ट्याक्सीबाट ठगिएका सांसदका पीडा, 'हामी त निरीह छाैं अरूको के होला ?'
भाद्र ६ गते, २०७४ मगलवार 22nd August, 2017 Tue०६:३१:११ मा प्रकाशित
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, \'कहाँ से आया ? \' उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, \'बिहार से आया हुँ, मिलन चोक जाना है ।\' धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । \'ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला\', उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो, \'होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।\'
सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । \'ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास\' शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे ।
सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन ।
उनले क्षुब्ध हुँदै \'ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ ? \' भनिन् । चालक किन पो गल्थ्यो र ! उसले आफ्नै मोबाइल तेस्र्याउँदै जवाफ दियो, \'हुन्छ, ल मेरैबाट गर्नोस् न !\'\'हामी हतारमा थियौं । केही गर्न सकेनौं । हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला ? \' सांसद मगर भन्दै थिइन् ।
यस्तै, रोचक कथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले सुनाए । एयरपोर्टमा ट्याक्सीको अवस्था बुझ्न पर्यटक बनेर गरेको अनुगमनको अनुभव उनीसँग रहेछ । \'मैले त्यहाँको अवस्था हेरिसकेपछि नीतिगत सुधारलगायत विषयमा निर्देशन दिएँ । त्यति गर्दा ट्याक्सी चालकमध्येको एउटा बुजु्रकले भनेको सुनें- यो मन्त्री कुन पार्टीको हो ? यसको सरुवा गर्दिनुपर्यो । अब बुझ्नुहोस् उनीहरूको दबदबा कति छ भनेर ।\'
ट्याक्सीचालकले कस्ता ग्राहक खोज्छन् भन्ने उदाहरण सांसद डा. शिवजी यादवले पेस गरे । उनले भने- \'चोकमा ३÷४ वटा ट्याक्सी क्यूमा हुन्छन् । सिंहदरबार जाऊँ भन्दा कुनै मान्दैनन् । त्यहाँ जाँदा बढी पैसा लिन पाइँदैन भन्ने उनीहरूलाई थाहा छ ।\' सांसद वैजनाथ चौधरीले कटाक्ष गरे, \'नीति बनाउनेहरूबाटै भ्रष्टाचार हुन्छ, तलकालाई कारबाही गरेर के हुन्छ ? \'
विकास समितिका सभापति रवीन्द्र अधिकारीले ट्याक्सीबाट ग्राहक ठगिने विषयलाई सिन्डिकेटसँग जोडे । \'रुटवाला ट्याक्सी किन्दा प्रचलित सवारी मूल्यभन्दा ५० प्रतिशत बढी तिर्नुपर्ने अवस्था छ । यो सिन्डिकेट हो । यस्तो अतिरिक्त खर्चको भार अन्ततः यात्रुमाथि नै पर्ने हो,\' उनले भने । अधिकारीले मन्त्रीबाटै स्वार्थ राखेर काम हुँदा असर तलसम्म पर्ने उल्लेख गरे । दैनिक जनजीवनका समस्या संसद्मै उठाए पनि यातायात क्षेत्रमा सुधार नआएको उनको भनाइ छ ।
बैठकमा उपभोक्ता मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले यातायात देशको रक्तसञ्चार भए पनि क्यान्सर लागिसकेको बताए । \'कुनै पनि देश कसरी चलेको छ भनेर हेर्ने प्रमुख सूचक सार्वजनिक यातायात हो\', उनले भने, \'दक्षिण एसियामा नेपालका ट्याक्सीले लिने भाडा यसै पनि सबैभन्दा महँगो छ । त्यसमाथि मान्छे हेरेर लुट्ने प्रवृत्ति छ ।\'
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले चुस्त र सहज सेवा दिने हो भने ट्याक्सीचालकमाथि कारबाही गर भनी ट्राफिक प्रहरीलाई अह्राएर मात्र नपुग्ने बताए । \'म मेरो क्षेत्रको सम्पूर्ण जिम्मा लिन्छु । यस्तै प्रतिबद्धता नापतौल तथा गुणस्तर विभाग र यातायात व्यवस्था विभागबाट पनि आउने हो भने १५ दिनभित्रै यो क्षेत्र सुध्रिएको महसुस गर्न सकिन्छ,\' उनले भने ।
नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले करिब ११ हजार ट्याक्सीमध्ये ८ हजार ट्याक्सीमा मिटर जडान गरेको र बाँकीमा गर्नुपर्ने जानकारी दिए । बाँकीमा दुई साताभित्र मिटर जडान भइसक्ने उनले जानकारी दिए । उनले चालकको बचाउ गर्दै तीन वर्षयता बढी रकम नलिएको दाबी गरे ।
सांसदले बोल्ने पालो सकिए पनि महानिर्देशन पुडासैनीले सक्नासाथ पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भने, \'महानिर्देशकले त झन्डै शतप्रतिशत राम्रो देखाउनुभयो तर म मान्दिनँ । त्यसो भए सांसदहरूले भनेका कुरा सबै झुटा हुन् ? \'
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले स्वतन्त्र काम गर्ने वातावरण नभएकाले सार्वजनिक यातायात अस्तव्यस्त भएको बताए । \'स्वतन्त्र भएर काम गर भनेर निर्देशन दिने हो भने ६ महिनामै सार्वजनिक यातायात सुधार्ने ग्यारेन्टी लिन्छु,\' उनले भने । भट्टराईले महाकालीको उदाहरण दिँदै लाइसेन्स वितरणमा प्रमुख जिल्ला अधिकारीलाई ४०, प्रहरी प्रमुखलाई ३० एवं राजनीतिक दल र अन्यलाई ३० प्रतिशत भाग लगाइएको खुलासा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: