Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पिपलको रूखले ज्यान जोगियो

[caption id=\"attachment_148343\" align=\"alignleft\" width=\"699\"]\"\" घरमा बाढी पसेपछि पिपलको रूखमा चढेर ज्यान जोगाएका समा परियारको परिवार ।[/caption] चितवन । माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए । समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’ बाढी पसेपछि उनको बस्ने बास छैन । माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन् । ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’ उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो । चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो । उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे । एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए । राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे । आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् । पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्‍याएका थिए । ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको ।’ अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्‍यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए । ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो । कतिले ज्यानको आस नै मारेका थिए । बाढीका कारण खाद्यान्न, लत्ता-कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने । प्रारम्भिक जानकारीअनुसार माडीमा करिब ३ सय घरमा क्षति पुगेको छ ।रातभर सबै जाग्राम बसे । पानीको सतह बढेपछि यताउता जान सकेनन् । पटक-पटक बाढीले सताएर त्रसित बनेकाहरू यसपटक पनि ठूलै क्षति हुने आकलन गर्दै थिए । शनिबार पनि पानी पर्ने संकेत देखिएपछि उनीहरू झन् अत्तालिएका थिए । मुख्य सडकको दुई वटा पक्की पुल नै भत्काएको छ । धोवाह, रतनी , अमिलिया, सिमरा, बनकठ्ठा, सेरुवा, लक्ष्मीनिया, ढिकुरपोखरी, भैरवपुरलगायत क्षेत्र बढी प्रभावित बनेको छ । मूल सडकको दुई वटा पुलसहित १० वटा पुल भत्काएको छ । १६ वटा माछापोखरीमा क्षति पुगेको छ । वसन्तपुरबाट पूर्वको टेलिफोन अवरुद्ध भएको छ । बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा लगिएको नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । ‘तत्कालका लागि राहत र उद्धारको काम गर्‍यौं’, उनले भने, ‘माडीलाई बाढीबाट जोगाउन पछि दीर्घकालीन योजना ल्याउँछैाँ ।’ उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तैनाथ गरिएको छ भने चितवन राष्ट्रिय निकुञ्जको दुई वटा हात्ती तयारी अवस्थामा राखिएको छ । बाढीबाट प्रभावितलार्इृ सुरक्षित स्थानमा अस्थायी बसोवासको व्यवस्था गरिएको छ । जिल्लास्थित रेडक्रसले खाद्यान्नबाहेक सामग्री सहयोग गरेको छ । जिल्लाको विपद व्यवस्थापन समितिले तत्काल गर्न सकिने आधारभूत काम गरेको जनाएको छ । ‘तत्कालका लागि उद्धारको काम गरियो, क्षति नहोस् भनेर रेस्क्यु टोली राखिएको छ’, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘बाढीले क्षति पुगेका स्थानमा तत्काल अस्थायी संरचना बनाएर व्यवस्थापन गर्ने कुरा भएको छ ।’ रिउ खोलाको सतह ५.१० मिटर पुगेको थियो । ३ मिटरभन्दा बढी भए खतराको संकेट मानिन्छ । माडीमा यसअघि ०३० सालमा यस्तै बाढी आएको थियो । त्यतिबेला करिब ४ सय घरधुरीलाई बर्दियामा पुनःस्थापन गएिको थियो । ०५० सालमा आएको बाढीले जनधनको क्षति गर्‍यो । त्यसपछि ०५६ र ०६७ मा ठूलो बाढी आयो । यसपटकको बाढी ०६७ पछिको ठूलो हो । बाढीका कारण माडीको जनजीवन प्रभावित भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending