श्रावण ३१ गते, २०७४ मगलवार 15th August, 2017 Tue०६:१६:३७ मा प्रकाशित
काठमाडौं ।चीनले डोक्लाम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नेपालले डोक्लाम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले अन्नपूर्णलाई बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लाम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए ।
\'डोक्लाम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लाममा तनाव देखिएको हो । नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ\', एक चिनियाँ अधिकारीलेभने । ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लाम मुद्दामा नेपालको समर्थन नखोजेको बताए ।
चीन र भुटानबीच डोक्लाम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ ।
डोक्लाममा चीन र भुटान दुवैको दाबी छ । चिनियाँ सेनाले दुई महिनाअघि डोक्लम क्षेत्रमा सडक निर्माण गरिरहँदा भारतले सेना प्रयोग गरी रोकेपछि चीन र भारतबीच तनाव बढेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले वाङको भ्रमण डोक्लाम समस्यासँग नजोडिएको बताएको छ । \'चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण पूर्वनिर्धारित हो । यो आकस्मिक होइन । डोक्लाम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादसँग जोडेर यो भ्रमणलाई लिन जरुरी छैन\', उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भने । उनले नेपाल डोक्लाम समस्या युद्धबाट नभई शान्तिपूर्ण वार्ताबाट समाधान होस् भन्ने चाहेको बताए ।
\'हामीले यो विवादमा कुनै पक्षको पनि समर्थन गरेका छैनौँ । यस मामिलामा हाम्रो तटस्थ रहने नीति स्पष्ट छ\', उनले हालैको अन्तरक्रियामा पत्रकारसँग भनेका थिए । चीन र भारतका काठमाडौंस्थित राजदूतसँग नेपालको पोजिसन स्पष्ट पारिसकिएको उनले बताए । उनले चीन र भारत दुवैले नेपाललाई डोक्लम मुद्दामा समर्थन गर्न दबाब नदिएको बताएका थिए । तर, यही साता नेपाल भ्रमण गरी फर्किएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री देउवासँग डोक्लाम मुद्दाबारे एकल भेटमा कुराकानी गरेको र आसन्न देउवाको भ्रमणमा सो मुद्दा उठ्न सक्ने चिनियाँ पक्षको आशंका देखिएको नेपाली अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: