श्रावण ३१ गते, २०७४ मगलवार 15th August, 2017 Tue०६:५३:१५ मा प्रकाशित
काठमाडौं । गाउँपालिकाका जनप्रतिनिधिहरूको छाता संगठन गाउँपालिका संघले भदौ महिनाभरि पनि केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपुगे गाउँपालिका आफैँले कर्मचारी भर्ना गर्ने चेतावनी दिएको छ । गाउँपालिका संघको तर्फबाट प्रदेश समन्वय कमिटी प्रदेश नं. ३ र ४ का गाउँपालिकाका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेर सरकारलाई त्यस्तो चेतावनीपूर्ण निर्णय सार्वजनिक गरेका हुन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– गाउँपालिकामा निकै न्युन संख्यामा कर्मचारी रहँदा काम गर्न नसकेको र भएका कर्मचारीमा समेत विषयगत ज्ञानको अभाव रहेको उनीहरुको गुनासो छ । यस्तै भएका कर्मचारी समेत कार्यकारीबाट विदा स्वीकृत गराएर बाहिर बस्दा समस्या भएको उनीहरुको चिन्ता छ ।
सरकारले स्थानीय तहमा कर्मचारीलाई काजमा खटाउने प्रयास गरेपनि विभिन्न माग राख्दै कर्मचारी स्थानीय तहमा खटिन मानेका छैनन्।
स्थानीय तहमा खटिएका कर्मचारीहरुले समेत केन्द्रमै सरुवा माग्दै निवेदन दिन थालेपछि जनप्रतिनिधीहरुले सरकारले यस्तो चेतावनी दिएको हो । अहिले शिक्षा समूहका कर्मचारीले स्थानीय तहमा जान मानेका छैनन् भने प्रशासन सेवा समूहबाट खटिएका अधिकाशं कर्मचारीले स्थानीय तहमा काम गर्न नसकेको भन्दै स्थानीय विकास मन्त्रालयमा निवेदन दिइरहेको छ । यस्तै करिब २ सय १० स्थानीय तह कार्यकारी विहिन रहेको छ ।
गाउँपालिकामा योग्य र आवश्यक कर्मचारी नहुँदा दैनिक कार्यसंचालन र बार्षिक कार्यक्रम संचालन गर्न अप्ठेरो परिरहेको छ, प्रदेश नं ३ र ४ का गाउँपालिका अध्यक्षहरुले विज्ञप्तीमा भनेका छन्, ‘नेपाल सरकारले भदौभित्र जनशक्ति नपठाए आफ्ना लागि आवश्यक जनशक्ति व्यवस्था गर्नेछौँ ।’
यस्तै उनीहरुले करार वा परामर्श सेवा मार्फत जनशक्ति व्यवस्था गरेरै भएपनि पूँजीगत खर्चमा बृद्धि गर्न सबै जनप्रतिनिधीहरुलाई आह्वान समेत गरेका छन् ।
स्थानीय तहमा खटिन चाहँदैनन् कर्मचारी
सरकारले स्थानीय तहमा कर्मचारीलाई काजमा खटाउने प्रयास गरे पनि विभिन्न माग राख्दै उनीहरू उम्किँदै आएका छन् । स्थानीय तहमा खटिएका कर्मचारीले समेत केन्द्रमै सरुवा माग्न थालेपछि जनप्रतिनिधिहरू आफैँले कर्मचारी नियुक्ति गर्ने चेतावनी दिएका हुन् । शिक्षा समूहका कर्मचारीले स्थानीय तहमा जान मानेका छैनन् भने प्रशासन सेवा समूहबाट खटिएका अधिकांश कर्मचारीले काम गर्न नसकेको भन्दै मन्त्रालयमा निवेदन दिएका छन् । करिब २१० स्थानीय तह कार्यकारीविहीन छन् ।
‘गाउँपालिकामा योग्य र आवश्यक कर्मचारी नहुँदा दैनिक कार्यसञ्चालन र वार्षिक कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको छ,’ प्रदेश नं. ३ र ४ का गाउँपालिका अध्यक्षहरूले सोमबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘सरकारले भदौभित्र जनशक्ति नपठाए आफ्ना लागि आवश्यक जनशक्ति आफैँ व्यवस्था गर्नेछौँ ।’ यस्तै, उनीहरूले करार वा परामर्श सेवामार्फत जनशक्ति व्यवस्था गरेरै भए पनि पुँजीगत खर्चमा वृद्धि गर्न सबै जनप्रतिनिधिलाई आह्वानसमेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: