Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विद्युत प्राधिकरणको अनलाइन भुक्तानी प्रणाली सुरू, अब घरमै बसेर तिर्नुस् विद्युतको बिल

\"\"काठमाडाैं । ​विद्युत महशुल तिर्न विद्युत प्राधिकरणका ग्राहकले लामो समय देखि खेप्दै आएको झन्झटबाट मुक्ति पाउने भएका छन । अनलाईनबाटै विद्युत महसुल तिर्ने व्यवस्था लागु भएपछि ग्राहकले अव विद्युत प्राधिकरण धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । आजबाट विभिन्न सेवाप्रदायक बैंक तथा वित्तिय संस्थामा मार्फत अनलाइनबाटै विद्युतको महशुल तिर्न सकिने भएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित एक विशेष समारोहमा ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गरे । कार्यक्रमा उर्जा मन्त्री शाहीले मोबाईलबाटै एक ग्राहको विद्युत महशुल अनलाईन मार्फत भुक्तानी गरेर सो सेवाको उद्घाटन गरेका हुन् । तत्काल काठमाडौंका ग्राहकले मोबाइलबाट बिल भुक्ता बैंकिङ सेवा मार्फत मोबाइलबाट पनि सहजै रुपमा घरमै बसेर महसुल तिर्न सक्नेछन् । यस्तै ग्राहकले प्रभु बैंक तथा इ सेवाका मोबाइल एप्प डाउनलोड गरेर पनि भुक्तानी गर्न सक्नेछन् । त्यस्तै ग्राहकले आफ्नो महसुल तिर्न नजिकैको इ सेवा, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट विना शुल्क महसुल तिर्न सक्ने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र ती संस्थाकाबीच महसुल भुक्तानी सम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ । निकट भविस्यमा नै हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल क्लिरिङ हाउसबाट समेत महसुल तिर्न सक्ने व्यवस्था गरिनेछ । प्राधिकरणले आज सम्झौता गरेका संस्थाको मुलुकभर करिब १५ हजार आउटलेट सञ्चालनमा रहेका छन् । ऊर्जा मन्त्री शाहीले आगामी डेढ महिना भित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महसुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिए । ग्राहकलाई बढी भन्दा बढी सेवा दिने उद्देश्यले अनलाइन भुक्तानी प्रणालीको विकास गरिएको जानकारी दिदै मन्त्री शाहीले ग्राहकलाई लामो लाइनमा बस्नुपर्ने, बढी खर्च हुने, घाम पानी तथा अन्य असुविधा जस्ता सास्तीबाट मुक्ति दिलाउन यो प्रविधि प्रयोगमा ल्याईएको स्पष्ट पारे । मन्त्री शाहीले सुचना र प्रविधिको विकासले विश्व एक गाँउमा परिणत भएको अवस्थामा सुचना र प्रविधिको प्रयोगमा ढिलाई गर्न नहुने बताए । सुचना प्रविधिको प्रयोग जनजीवन सहज तथा सरल हुने उनको तर्क छ । ग्रामीण क्षेत्रमा न्यूनतम रु ८० महसुल तिर्न रु ४०० सम्म खर्च गर्नुपरेको भन्ने गुनासो आइरहेको बेला यस्तो प्रविधिले सहजता ल्याउने विश्वास गरिएको छ । ग्राहकले नजिकैको बैंक तथा वित्तिय संस्था वा इ–सेवाको सेवा उपलब्ध गराएका स्थानमा गएर महसुल तिर्न सक्नेछन् । प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिल अनुसार आफ्नो नजिक रहेका ती संस्थाको शाखामा गएर महसुल तिर्न सक्ने व्यवस्था गरिएको छ । मन्त्री शाहीले प्राधिकरणको प्रणालीलाई स्मार्ट ग्रीड तथा स्मार्ट मिटरमा लैजानका लागि नयाँ सुरुवात गरिएको र त्यसले एकाध वर्षमा सार्थकता पाउने विश्वास व्यक्त गरे । ती संस्थाले ग्राहकसँग कुनै पनि शुल्क लिन पाउने छैनन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई बढी भन्दा बढी सहज सेवा दिने लक्ष्यका साथ अनलाइन भुक्तानी प्रणाली सुरुवात गरिएको जानकारी दिए । उनले प्राधिकरणको काम कारवाहीलाई बढी भन्दा बढी सरल तथा सहज बनाउन नयाँ प्रविधिको विकास गरिएको र त्यसलाई आत्मसात् गरिएको भन्दै कुनै पनि प्रकारको प्राविधिक समस्या नआउने बताए । अनलाइन भुक्तानीका लागि सम्झौता भएका संस्थाले रु पचास लाख धरौटी समेत प्राधिकरणको खातामा राखेका छन् । ग्राहकले महसुल तिरेको भन्ने सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्था वा इसेवाका काउन्टर र प्राधिकरणको भुक्तानी इकाइमा समेत तथ्यांक रहनेछ । प्राधिकरणले अनलाइन भुक्तानी सेवा उपलब्ध गराउन इच्छुक फर्म वा संस्थालाई सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा पहिलो चरणमा ६ वटा संस्थासँग सम्झौता गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy