Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

७७ कि ७५ जिल्ला ? अायोग नै अन्योलमा

\"\"काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला हुने भन्नेमा द्विविधामा परेकोे छ । क्षेत्र निर्धारणका लागि सुझाब लिन छलफलका लागि बोलाएका विज्ञहरूले नै चारथरी सुझाब दिएपछि कसरी अगाडि बढ्ने भन्नेमा आयोग नै अलमलमा परेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– संविधानले नै जिल्लाबारे प्रस्टता नदिएकाले आयोगका पदाधिकारी र विज्ञहरूले प्रस्ट जवाफ दिन सकेका छैनन् । पहिला जिल्लाको संख्या मिलाएर मात्र क्षेत्र निर्धारणको अन्य काम सुरु गर्ने तयारीमा आयोग लागेको छ । आयोगले सोमबार र मंगलबार निर्वाचन क्षेत्र निर्धारणबारे विज्ञहरूसँग अनौपचारिक छलफल गरेको थियो । तर, छलफलमा सहभागी विज्ञहरूले ७७ जिल्ला मान्ने कि ७५ जिल्लामै १६५ निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्नेमा प्रस्ट धारणा दिन सकेनन् । आयोगका सदस्यको कार्यकक्ष नै छैन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै भवनमा आयोगको कार्यालय राखिएको छ । आयोग अध्यक्ष कमलनारायण दासबाहेक अन्य सदस्यको कार्यकक्ष अझै बनिसकेका छैन । जसले गर्दा औपचारिक रूपमा काम सुरु गर्न समस्या भएको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए । आयोगले सांसद एवं कानुन व्यवसायी राधेश्याम अधिकारी, अग्नि खरेल, रामनारायण बिडारी, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, हरिहर दाहाल, भीमार्जुन आचार्य, त्रिवि जनसंख्या विभागका गोविन्द सुवेदी, केशव अधिकारी, डम्बर चेम्जोङसँग छलफल गरेको छ । चेम्जोङ २४० निर्वाचन क्षेत्र निर्धारण गर्दा गठन भएको आयोगका सदस्य थिए । त्यसैगरी, आयोगले तत्कालीन संविधानसभाको संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलासँग पनि छलफल गरेको छ । ७७ कि ७५ जिल्ला संविधानमै अस्पष्ट जिल्ला कति हुने भन्नेबारे संविधानमै स्पष्टता छैन । संविधानको धारा ५६ को उपधारा ३ मा भनिएको छ– संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका अनुसूची ४ मा उल्लेख भएबमोजिमका जिल्लाहरू रहेका प्रदेश रहनेछन् । अनुसूची ४ मा नवलपरासी र रुकुम जिल्लालाई विभाजित गरिएको छ । अहिले ती जिल्ला दुई–दुईवटा भएका छन् । यसरी हेर्दा ७७ जिल्ला हुन्छ । तर, संविधानको २८६ धारामा जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने गरी बाँकी निर्वाचन क्षेत्र जनसंख्या र भौगोलिक विशिष्टताका आधारमा तय गर्ने व्यवस्था गरेको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीका अनुसार धारा २८६ ले ७५ जिल्लाको परिकल्पना गरेको देखिए पनि धारा ५६ अनुसार भने ७७ जिल्ला कायम हुने देखिन्छ । निर्वाचन क्षेत्रको नाम राख्नेबारे छलफल प्रतिनिधिसभाका लागि निर्धारण हुने १६५ निर्वाचन क्षेत्रको नाम राख्ने विषयमा अनौपचारिक छलफल भएको छ । अहिलेसम्म निर्वाचन क्षेत्र नम्बरका आधारमा निर्धारण गरिएको छ । भारतका केही स्थानमा निर्वाचन क्षेत्रको नामकरण गरिएको छ । निर्वाचन क्षेत्रको नामकरण गरेर जान सकिने भए पनि केही जटिलता हुने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । आयोग सदस्य माधव अधिकारीले भने आयोगको कार्यालय व्यवस्थापन भइनसकेकाले औपचारिक रूपमा काम आरम्भ नभएको बताए । ‘केही विज्ञहरूसँग अनौपचारिक छलफल त गरेका छौँ । निर्वाचन क्षेत्रको संख्या नभई नाम राख्ने भन्नेबारेमा विस्तारै छलफल होला, तर अहिले आयोगले अरूको सुझाब लिइरहेको छ, बोलेको छैन,’ अधिकारीले नयाँ पाित्रकासँग भने । विज्ञका चारथरी सुझाब १. ७५ जिल्ला आयोगलाई सुझाब दिनेमध्ये केही विज्ञले ७५ जिल्ला नै कायम राख्नुपर्ने बताएका छन् । संविधानले ७५ कि ७७ जिल्लाको परिकल्पना गरेको हो ? भनेर प्रस्ट पार्न तत्कालीन संविधानसभाको संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलासँग पनि आयोगले छलफल गरेको थियो । सिटौलाले अनुसूचीमा ७७ देखिए पनि खासमा संविधानको आशय जिल्ला बढाउने नभएको उल्लेख गरेका थिए । त्यसैगरी, अन्य केही विज्ञले पनि ७५ जिल्ला नै कायम गर्नुपर्ने सुझाब दिएको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए । २. ७७ जिल्ला संविधानको अनुसूची ४ अनुसार ७७ जिल्ला बनाउनुपर्ने सुझाब पनि आएको छ । आयोगका सदस्य अधिकारीका अनुसार केही विज्ञले रुकुम र नवलपरासी टुक्रिएर दुईवटा प्रदेशमा गएपछि दुई जिल्ला मान्नुपर्ने तर्क गरेका थिए । ३. प्रदेशको जनसंख्याका आधारमा देशलाई १६५ निर्वाचन क्षेत्र मान्ने र प्रदेशको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने सुझाब पनि आएको छ । त्यसो गर्दा संविधानको व्यवस्थाअनुसार जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र कायम राख्नुपर्ने हुन्छ । ४. ७५ जिल्ला ७७ क्षेत्र हाललाई ७५ जिल्लाभित्रै ७७ वटा निर्वाचन क्षेत्र मानेर जान सकिने सुझाब पनि आएको छ । बार अध्यक्ष शेरबहादुर केसीले संविधानको मर्मअनुसार जाँदा ७५ जिल्लालाई ७७ निर्वाचन क्षेत्र मानेर जान सकिने सुझाब दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending