Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रहरी प्रतिष्ठानमा भारतीय अड्को

\"\"काठमाडौं । भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी प्रतिष्ठान अझै अन्योलमा छ । नेपालले एकपक्षीय ढंगलले प्रतिष्ठानको गुरुयोजना बनाएको भन्दै भारतीय पक्ष असन्तुष्ट बनेपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको हो ।काभ्रेको पनौतीमा अत्याधुनिक प्रहरी प्रतिष्ठान बनाउन भारतले १८ वर्षयता नेपाललाई आस देखाउँदै आएको छ । त्यसका लागि नेपाल सरकारले पनौतीमै ४२.२ हेक्टर जग्गा अधिग्रहण पनि गरिसकेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा प्रतिष्ठान बनाउने प्रतिबद्धता मात्र व्यक्त गरेनन्, सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहिर शिलान्याससमेत गरे । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा प्रतिष्ठानको शिलान्यास गरेका थिए। शिलान्यासको फोटो अहिले पनि राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सजाएर राखिएको छ । कोइरालापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा प्रतिष्ठान बनाउने विषय उठाएका थिए । भारतीय पक्षबाट आश्वस्त रहन भनिए पनि अझै प्रतिबद्धताअनुसार काम हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा पनि यो विषयले महत्व पाउने उच्च सरकारी अधिकारीको दाबी छ । देउवाको भारत भ्रमणको एजेन्डामा पार्न गृह मन्त्रालयले अर्थ मन्त्रालयको वैदेशिक महाशाखाको सहयोग लिएर डकुमेन्ट तयार पारिरहेको छ ।भारतले प्रतिष्ठान निर्माणका लागि नेपाललाई आठ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो । पछिल्लो समय भारतले समझदारीपत्र (एमओयू)मै संशोधन गर्नुपर्ने अडान राखेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालले परामर्शदाता नियुक्तिका लागि आह्वान गरेको आवेदनमा १० वटा फर्मले दरखास्त हालेका थिए । भारतीय पक्षले परामर्शदाता नियुक्तिमा भारतीय पक्षको परामर्श लिनुपर्ने अडान राखेपछि उक्त प्रक्रिया रोकिएको छ । एमओयूमा पनि उक्त व्यवस्था उल्लेख छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव प्रमुख वैकुण्ठ अर्यालले प्रहरी प्रतिष्ठान बनाउने विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको बताए । भने, \'एक तहको छलफल भइसकेको छ फेरि एमओयू गर्ने विषय उठेको छ । दिल्लीबाटै यो विषयलाई गम्भीर ढंगले हेरिएको भन्ने कुरा आएको छ ।\' भारतीय पक्षले भने हुलाकी मार्गको मोडलमा एमओयू गर्नुपर्ने अडान लिएको स्रोतले बताएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भारतीय सहयोगमा बनाउने भनिएको प्रहरी प्रतिष्ठानका विषयमा छलफल चलिरहेको बताए । भने, \'अर्थ मन्त्रालयको समन्वयमा बैठक भइरहेको छ, कसरी अगाडि बढ्ने भन्नेबारे निक्र्योलमा पुगिएको छैन ।\' चीन सरकारले भने सशस्त्र प्रहरी बललाई अत्याधुनिक एकेडेमी बनाउन गरेको सम्झौताको दुई वर्षमै सरकारलाई हस्तान्तरण गरिसकेको छ । मातातीर्थमा बनेको उक्त एकेडेमी तीन अर्ब ६० करोड रुपैयाँको लागतमा बनेको हो । चिनियाँ राजदूत यू होङले गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा गृहसचिव लोकदर्शन रेग्मीलाई एकेडेमी हस्तान्तरण गरेकी थिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy