Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

आफ्नै गाउँलाई हेलिकप्टरबाट हेरेर फर्किए मन्त्री

\"\"राजविराज । बिगत ६ दिनदेखि बाढीका कारण अस्तब्यस्त सप्तरीमा सोमबार दुईजना मन्त्री हवाई निरीक्षण गर्दे फर्केका छन् । आफ्नै गृह जिल्लाका बाढी पीडितको अवस्था बुझ्न सदरमुकाम नजिकैको बस्तीमा पनि नगएका पर्यटनमन्त्री जितेन्द्रनारायण देब र वातावरणमन्त्री मिथिला चौधरी हेलिकप्टरैबाट निरीक्षण गरी फर्केका हुन् । अाजको कान्तिपुरमा खबर छ– बाढीले २० हजार परिवारका १ लाख सप्तरीबासी अति प्रभावित रहेको सप्तरीका मन्त्रीद्वय देब र चौधरीले प्रतिनिधित्व गर्ने सप्तरीको ३ नम्बर निर्वाचन क्षेत्रका गाउँहरु अति प्रभावित सूचीमा छ । दुबैजना समानुपातिक सभासद् हुन् । ३ दिनअघि नै युवा सम्मेलनको उदघाटन गर्न सप्तरी आउने तयारीमा रहेका मन्त्रीद्वय देब र चौधरी बाढीका कारण सम्मेलन स्थगित भएकोपछि जिल्ला आएनन् । वातावरण मन्त्री चौधरीका लागि त मन्त्रालयकै गाडी तीनदिन अघि नै सप्तरी आएको थियो । दुवै मन्त्री सोमवार दिउँसो हेलिकप्टरबाट सप्तरी आए । राजविराजस्थित नेपाली सेनाको गणमा हेलिकप्टरवाट ओर्लेर मन्त्रीद्वयले प्रजिअ निवासमा पुगेर सरकारी अधिकारीलाई निर्देशन दिए । अनि फेरी सोही हेलिकप्टरमा चढी राजधानी तर्फ लागे । मन्त्री हेलिकप्टरमा आएर सदरमुकाममा प्रजिअलाई निर्देशन दिएपनि डुबानमै परेका सदरमुकामका पीडितहरुको अबस्था भने बुझ्न गएनन् । मन्त्री देब र चौधरीको घर रहेका बस्तीहरु समेत डुबानमा छ । तर, उनीहरु बाढी पीडित आफ्नै टोलवासीको अबस्था पनि बुझन गएनन् । ‘हेलिकप्टरवाट घुमेर मन्त्री बनेको देखाउन पो आएका रहेछन्’, सप्तरी तोपाका बाढी पीडित शिवनारायण मण्डलले भने, ‘आफनै गाउँघरका बाढी पीडितको अबस्था बुझेर २ शब्द आश्वासन पनि दिएनन् ।’ ‘भोटका बेला यही जनताको घरमा टाँसिने मन्त्रीहरु अहिले डुबानको पीडामा रहँदा हाम्रो अबस्था बुझन किन तल झरेनन्’, सकरपुरामा रामसेवक मुखियाले भने ,‘के हेलिकप्टरवाट घुमेर बाढी पीडितको अबस्था बुझन सकिन्छ र ?’ पर्यटनमन्त्री देबका स्वकीय सचिव भोगेन्द्र चौधरीले चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा उनको स्वागतका लागि सरकारले मन्त्री देबलाई नै जिम्मेवारी दिएकाले मन्त्री देब राजधानी फर्कनुपरेको बताए । मन्त्रीद्वयसँगै हेलिकप्टरमै राजधानीबाट अाएका सप्तरी २ का प्रत्यक्ष सभासद अशोककुमार मण्डल भने जिल्लामै छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending