नयाँ स्थानीय तहमा ५५ अधिकृत खटिए, १२८ तहमा अझै रिक्त
भाद्र ३ गते, २०७४ शनिवार 19th August, 2017 Sat०६:४६:०७ मा प्रकाशित
काठमाडौं ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकै दिन प्रदेश नम्बर २ अन्तर्गतका ५९ स्थानीय तहमा कार्यकारी अधिकृत नियुक्त गरेको छ । सरकारले ५५ जना अधिकृत तहका कर्मचारीलाई गाउँपालिका र पाँच उपसचिवलाई नगरपालिकाको कार्यकारी प्रमुखका रूपमा खटाएको हो । मन्त्रालयका अनुसार प्रदेश नम्बर २ का अझै ३३ नगरपालिकामा दरबन्दीअनुसारको कर्मचारी खटाउन बाँकी छ । कर्मचारी अभावमा ती स्थानीय तहमा कार्यकारी प्रमुख रिक्त रहँदै आएको छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– मन्त्रालयले रिक्त रहेका स्थानीय तहमा भदौ महिनाभरिमा कार्यकारी नियुक्त गरिसक्ने बताएको छ । ‘भदौभित्र सबै स्थानीय तहमा दरबन्दीअनुसार कार्यकारी अधिकृत तोक्ने प्रयासमा छौँ । यसका लागि सामान्य प्रशासन मन्त्रालयसँग समन्वय हुँदै छ,’ स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने । दरबन्दीअनुसार करिब १२८ स्थानीय तहमा कार्यकारी अधिकृत नियुक्त हुन सकेको छैन । ती स्थानीय तहमा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्तको भूमिकामा पठाएको मन्त्रालयले जनाएको छ ।
आचारसंहिता लागू भएपछि ५९ कर्मचारी सरुवा
मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि बिहीबार एकैपटक ५९ जना कर्मचारीलाई स्थानीय तहमा ‘काजसरुवा’ गरेको छ । प्रदेश नम्बर २ मा २ असोजमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ । निर्वाचन आयोगले १ भदौदेखि त्यस क्षेत्रमा निर्वाचन आचारसंहिता लागू भएको घोषणा गरेको छ । मन्त्रालयले अदालतको आदेशअनुसार थपिएका स्थानीय तह १ भदौबाट मात्र कार्यान्वयनमा आएकाले कर्मचारी नियुक्त पनि सोहीअनुसार गर्नुपरेको बताएको छ । ‘नयाँ स्थानीय तहका कार्यालय १ भदौदेखि मात्र कार्यान्वयनमा आएको छ । निर्वाचन प्रयोजनका लागि पनि कर्मचारी पठाउनुपर्ने भएकाले आयोगकै सहमतिमा कर्मचारी खटाएका हौँ,’ सचिव थपलियाले भने ।
बाँकी कहिले पूर्ति हुन्छ ?
मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा मात्र अझै ३३ नगरपालिकामा दरबन्दीअनुसारको कार्यकारी अधिकृत रिक्त रहेको छ । यस्तै, देशभर गरी करिब १२८ स्थानीय तहमा कार्यकारी अधिकृत रिक्त छ । मन्त्रालयले ती ठाउँमा चाँडै कर्मचारी खटाउने जानकारी दिएको छ । मन्त्रालयले कार्यकारी अधिकृत रिक्त रहेका स्थानीय तहमा खटाउन सामान्य प्रशासन मन्त्रालयसँग १२० उपसचिव तहका कर्मचारी माग गरेको छ । त्यसमध्ये करिब १६ उपसचिव मन्त्रालयमा हाजिर हुन आइसकेको मन्त्रालयले जनाएको छ । उनीहरूलाई पनि चाँडै स्थानीय तहमा काज सरुवा गर्ने मन्त्रालयले जनाएको छ । स्थानीय विकास मन्त्रालयले सामान्यसँग माग गरेको बाँकी कर्मचारी पनि चाँडै प्राप्त हुने र भदौ मसान्तसम्म सबै स्थानीय तहमा कार्यकारी नियुक्त भइसक्ने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: