Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

माओवादी केन्द्रले सचिवालय बैठकका निर्णय अाज सार्वजनिक गर्ने

\"\"काठमाडाैं । ने.क.पा. (माओवादी केन्द्र)ले शनिबार सम्पन्न सचिवालय बैठकका निर्णयहरु अाज सार्वजनिक गर्दैछ । प्रवक्ता पम्फा भुसालले सूचना निकालेर पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो २ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गरिएकाे जानकारी दिइन । हिजो सम्पन्न बैठकले पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अन्तर्घात गरेका पार्टीका नेता–कार्यकर्तामाथि माओवादीले कारवाही गर्ने निर्णय गरेकाे छ । पार्टी केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा बोल्दै प्रचण्डले भने ‘वागी उम्मेदवार हुने, अन्तर्घात गर्ने र अर्को पार्टीको पैसा खानेलार्इ कारवाही गरिन्छ । ६ वटै प्रदेशमा तीन–तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानविन हुन्छ । दोषी पाइए कारवाही हुन्छ ।’ प्रचण्डले भने । विभिन्न जिल्लाबाट अन्तर्घातका उजुरी आएपछि माओवादी दोषीमाथि कारवाही गर्न कार्यदल बनाउने निर्णय गरेको हो । माओवादी वैठकले २ नम्वर प्रदेशको चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । त्यसबाहेक राम्रो जित भएका जिल्लामा त्यहाँका मतदाताहरुलाई संगठनमा ढाल्न पनि जोड दिने माओवादी निर्णय छ । वैठकमा प्रचण्डले अवको चुनावमा संघीयता विरोधी र गणतन्त्र विरोधीसँग तालमेल नहुने बताएका छन् । यसबाहेक माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ । यसबाहेक प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौटका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ । माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending