यी हुन् चार घन्टा बाढीमा बगेर बाँँच्न सफल भएकी सानुमाया
भाद्र ३ गते, २०७४ शनिवार 19th August, 2017 Sat०६:४०:१७ मा प्रकाशित
धरान । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । अब बाँचिन्छजस्तो भएको थियो, त्यसलै रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् । तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो ।
अाजको नयाँ पत्रिकामा खबर छ– बर्खाको बाढीमा चार घन्टा लगातार बगेर पनि जीवित रहनु असम्भव नै हो । बाढीले झन्डै १० किलोमिटर टाढासम्म बगाउँदा साहस र संयोगले साथ दियो, त्यसैले बाँचिन् सानुमाया राई । तर, त्यही घटना उनका दिदी–भिनाजुका लागि दुर्भाग्य बन्यो । दिदीको शव भेटिएको छ भने भिनाजु अझै बेपत्ता छन् ।
इटहरी गैरीगाउँकी सानुमायालाई इटहरीकै जनता बस्तीस्थित दिदीको घरमा मध्यरातमा सुतिरेहकै वेला बाढीले बगाएको थियो । सानुमाया छुट्टीका वेलामा दिदीको घर जान्थिन् । यसपालि पनि दिदीका तीन वर्षीय छोरा निमेशको शनिबार बर्थ डे मनाउने भनेर अघिल्लै दिन दिदीको घर पुगेकी थिइन् । अर्को दिन ‘बर्थ डे’ मनाउने तयारी गरेर राति ११ बजे उनीहरू सुतेका थिए । रातको १२ बजे सुसाउँदै खोला आयो । बाढी आइरहेकाले बाहिर मान्छेहरू चिच्याइरहेका थिए । तर, आफूहरू सुरक्षित रहनेमा सानुमाया ढुक्क थिइन् । टिनको छानो र इँटाको गारो भएकाले घर दरिलै छ भन्ने उनको सोचाइ थियो ।
बाढी घरमा पसेको सबैभन्दा पहिले आफूले नै थाहा पाएको उनले बताइन् । थाहा पाउन्जेल बाढी घरको माथि–माथिसम्म पुगिसकेको थियो । हेर्दाहेर्दै बाढीले घरको गारो भत्कायो । उनीहरू अत्तालिए । बचाउ–बचाउ भन्दै गुहार मागे । तर, कसैले सुनेनन् । टोल सुनसान थियो । कसले सहयोग गर्नू ? बाढीले उनीहरूलाई बगाउँदै लग्यो । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । अब बाँचिन्छजस्तो भएको थियो, त्यसैले रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् । तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो ।
सानुमायालाई पौडी खेल्न आउँदैन । तर, बाढीमा फसेपछि रूखका हाँगाबिँगा समाउँदै उनले पौडने कोसिस गरिन् । ‘मलाई बाँच्न लेखेको रहेछ,’ सानुमायाले भनिन्, ‘जे–जे भेटेँ, समात्दै हातखुट्टा चलाउँदै गएँ ।’
उनलाई बाढीले ठुल्ठूलो झड्काका साथ बगाएको थियो । बाढीमा आएका मुढा पटक–पटक उनको खुट्टामा नराम्रोसँग ठोक्किए । तैपनि, त्यस्तै मुढाको भरमा उनले आफूलाई किनारसम्म पुर्याउन सकिन् । सानुमायालाई शनिबार बिहान साढे पाँच बजे हात्तीमुडाको खोलामा दाउरा टिप्न आएका स्थानीय बिरुऋषि देवले उद्धार गरेका थिए । यतिन्जेलसम्म उनी १० किलोमिटर तल पुगकी थिइन् ।
‘मेरा आँखामा बालुवा परेर हेर्न सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘आफू कहाँ छु भन्ने पनि थाहा पाइनँ । मान्छेहरू बोलेको सुनेँ, मलाई कसैले बचाउन लागेको छ भन्ने लाग्यो । त्यसैले थप गुहार पनि माग्न खोजेँ, तर मुखमा माटो र बालुवा भरिएकाले बोल्न सकिनँ ।’
उद्धारपछि दुहबीको सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । भित्री चोट नदेखिएकाले उपचारपछि उनी घर फर्केकी छिन् । डाक्टरले उनलाई एक महिनाको औषधि दिएका छन् ।
त्यति लामो समयसम्म बाढीमा बग्दासमेत आफूलाई मर्छुजस्तो नलागेको उनी बताउँछिन् । दुईपटक भुमरीमा पर्दाचाहिँ निकै डर लागेको उनले सुनाइन् । ‘धन्न बाँचेँ’, उनले भनिन्, ‘नयाँ जीवन पाएकी छु । भगवान्ले हात थापिदिए ।’ आत्मविश्वासले आफूलाई बचाएको बताउने उनी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत छिन् ।
उनकी दिदीकी छोरी कमला पनि रातभरि रूखमा चढेर बाँचिन् । कमलाका आमा (सानुमायाकी दिदी) आशादेवीको शब विराटनगरमा भेटियो । कमलाका बाबु राजकुमार र भाइ निमेष अझै बेपत्ता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: