदस्यहरूको निष्कर्ष छ । अाजको नयाँ पत्रिकामा खबर छ– फेरि पनि संविधान संशोधनलाई अलपत्र पार्ने, दुई चरणको निर्वाचनका कमजोरीलाई नसुधार्ने र आफ्नै नेतृत्वको सरकारलाई प्रभावकारी नबनाए २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा समेत पार्टी कमजोर हुने भन्दै सदस्यहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । देउवाले यसरी सुरु गराए बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो । हामी दोस्रो नम्बरमा आयौँ । यसको पनि समीक्षा गरौँ । २ नम्बर प्रदेशमा पनि निर्वाचन हुँदै छ, यसका लागि पनि पार्टीलाई कसरी प्रभावकारी ढंगले लैजाने भन्ने सुझाब दिनुस्’ भन्दै बैठकको सुरुवात गरे । पौडेलले भने, ‘हामी किन डिफेन्सिभ भयौँ, अफेन्सिभ किन भएनौँ ?’ नेता रामचन्द्र पौडेलले सुरुमै पहिलो र दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न तेस्र्याए । ‘हामी पहिलो र दोस्रो चरणको निर्वाचनमा किन हार्यौँ । संविधानसभामा पहिलो भएको पार्टी किन पछि प¥यो,’ पौडेलले भने, ‘ठूलो पार्टी, संविधान जारी गरेको पार्टी किन डिफेन्सिभ भयो ? अफेसिन्भ किन हुन सकेनौँ ?’ पार्टी कमजोर देखिनुका पछाडि पौडेलले १५ बुँदा प्रस्तुत गरे । संसदीय समिति गठन गरी टिकट वितरणलाई प्रभावकारी बनाउनुपर्ने, परिचालन समिति र प्रचारप्रसार समितिलाई सक्रिय बनाउन उनले माग गरे । पौडेलले विभाग गठन नहुने, अनुशासन समिति नबन्ने, केन्द्रीय समितिले पूर्णता नपाउने भन्दै तत्काल महासमिति बैठक डाक्न पनि माग गरेका छन् । हामी यसरी हार्यौँ : चन्द्र भण्डारी संविधान संशोधन नेपालको हितका निम्ति छ भनेर हामीले अघि बढायौँ, तर संशोधनलाई बुझेर वा नबुझेर अगाडि बढ्यौँ भन्ने बुझेनौँ । सबैबाट स्वीकार्य संविधान होस् भन्ने हाम्रो चाहना त भयो, तर यसलाई ‘जस्टिफाइ’ गर्न सकेनौँ । नागरिकता, सीमांकन र भाषाको विषयमा हामी प्रस्ट भएनौँ, तर एमालेले भारतीयलाई नागरिकता दिन खोजेको, सीमांकनमा पहाड एवं तराईलाई छुट्याउन खोजेको र हिन्दी भाषालाई पनि मान्यता दिन खोजेको भन्दै उल्टै हामीमाथि नै दोषी देखाएर प्रचार गरिदियो । भारतले नाकाबन्दी लगाएपछि जनताले दुःख पाए, तर यसलाई सम्बोधन गर्न सकेनौँ, क्षेत्र विभाजनमा गम्भीर भएनौँ । हामीले निर्वाचनमा पार्टीको तल्लो तहसम्म पार्टी संरचना मिलाउन सकेनौँ । समयमा टिकट दिएनौँ । यसकारण हार्न पुग्यौँ । टिकट उल्ट्याउँदा पराजित भयौँ : मीन विश्वकर्मा स्थानीय तहमा टिकट तल दिनुपथ्र्यो । तर, भएको समेत उल्ट्याएर माथिबाट टिकट दिँदा हामी हार्न पुग्यौँ । मेरै जिल्ला सुनसरीमै यस्तो भयो । यस्तै पक्षले चुनावमा अपेक्षित नतिजा आउन नसकेको हो । टिकट दिन पनि ढिलाइ गरियो । अब अनुशासन समितिलाई अधिकार सम्पन्न बनाएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्नुपर्छ । कारबाही नगरिए पुनः आगामी निर्वाचनमै यस्तै हन्डर खानुपर्ने हुन्छ । आइजिपी र न्यायालयको विवादले हार्‍यौँ : रामकृष्ण यादव आइजिपी प्रकरण, प्रधानन्यायाधीशविरुद्धको महाअभियोगजस्ता विषयमा पार्टीको नीति प्रस्ट नहुँदा निर्वाचनमा दोस्रो हुन पुग्यौँ । निर्वाचनमा भोगेको पराजयलाई स्वीकारेर अघि नबढे हामी फेरि पनि पराजित हुन सक्छौँ । त्यसैले २ नम्बर प्रदेशको विषयमा ठोस धारणा बनाएर अघि बढौँ । यसका लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रिया लगौँ । पास गराउन पहल गरौँ । धेरै गल्तीले हामी हार्‍यौँ : महेश आचार्य अख्तियार प्रमुखमाथि एमाले र माओवादीले महाअभियोग ल्याए तर कांग्रेसमा अलमल देखियो, यसले पनि क्षति पुग्यो । आइजिपी, राजदूत, प्रधानन्यायाधीश प्रकरणमा पनि हामी चुक्यौँ । राष्ट्रिय मुद्दामा कांग्रेसले निकास दिन सक्दैन कि भन्ने कुरा फेरि पनि उठेको छ । यसतर्फ सचेत बनौँ । विगतबाट पाठ सिक्दै तेस्रो चरण, प्रदेश र संघीय संसद्को निर्वाचनमा सफल बन्न लागौँ । प्रधानमन्त्रीले मिडियाको ‘टक सो’ मा कुरा नबुझी जानु हुन्न । जाने नै भए पनि के विषयमा बोलाएको हो, राम्रो तयारी गरेर जानुपथ्र्यो । कार्यकारीलाई मिडियाले पछ्याउँछ, बोलाउँछ । तर, तपाईं (प्रधानमन्त्री) बाट कमजोरी भएको छ । सप्तरीमा भाषणको सटा विज्ञप्ति पढेर अर्को गल्ती भयो । प्रधानमन्त्रीको घेरा असाध्यै साँघुरो भयो । सरकार कमजोर हुँदा कांग्रेस कमजोर : प्रदीप पौडेल सरकारले गरेका लोकप्रिय कामका आधारमा हामी निर्वाचनमा जानुपर्छ । यसकारण पनि सरकार गतिशील र प्रभावकारी हुन आवश्यक छ । सरकारमा अलोकप्रिय हुँदा कांंग्रेस निर्वाचनमा कमजोर हुन्छ । राष्ट्रिय मुद्दामा कांग्रेसको अवधारणा हारको एउटा कारण हो । राष्ट्रियताको सवालमा हामी डिफेन्सिभ भयौँ । टिकट दिँदा आफ्नो गुटको नपर्दा हार्नेलाई दिइयो । निर्वाचनमा पार्टी संरचनालाई सहज रूपमा परिचालन गर्न सकेनौँ । केन्द्रीय प्रतिनिधि समयमा पठाएनौँ । नेताहरू ठेकेदारलाई दिनेजति समय नेतालाई दिन हुन्न । २ नम्बर प्रदेशमा हामी कमजोर भए, यसको असर आगामी आमनिर्वाचनसम्मै पर्छ । तसर्थ यो निर्वाचनलाई प्रभावकारी बनाउनतिर लागौँ । जिताउनेको रेकर्ड राखौँ : कल्याण गुरुङ हामीले निर्वाचन हारेका मात्र छैनौँ, जितेका पनि छौँ । हामी जहिल्यै हार्नेले दोषी देखाउँछौँ, तर जित्ने र जिताउनेको समीक्षा गर्दैनौँ । जित्नेका लागि पनि सहयोग गर्नेको सूची लामो हुन्छ । हामीले कसले कहाँ जिताए भनेर कहिल्यै समीक्षा गरेनौँ । जित्नेको पनि इतिहास र नजिर बसाल्न जित्नेको रेकर्ड राखौँ । राष्ट्रिय र स्थानीय एजेन्डा उठाउन सकेनौँ । २ नम्बर प्रदेशमा चुनावअघि संशोधनको टुंगो लगाउँ, स्थानीय तहको संख्या वृद्धिको विषयलाई अघि बढाऊँ र भ्रातृसंस्थालाई राम्रोसँग परिचालन गरौँ । नआत्तिऔँ सुधार गरौँ : आनन्दप्रसाद ढुंगाना चुनावी नतिजाबाट आत्तिने कुरा छैन । इतिहासमा पनि यस्तो भएको छ । एकताबद्ध भएर लाग्दा हामी प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्न सक्छौँ । कमजोरीबाट सिकौँ : गुरु घिमिरे हामीले पहिलो चरणको निर्वाचनलगत्तै समीक्षा गर्नुपथ्र्यो । ढिलो भयो, तर अब पनि तेस्रो चरणको निर्वाचनअघि विगतका कमजोरीलाई सुधार्ने मौकालाई सदुपयोग गरौँ । प्रतिकूल अवस्थामा पनि यति स्थान जित्न सक्नु सकारात्मक हो । टिकट वितरणमा विधि र प्रक्रियाको पालना गरेनौँ । जिल्लाबाट सिफारिस भएर आए पनि हामीले केन्द्रबाट उम्मेदवार फेर्‍यौँ । पार्टीलाई परिचालन गरेनौँ । साधनस्रोतको परिचालनमा विपक्षी आक्रामक भयो, पैसाको खोलो नै बगायो, तर हामीले तयारी गर्न सकेनौँ । कांग्रेस बैठकका रोचक पक्ष यादवले देउवा र पौडेललाई बाबा बनाएपछि …. बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका लागि भारत जाँदा बाबाका रक्षकले ढोग्न नदिएको, तर पैसा दिएपछि पुनः ढोग्न दिएको कथा भने । भक्तजनसँग यसरी पैसा लिन थालेपछि मानिस दर्शनका लागि जान छोड्दा बाबा तथा उनका रक्षक दुवैको आर्थिक स्रोत सुकेको भन्दै देउवा र पौडेललाई सचेत गराए । ‘तपार्इंहरू दुईजना बाबाजस्तै हुनुहुन्छ । तपाईंहरूको दर्शन गर्न जाँदा दर्शन गराइदिन्छु भन्दै परिक्रमा गर्नेहरू पनि छन्, तपाईंहरू पनि त्यस्तै बाबा बन्नबाट बच्नुहोला,’ उनले भने । भीष्मराजले भने, नांगेझार पारिदिनुभयो केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले टिकट लिन बोलाएर नेताहरूले नांगेझार बनाइदिएको आरोप लगाए । ‘टिकट लिन बोलाउनुभयो, तर अन्तिम अवस्थामा टिकट दिएर नांगेझार पारिदिनुभयो,’ उनले भने, ‘कम्तीमा सर्ट र पाइन्ट लगाउने समय त दिनुपथ्र्यो । अन्तिममा टिकट दिएर नांगेझार पारिदिनुभयो । ढिला हुँदा चुनाव पनि हार्ने अवस्था आयो ।’ मीनले भने, ‘५० मिनेटको निर्णयले पाँच वर्ष गुम्यो ।’ केन्द्रीय सदस्य मीन विश्वकर्माले ५० मिनेटमा टिकट दिने निर्णयले जितेर पाँच वर्षसम्म शासन गर्ने अवसर छिनिदिएको आरोप लगाए । ‘मलाई सम्झाउन फलानालाई टिकट दिन्छु भन्नुभयो, तर ५० मिनेटको समयमा निर्णय गरेर टिकट दिँदा पाँच वर्षसम्म शासन गर्ने उम्मेदवार जिताउन नसक्ने अवस्था आयो,’ उनले भने । महाराज भन्न सक्दैनौँ : धनराज तपाईंहरू हात्ती चढ्दै हिँड्ने महाराज र हामी त्यसको पछाडि फोहोरमा हिँड्नेजस्ता हुन पुग्यौँ । अब हामी राणाकालमा जस्तो महाराज सबै कुरा ठीक भन्न सक्दैनौँ । प्रधानमन्त्रीज्यू सुरक्षाका लागि निवेदन दिऊँ : बलबहादुर केसी केन्द्रीय सदस्य बलहादुर केसीले सोलुखुम्बू जिल्लामा आफ्नो ज्यानलाई असुरक्षा बढेको भन्दै चिन्ता जनाए । ‘जिल्लामा मेरो ज्यानको असुरक्षा छ । मेरो सुरक्षाका लागि प्रधानमन्त्रीलाई निवेदन दिऊँ कि के गरौँ ?’ केसीले भने, ‘म एउटा सांसद सुरक्षित हुन पाउँछु कि पाउँदिनँ ?’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy