Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चीनबाट २१ सदस्यीय टोली सोमबार नेपाल आउँदै

\"\"काठमाडौं । चीनका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल आउँदै छन् । चीनको स्टेट काउन्सिलका उपप्रधानमन्त्री याङको नेतृत्वमा १८ जना प्रतिनिधिमण्डल र तीनजना सुरक्षा तथा मेडिकल स्टाफ गरी २१ सदस्यीय टोली नेपाल आउन लागेको हो । टोलीमा स्टेट काउन्सिलका उपमहासचिव तथा दुईजना उपमन्त्रीसहित पूर्वाधार विकाससँग सम्बन्धित उच्च अधिकारी सामेल छन् । चिनियाँ प्रतिनिधिमण्डल आफ्नै जहाजमा आउँदै छ । अाजको नयाँ पत्रिकामा खबर छ– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा आउन लागेको प्रतिनिधिमण्डलमा नेपालका लागि चीनका राजदूत यु होङ यतैबाट सामेल हुनेछिन् । स्रोतका अनुसार चीनबाट आउने टोलीमा स्टेट काउन्सिलका उपमहासचिव जियाङ जेलिन, नेनिल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपमन्त्री वाङ सिआओताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री तथा अन्तर्राष्ट्रिय व्यापारम्बन्धी प्रतिनिधि यु जिआनहुवा छन् । यसैगरी, टोलीमा स्टेट काउन्सिलको रिसर्च अफिसका सहायकमन्त्री गुओ वेई, स्टेट काउन्सिलको जनरल अफिसका सेकेन्ड सेक्रेटेरियाटका आयुक्त सु चाङ, विदेश मन्त्रालयका सहायकमन्त्री कोङ सुआन्यु, स्टेट काउन्सिलको रिसर्च अफिसअन्तर्गत विकास रणनीति विभागका महानिर्देशक वाङ जिनगुई, उपप्रधानमन्त्री वाङका सचिव ली सियाङचुन, विदेश मन्त्रालयको एसियन मामिला विभागका उपमहानिर्देशक होउ याङकी, विदेश मन्त्रालयको सूचना विभागका उपमहानिर्देशक वाङ सिनिङ, विदेश मन्त्रालयको प्रोटोकल विभागका काउन्सिलर मा जुन, स्टेट काउन्सिलको रिसर्च अफिसअन्तर्गत विकास रणनीति विभागका उपकाउन्सिलर बाओ सिहोङ पनि सामेल छन् । चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला विभागका उपनिर्देशक सेन सिउसिया, विदेश मन्त्रालयको प्रोटोकल विभागका उपनिर्देशक सियान यी, विदेश मन्त्रालयको अनुवादसम्बन्धी विभागका उपनिर्देशक जुआन यी, विदेश मन्त्रालयको प्रोटोकल विभागका तृतीय सचिव अु मिङ, स्टेट काउन्सिलअन्तर्गत द्वितीय सचिवालयका सदस्य स्टाफ झाङ बिन पनि टोलीमा सहभागी हुनेछन् । टोलीमा सेन्ट्रल सेक्युरिटी ब्युरोका डाइरेक्टर वाङ डायु, उपप्रधानमन्त्री वाङका निजी चिकित्सक झाङ हाइफेङ तथा उपप्रधानमन्त्री वाङका सुरक्षा अधिकृत युआन डासीसमेतसामेल छन् । राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतालाई भेट्ने तीनदिने भ्रमणमा आउने टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री वाङले नेपाली समकक्षी महरासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । टोलीले ओबिओआरमा नेपालले गरेको लिखित सम्झौता कार्यान्वयनका विषयमा छलफल गर्ने कार्यक्रम छ । यसैगरी, चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल हुने परराष्ट्र अधिकारीहरूले बताएका छन् । चिनियाँ अधिकारीले नेपालसँग वसन्तपुर दरबार, रानीपोखरीस्थित दरबार हाइस्कुल र नुवाकोट दरबार पुनर्निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । दक्षिण छिमेकबाट भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिमस्टेक बैठकमा सहभागी भएर शुक्रबार स्वदेश फर्केकी छिन् । उनले नेपालका शीर्ष नेतासँग उच्चस्तरीय भेटवार्ता गरेर फर्केको चार दिनपछि औपचारिक भ्रमणका क्रममा चिनियाँ उपप्रधानमन्त्रीको टोली आउँदै छ । चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण डेढ महिनाअघि नै तय भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy