श्रावण २३ गते, २०७४ सोमवार 7th August, 2017 Mon०८:३२:५२ मा प्रकाशित
काठमाडौं ।उपेन्द्र यादवको पार्टीसँगको एकता भाँडिएको रनाहामा रहेका डा. बाबुराम भट्टराई अब विवेकशील साझा पार्टीका संयोजक बन्लान त ? भट्टराईलाई संयोजकका रुपमा भित्र्याउनकै लागि संयोजक बिना नै दुई पार्टीका अध्यक्षहरु सहसंयोजकमा बसेर पार्टी एकीकरण गरेका कुराले नयाँ शक्ति पार्टीमा खुब चर्चा पाएको छ ।
साँघु साप्ताहिकमा खबर छ– विवेकशील साझा पार्टीमा गएका पूर्व माओवादी तथा नयाँ शक्तिका समेत नेता रहिसकेका मुमाराम खनालकै निर्णायक दबावमा विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पार्टीको दोश्रो तहको पदमा बसेको बताइएको छ ।
आफूलाई बाम बुद्धिजीवी भएको दाबी गर्ने र जता गएपनि सपार्ने भन्दा पनि बिगार्ने काममा आफ्नो दक्षता देखाइहाल्ने खनालले अध्यक्ष वा सांयेजक बिनाको साझा विवेकशील पार्टी कसरी बनाउन सफल भए ।
प्रमुख पदबिना नै पार्टी चल्नसक्छ भन्ने यो उनकै पहलमा भएको नयाँ प्रयोग गरिएको चर्चा छ । उता आफूले छाडिसकेको नयाँ शक्तिलाई पनि निश्चित धार समातेर योजनासहित अगाडि बढ्नबाट खनालको प्रयासले अल्झाइरहेको छ र अन्योल मात्र बढेको छ । तर, पार्टीभित्रैका केशब दाहाल र गंगा श्रेष्ठहरु समेत नयाँ शक्तिलाई साझा विवेकशीलमा विलय गराएर बाबुराम त्यसको अध्यक्ष बन्नुपर्छ भनी लागेका छन् ।
चारैतर्फबाट असफलता मात्र व्यहोरिरहेका बाबुराम भट्टराईसमेत पाटीृभित्रै विभिन्न गुट, उपगुटको संघर्ष र तानातानका कारण रनभुल्लमा परेको बताइएको छ । उपेन्द्रसँगको पार्टी एकता प्रयास असफल भएपछि भट्टराई पार्टीभित्रै नयाँ समीकरण बनाएर जाने अठोटसहित प्रस्तुत भए । केशव दाहाल, डम्बर बुढाथोकी, गंगा श्रेष्ठहरुको योजनालाई आफ्नै भएको बहानामा पार्टीको जिम्मेवारीमा हेरफेर गर्न कस्सिएका भट्टराईलाई यसैले यता न उताको बनाएको छ ।
हाल संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेललाई त्यहाँबाट हटाएर सहसंयोजक बनाउने अठोट भट्टराईको छ । तर, यो प्रस्ताव अघि बढाउनासाथ उनका जनयुद्धदेखिका सहयोगीहरु सबै यसको विपक्षमा उभिए ।
भट्टराइएले देवेन्द्रको प्रभाव पार्टीभित्र असिमित रुपले बढिरहेकाले अलिक साइजमा ल्याउन संगठन विभागबाट हटाएर बढुवा गरेको भ्रममा सहसंयोजक बनाउने पहल गरेका हुन् । तर, भट्टराईको यस्तो योजना सार्वजनिक हुनासाथ पार्टी संगठनमा प्रमुख भूमिकामा रहेका प्रायः सबैले विरोध गरे । उनका हिजोदेखिका सहयोगी कुमार पौडेलदेखि पछि समेटिन आएका पासांग शेर्पाले समेत देवेन्द्रलाई पार्टी संगठन विभागबाट हटाने हो भने आफूहरुले पार्टीको कुनै जिम्मेवारी नलिने र निस्क्रिय बस्ने चेतावनी दिइसके ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: