Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

जनार्दन शर्माको गृह सुधार रोडम्यापको कार्यान्वयन सुरु

\"\"काठमडौं । गृह मन्त्रालयले तयार पारेको गृह प्रशासन सुधार मार्गचित्रको कार्यान्वयन थालिएको छ । जनार्दन शर्मा मन्त्री भएपछि जवाफदेही गृह प्रशासन, शान्ति सुरक्षा र सुशासन भन्ने नारालाई मूर्त रूप दिन भन्दै ‘सुधार रोडम्याप २०७४’ तयार पारिएको थियो । कार्ययोजनालाई मूर्त रूप दिन काम थालिएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिए । अाजको नयाँ पत्रिकामा खबर छ– जिल्ला प्रशासन सुधार योजनालाई विशेष प्राथमिकता दिइएको छ । ७५ वटै जिल्ला प्रशासन कार्यालयको स्तरोन्नति कार्यलाई अगाडि बढाइएको काफ्लेले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा–सुविधालाई उत्कृष्ट र प्रभावकारी बनाउन सबै कर्मचारीलाई साधन, स्रोत र प्रविधिले दक्ष पारिनेछ । कार्यालयसहित गृह मन्त्रालय र मातहतका सबै संगठनलाई सुदृढ र सशक्त बनाउन आवश्यक पर्ने नयाँ भौतिक पूर्वाधार, प्रविधि, उपकरण र बन्दोबस्तीका सामग्री व्यवस्था मिलाउन आवश्यक स्रोत उपलब्ध गराइनेछ । यसैगरी गृह मन्त्रालय र अन्तर्गतका सबै संगठनमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा संगठनको वृहत्तर उद्देश्यअनुरूप प्राप्त हुनुपर्ने नतिजासँग आबद्ध गरिने गरी कार्ययोजना अघि बढाइएको छ । ऐन संशोधनको गृहकार्य मन्त्रालयले स्थानीय प्रशासन ऐन संशोधनका लागि आवश्यक गृहकार्य पनि अघि बढाएको छ । नागरिकता ऐनको नयाँ मस्यौदा तयार पारिएको छ भने विपद् व्यवस्थापन ऐन प्रक्रियामा रहेको छ । मन्त्रालयका अनुसार सामाजिक सुधार ऐनको संशोधन प्रक्रिया पनि अघि बढाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभासम्बन्धी ऐन भने संसद्मा पठाइसकिएको छ । आन्तरिक सुरक्षा नीति पनि संशोधनको प्रक्रिया थालिएको छ । राजमार्ग बन्द पूर्ण रूपमा निषेध काफ्लेका अनुसार विभिन्न बहानामा हुने राजमार्ग बन्द कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखलाई जिल्लामा रहेका राजमार्ग कुनै पनि बहानामा बन्द हुन नदिने र बन्द भएको पाइए तत्काल खुलाउन निर्देशन दिइएको उनले बताए । ‘राष्ट्रिय राजमार्ग चौबीसै घन्टा खुला राखिएको छ । कुनै पनि अवरोध आउन नदिन जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिइएको छ’ उनले भने । सीमा क्षेत्र व्यवस्थित गृह मन्त्रालयले सीमा क्षेत्रलाई समेत व्यवस्थित गर्न थालिएको जनाएको छ । सीमा क्षेत्रमा हुने अवाञ्छित खालका गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न थालिएको काफ्लेले बताए । सीमा क्षेत्रमा हुने सबै प्रकारका गतिविधिलाई नियमित रूपमा निगरानी राख्ने गरिएकोसमेत काफ्लेले जानकारी दिए । राजधानीलगायत देशका प्रमुख सहरमा हुने गुण्डागर्दी नियन्त्रण गर्नुका साथै सिन्डिकेटलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई विशेष निर्देशन दिइसकिएको काफ्लेले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending