कमल थापालार्इ झड्का, राप्रपा प्रजातान्त्रिकले पुर्यायो केन्द्रीय सदस्य र सांसद (नामसहित)
भाद्र ४ गते, २०७४ आइतवार 20th August, 2017 Sun०८:०६:१३ मा प्रकाशित
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ताका लागि पशुपतिशमशेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्याएको छ । राप्रपा प्रजातान्त्रिकले २२ साउनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
अाजको नयाँ पत्रिकामा खबर छ– राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुरूप आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद संख्या आफूहरूले पुर्याएको राप्रपा प्रजातान्त्रिक प्रचार समिति संयोजक सुनील थापाले जानकारी दिए । ‘हामीले दल दर्ताका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद संख्या पुर्याइसक्याैँ,’ थापाले भने, ‘त्यो जानकारी आइतबार निर्वाचन आयोगमा गराउँछौँ ।’
६२ केन्द्रीय सदस्य आवश्यक
निर्वाचन आयोगको अभिलेखमा राप्रपा केन्द्रीय समितिको संख्या १५६ सदस्यीय छ । त्यसको ४० प्रतिशत पुर्याउन ६२ सदस्य आवश्यक पर्नेमा आफूहरूसँग ६४ जना पुगिसकेको थापाको दाबी छ । आयोगले राप्रपा प्रजातान्त्रिकलाई आइतबार (आज) दल दर्ताका लागि आवश्यक पर्ने सनाखतसहित उपस्थित हुन निर्देशन दिएको छ ।
आयोगका सहसचिव सुशील कोइराला सहसचिव र सहन्यायाधिवक्ता घनश्याम ओझाले ५६ केन्द्रीय सदस्यको हस्तक्षर सनाखत गरिसकेको थापाले बताए । सो सनाखत २९ साउनमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई पठाएको पत्रले पुष्टि छ । त्यस्तै, सनाखत गर्न छुटेका पाँचजनाले आयोगमा आफैँ उपस्थित भएर राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेका लिखित निवेदन दिएका छन् । विदेशमा रहेका तीन केन्द्रीय सदस्यले आयोगलाई इमेल गरेर आफूहरू राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेको जनाएका छन् ।
आयोगमा लिखित निवेदन दिने ६ जना
मोहनप्रसाद यादव, धर्मराज जोशी, रविन चाम्लिङ, रेखा थापा, गिरिधारीप्रसाद चौधरी, रामेश्वर थापा
इमेलमा सहमतिपत्र पठाउने तीनजना
रामकृष्ण भट्टराई, रामकुमार सुब्बा, आङनिमा शेर्पा
राणासँग भएका सांसद
दीपक बोहरा, विक्रम पाण्डे, सुनील थापा, रेशम लामा, बबिना मोक्तान लावती, रमेशकुमार लामा, परशुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, राजेश्वरीदेवी शाह, रामकुमार सुब्बा, आनन्दीदेवी पन्त, इस्तियाक अहमद खान, गीता सिंह, सरोज शर्मा, सीता लुइँटेल ज्ञवाली, लीलादेवी श्रेष्ठ, कमलादेवी शर्मा, विराज विष्ट
विचलित नहुन आग्रह
आकस्मिक रूपमा शनिबार बसेको राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति बैठकले नयाँ पार्टी गठनका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद पुगिसकेकाले विचलित नहुन नेता कार्यकर्तालाई आग्रह गरेको छ । विपक्षीले चलाएको भ्रममा नपर्न आग्रह गर्दै बैठकले निर्वाचन आयोगले तोकेको समयमा आफूहरूले आवश्यक सनाखत पुर्याउने बताएको छ । ‘अध्यक्षज्यूले पार्टी दर्ता प्रक्रिया निर्वाचन आयोगले तोकेको समयमा पूरा हुने जानकारी केन्द्रीय समितिमा गराउनुभयो,’ प्रचार समिति संयोजक थापाले भने, ‘राप्रपाका केही नेताबाट भएका मानमर्दन र तल्लोस्तरको गालीगलौजप्रति बैठकले आपत्ति जनाएको छ ।’
राप्रपा (प्रजातान्त्रिक) सँग ४० प्रतिशत नपुग्ने दाबी
कमल थापा नेतृत्वको राप्रपाले भने आफूहरूसँग एक सय पाँचजना केन्द्रीय सदस्य रहेको भन्दै राणा समूहले ४० प्रतिशत पुर्याउन नसक्ने बताउँदै आएको छ । राणा समूहलाई ४० प्रतिशत पुर्याउन नदिन राप्रपाको केन्द्रीय समिति बैठक हेटौँडामा जारी छ । बिहीबारबाट सुरु भएको बैठक आइतबारसम्म चल्ने सहप्रवक्ता मोहन श्रेष्ठले बताए । ‘हामीसँग एक सय पाँच केन्द्रीय सदस्य छन्, उनीहरूसँग कसरी ४० प्रतिशत पुग्छ,’ उनले भने । सहप्रवक्ता श्रेष्ठले ४० प्रतिशत पुर्याउन नसक्ने भएर राणाले शुक्रबार सर्वोच्चमा पार्टी दर्ता गर्न निवेदन दिएको आरोप लगाए ।
सनाखत गरेका ५६ केन्द्रीय सदस्य
पशुपतिशमशेर राणा, अध्यक्ष, सदस्यहरू विक्रम पाण्डे, दीपक बोहोरा, सुनील थापा, किरण गिरी, रामचन्द्रराय यादव, गिरिधर परियार, राजेन्द्र गुरुङ, ध्रुवबहादुर प्रधान, नवराज सुवेदी, हरिबहादुर बस्नेत, विन्दु पहाडी, दिलमाया तामाङ, मीना स्वर्णकार, मीना सुवेदी, दुर्गा श्रेष्ठ, सुरेन्द्र केसी, प्रेम बलायर, प्रवीण चाम्लिङ, रोहित राजवंशी, राजाराम श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, इस्तियाक अहमद खान, सगुनसुन्दर लावती, रेशम लामा, गीता लुइँटेल, राजेश्वरीदेवी शाह, जगत र्गौचन, नवोदिता चौधरी, नरेन्द्र चौधरी, उज्ज्वलविक्रम थापा, कर्णबहादुर बुढा, सरोजा शर्मा, विष्णुविक्रम थापा, भुजुङ गुरुङ, रवीन्द्रप्रताप शाह, कमलादेवी शर्मा, प्रेम शाही, विजयकला राई, दिलीप बस्नेत, शोभा शाही, पूजा राना, फत्तेसिंह थारू, सलाउद्धिन जसबड, पदमबहादुर बस्नेत, नीलकण्ठ काफ्ले, दीपक राई, ताहिर अलि, सयन्द्र बान्तवा, कृष्णप्रसाद मल्ल, लालकुमार लामा, निर्मला श्रेष्ठ, प्रदीप उदय, विन्दा गिरी, प्रलाद शाह, डा. भीमसेन गुरुङ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: