Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

दीपेन्द्र गए तर दुःख गएन देवयानीको

\"\"काठमाडौं । कमल थापासँग साँवा–ब्याजसहित असुल हुनेगरी पार्टी फुटाएका पशुपति समशेरकी छोरकिो घरबार टुटेको छ । स्रोतका अनुसार यता थापाको भन्दा धेरै सांसद आफूसँग लिन सफल राणाकी छोरी देवयानीले भने आफैंले रोजेर विवाह बन्धनमा बाँधिएको पतिलाई ठूलो धनराशी बुझाएर छुटकारा लिएकी हुन् । जनअास्था साप्ताहिकमा खबर छ– देवयानी उनै चर्चित युवती हुन् जोसँग जोडेर २४० वर्षे शाहवंशकै अन्त्य हुनेगरी ०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डभएको थियो । तत्कालीन रानी ऐश्वर्यले पशुपतिपुत्री देवयानीलाई बुहारी स्विकार्न नमानेपछि तन्किएका अनेकन घटनाक्रमको जगमाथि टेकेर सो दुःखद घटना भएको विश्वास गरिन्छ । तत्कालीन युवराज दीपेन्द्रसँग प्रेममा परेकी देवयानी सो पीडा र सारा सम्झना भुल्न स्विट्जरल्याण्ड गएकी थिइन् । त्यहीँको एक क्लबमा उनको ऐश्वर्य नै नाम गरेका तर पुरुष जातका एक युवकसँग भेट भयो । विस्तारै भेटघाट झांगिँदै प्रेम सम्बन्धमा परिणत भएपछि उनले आफूभन्दा ५ वर्ष कम उमेरका ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् । उनी कांग्रेस आईका नेता तथा भारतका पूर्वमन्त्री अर्जुन सिंहका नाति हुन् । तर, देवयानीको दोस्रो रोजाइ पनि गलत सावित भयो । जीवनसाथीको रुपमा गरिएको चयन अभिशाप बन्ने स्थिति देखाप¥यो । ऐश्वर्यको अत्यधिक जाँड खाने, मनमौजी गर्दै हिँड्ने, परस्त्रीगमनलगायत चारित्रिक कमजोरीका कारण देवयानी पतिसँग बस्न नसक्ने अवस्थामा पुगिन् । उनीहरुबीचको दाम्पत्य जीवन नजमेकै बेला ऐश्वर्यका हजुरबुबाले मन्त्री रहँदा आर्जन गरेको अवैधानिक सम्पत्ति लुकाएर राखेको मुलुक पोल्याण्डले खाता जफत ग¥यो । यसरी अर्बौं रकम एकैचोटि जफतमा परेपछि आर्थिक रुपमा समेत तन्नम बनेका ऐश्वर्यको देवयानीमाथिको अत्याचार बढ्दै गएको बताइन्छ । देवयानीका मावली ग्वालियरको सिन्धिया घराना भएका कारण उनीहरुको समेत सहयोगमा आजित भएर उनले ऐश्वर्यको माग पूरा गर्दै चुलोचौको अलग गरेर बसेको स्रोतले बताएको छ । सम्बन्ध खराब भए पनि कानुनी रुपमा औपचारिक सम्बन्धविच्छेद नभएका कारण केही वर्ष भान्छा अलग तर एउटै घरमा बस्ने व्यवस्था मिलाइएको थियो । दिल्लीका रइसहरु बस्ने कालन्दीस्थित एउटा विशाल कम्पाउण्डसहितको दरबारजस्तो घरमा अहिले उनको बसोबास छ । नौ वर्षीय छोरा आफैंसँग राख्ने शर्तसहित उनीहरु छुट्टिएका हुन् । टेस्टट्युब प्रविधिबाट लण्डनमा जन्मिएको छोरालाई आफूसँग राख्ने चाहना पूरा गर्न देवयानीले ऐश्वर्यलाई करोडौं रकम तिर्नुपरेको हो । सामान्यतया लोग्नेसँग छुट्टिँदा मानाचामल र अंशका रुपमा महिलाले सम्पत्ति लिने आम चलन विपरीत बेकम्मा श्रीमानलाई पैसा बुझाएर उन्मुक्ति लिएकी देवयानी हाल छोराको पालनपोषणका लागि हेभी इक्विपमेन्ट उत्पादन गर्ने जर्मन कम्पनी क्याटरपिलरको दिल्लीस्थित क्षेत्रीय कार्यलयकमा काम गर्छिन् । यसले भारत, नेपाल र भुटानमा डोजर, रोलर र भवन तथा सडक निर्माणसम्बन्धि उत्पादन बिक्री वितरण गर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending