Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

'एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य'

\"\"काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको संगठन \'ध्वस्त पार्न\' सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् । एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै प्रचण्डले त्यसलाई नतोडे माओवादी आन्दोलन र पार्टीकै भविष्य जोखिममा पर्ने बताए । एमालेको धारलाई भुत्ते पार्दै लैजाने र अन्ततः त्यसभित्रको एउटा धारलाई माओवादीकै छातामुनि ल्याउने कार्यनीतिअन्तर्गत कांग्रेससँग सहकार्य गरेको उनले बताए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– \'एमालेमा अहिले राष्ट्रवादको नाममा दम्भ र अहंकार बढेको छ । त्यो अहंकार तोडिएन भने माओवादी आन्दोलन र हाम्रो पार्टीको भविष्य निकै अप्ठ्यारोमा पर्नेवाला छ,\' प्रचण्डले पार्टीनिकट पत्रकारको भेलालाई सम्बोधन गर्दै भने, \'एमालेले हामीलाई कमजोर पारेर मात्र आफ्नो भविष्य देख्न खोजेपछि हामीले ऊसँगको सहकार्य तोडेका हौं ।\' संविधान निर्माणपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेको माओवादीले गत वर्ष साउनमा एमालेसँग सहकार्य तोडेको थियो । \'एमाले हामीलाई कर्नरमा पार्न चाहन्छ । लेफ्ट-लेफ्ट एउटै तरबारमा हिँड्न सक्दैनन्, त्यसकारण ओलीजीलाई कमल थापा, विजय गच्छदार अति प्रिय लाग्छन्\', उनले भने, \'एमाले माओवादीलाई जताबाट भए पनि सिध्याउन चाहन्छ । त्यसको प्रतिवाद नगरी माओवादी आन्दोलनको भविष्य सुरक्षित हुँदैन ।\' दुई वामपन्थी पार्टी समानान्तर रूपमा रहन नसक्ने दाबी गर्दै उनले भने, \'अहिले एमालेले हामीलाई डाइजेस्ट गर्न खोजेको छ ।\' प्रचण्डले माओवादीलाई सिध्याउनकै लागि एमाले नेतृत्वले आफ्नो पार्टीभित्रकै शीर्ष नेतालाई उचाल्ने र कमजोर बनाई माओवादीलाई फाइदा हुनै नदिनेसम्मका काम गरेको आरोप लगाए । \'खासमा एमाले माओवादीलाई अलग-अलग फुटाएर एउटा समूहलाई नजिक ल्याउन चाहन्छ,\' प्रचण्डले भने। ओली नेतृत्वको सरकारसँग सम्बन्धविच्छेद गर्न एमालेकै नेताहरूको साथ रहेको दाबीसमेत उनले गरे । \'केपी ओलीलाई छाडेर म प्रधानमन्त्री बन्ने कुरा हाम्रो बलले मात्र सम्भव भएको होइन । एमालेभित्रको एउटा धारले सहयोग गरेका कारण सम्भव भएको हो,\' उनले भने, \'मलाई लगातार उहाँहरूले तपाईं छाड्नुहोस्, केपी ओलीजस्तो मान्छेलाई किन प्रधानमन्त्री बनाइरहनुभएको छ भनिरहनुभयो । अहिले पनि केपीलाई फाइदा हुने गरी केही नहोस् भन्ने चाहना राख्ने नेता एमालेभित्र छन् । त्यो पक्षलाई बढावा दिँदा मात्र हामीलाई फाइदा हुन्छ ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy