Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रदेश २ मा राजपासँगको तालमेल एमालेको पहिलो प्राथमिकता, यस्तो छ जितको अाँकलन

\"\"काठमाडौं । एमालेले आफूविरुद्ध कांग्रेस र माओवादी केन्द्रसहित मधेस केन्द्रित दलले संयुक्त मोर्चाबन्दी नगरे प्रदेश नम्बर २ को स्थानीय चुनावमा पहिलो दल बन्ने चुनावी परिणाम आँकलन गरेको छ । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा खटिएका पदाधिकारीहरूले गरेको अध्ययन प्रतिवेदनका आधारमा एमालेले दुई नम्बर प्रदेशमा पहिलो दल बन्न सकिने आँकलन गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– एक साता २ नम्बर प्रदेशका ८ जिल्लामा खटिएका पदाधिकारीहरूले महासचिव पोखरेललाई छुट्टाछुट्टै प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनलाई आधार मानेर चुनावी रणनीति बनाउने गरी बिहीबार छलफल हुने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘बिहीबार सचिवालयमा औपचारिक छलफल हुन्छ, त्यसपछि प्रतिवेदनका आधारमा चुनावी रणनीति बनाउँदै तयारी अभियान तीव्र ढंगले अघि बढाइनेछ’, गुरुङले भने । चुनावी आँकलनका लागि महासचिव पोखरेलको नेतृत्वमा एमालेका पदाधिकारीहरू अघिल्लो साता २ नम्बर प्रदेशका ८ वटै जिल्लामा खटिएका थिए । ७० सिट जित्ने आँकलन एमालेले तराईका आठ जिल्लामा तालमेलविनै ६० देखि ६३ स्थानीय तहमा जित सुनिश्चित रहेको आँकलन गरेको छ । स्थानीय आवश्यकताका आधारमा तालमेल भए कम्तीमा थप १० तह जितिने स्थिति रहेको एमालेले जनाएको छ । ‘मुख्य प्रतिस्पर्धा कांग्रेसँगै हुन्छ तर, उसले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत गर्न सकेको छैन, गुरुङले भने,‘एमालेलाई मधेसविरोधी भनेर चलाइएको हल्ला र भ्रम तोडिएको छ, त्यसैले कांग्रेसले माओवादी केन्द्र र मधेस केन्द्रित दलसँग महागठबन्धन नगरी प्रतिस्पर्धामा आउने हो भने हामी कम्तीमा २५-३० सिटको अन्तरले सहजै पहिलो दल बन्छौँ ।’ चुनावी आँकलनका लागि ईश्वर पोखरेल–बारा, विष्णु पौडेल–पर्सा, घनश्याम भुसाल–रौतहट, प्रदीप ज्ञवाली–सिरहा र सर्लाही, योगेश भट्टराई–धनुषा, पृथ्वीसुब्बा गुरुङ–महोत्तरी, गोकर्ण विष्ट–सर्लाही र भीम आचार्य–सप्तरी खटिएका थिए । राजपासँगको तालमेल प्राथमिकतामा राष्ट्रिय जनता पार्टीले चुनावमा भाग लिने-नलिने निर्णय गरिनसके पनि एमालेले दुई नम्बर प्रदेशमा उसँगको तालमेललाई प्राथमिकतामा राखेको छ । कांग्रेसबाहेक राजनीतिक दलसँग तालमेलका लागि खुला रहने नीतिअन्तर्गत स्थानीय आवश्यकताअनुसार राजपासँग तालमेल गर्ने नीति प्राथमिकतामा रहेको सचिव गुरुङले बताए । त्यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक नेपालसँग पनि तालमेलका लागि एमाले खुला रहने भएको छ । एमाले २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले पनि राजपाले आवश्यकता ठान्दा तालमेल हुन सक्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending