Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

उत्तर कोरिया जाँदै नेपाल

\"\"काठमाडौं । एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् ।एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका हुन् । सांसदहरू भने बिहीबार नै त्यसतर्फ लागिसकेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ । नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए । जवाफमा नेपालले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द गर्ने मनस्थितिमा आफू नरहेको बताएका थिए । उनी \'इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु\' नामक कार्यक्रममा सहभागी हुन उत्तर कोरिया जान लागेका हुन् । उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ । नेपालले प्योङयाङमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा प्रमुख आतिथ्य स्वीकार गरेकोमा पश्चिमा मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयका अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयका अधिकारीले नेपाललाई टेलिफोन गरी भ्रमणको उद्देश्यबारे चासो राखेको स्रोतले जनाएको छ । \'विदेशी कूटनीतिज्ञले घुमाउरो पारामा नेपालको भ्रमण रोकिदिन आग्रह गरेका थिए\', परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, \'हामीले पूर्वप्रधानमन्त्री नेपाललाई नजानु त भन्न सकेनौं । तर, उत्तर कोरियाबारे राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायको धारणा अवगत गराएका छैाँ । बाँकी निर्णय उहाँकै हुनेछ ।\' स्रोतका अनुसार नेपाल भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy